काठमाण्डौ । नेपालस्थित भारतीय राजदुतावासको रक्षा शाखाले ७५ औं भारतीय सेना दिवस एक विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ । प्रत्येक बर्ष १८ जनवरीलाई भारतले सेना दिवसको रुपमा विशेष कार्यक्रमका साथ मनाउँदै आएको छ । भारतीय सेना दिवस लेÏिटनेन्ट जनरल (पछि फिल्ड मार्सल) केएम करिअप्पालाई पहिलो भारतीय कमाण्डरमा नियुक्ति गरिएको सम्मानमा मनाइने गरिन्छ ।
भारतीय सेनाको मनार्थ प्रधान सेनापति तथा नेपाली सेनाका प्रधान सेनापति जनरल प्रभुराम शर्माको प्रमुख आतिथ्यमा दुतावासको रक्षा विभागले कार्यक्रमको आयोजना गरेको हो ।
सो अवसरमा नेपालका पूर्व प्रधानसेनापतिहरु, सेवारत र अवकाश प्राप्त सैनिक अधिकृतहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरु, कुटनीतिक निकायका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले संक्षिप्त मन्तव्य दिँदै भन्नुभयो भारतीय सेना र नेपाली सेनाबीच चिरस्थायी सम्बन्ध रहेको छ । उहाँले दुई देशबीचको गाँढा र प्रगाढ सम्बन्धको स्मरण गर्नुभएको थियो । उहाँले भारतीय सेनामा नेपाली सैनिकहरुको निस्वार्थ सेवा र बलिदानप्रति कृतज्ञता व्यक्त गर्दै भारतीय सेनाका निवृत्तभरण र नेपालमा बसोबास गर्ने उनीहरुका परिवारको हितमा भारतको प्रतिबद्धता समेत दोहो¥याउनु भयो । यसैगरि नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले भारतीय सेनाका प्रधान सेनापति मनोज पाण्डे तथा नेपाली सेनाका मानार्थ महारथीलाई ७५ औं सेना दिवसको शुभकामना व्यक्त गर्नुभएको थियो । प्रधानसेनापति शर्माले दुई सेना बीचको घनिष्ट सम्बन्धको चर्चा गर्दै नेपाली सेनाको सीप विकासमा भारतीय सेनाको सहयोगको प्रशंसा गर्नुभएको थियो । उहाँले भारतीय सेनाका बीर वीरता पुरस्कार प्राप्त नेपाली सैनिकलाई सम्मान समेत गर्नुभएको थियो ।




