चीनलाई टक्कर दिन भारत तयार : शैन्य क्षमतामा विकास

नयाँ दिल्ली (एजेन्सी) । उदयीमान शक्ति राष्ट्र भारतले सन् २०२२ मा आफ्नो शैन्य क्षमता बृद्धिमा महत्वपूर्ण कदमहरु चालेको छ ।
भारतले खासगरि लद्धाखमा भएको सीमा गतिरोधका बीच चिनियाँ सेनाद्वारा तवांग क्षेत्रमा गरिएको घुसपैठको प्रयासलाई ध्यानमा राखेर भारत सरकारले आफ्नो सेनाको क्षमता बृद्धि गरेको हो । भारत र चीनबीचमा लगभग ३ हजार ५ सय किलोमिटर लामो नियन्त्रण रेखा (ीयअ) को रक्षा गर्ने, भारतीय सैनिकको क्षमता बृद्धि गर्न सैन्य प्लेटफर्म र अत्याधुनिक हतियार खरिद गरेको छ ।
वर्तमान अवस्थामा सन् २०२२ को डिसेम्बर ९ तारेखमा भारतको अरुणाञ्चल प्रदेशको तवाग क्षेत्रको यागत्सेमा चिनियाँ सैनिकहरुले भारत प्रवेशको प्रयास गरेका थिए । तर
भारतीय सेनाले चिनियाँ सेनालाई पछाडि फर्कन बाध्य बनाएको थियो ।


भारतीय रक्षा मन्त्रालयका अनुसार भारतीय सेनाको क्षमता अभिबृद्धिका लागि भारत सरकारले ८४३२८ करोड रुपैयाको लागतमा हल्का टैंक, जहाज –रोधी मिसाइल, लामो तथा छोटो दूरीमा मार हान्न सक्ने हतियार, इन्फ्रेट्री लडाकु वाहन, माउन्टेन गन सिस्टम र विभिन्न प्रकारका शाक्तिशाली ड्रोनहरु खरिद गरेको छ । भारतले यस भन्दा अगाडि नै अक्टुबरमा आफ्नो पहिलो स्वदेशी परमाणु सञ्चालित पनडुब्बी, आइएनएस व्यालेस्टीक मिसाइलको परीक्षण गरिसकेको छ । अब भारत ब्यालेस्ट्रीक मिसाइल भएको संसारको छैठौ देश भएको छ । यस भन्दा अगाडि अमेरिका, रुस, ब्रिटेन, फ्रान्ससँग मात्र ब्यालेस्ट्रीस्क मिसाइल रहेको थियो ।
भारतले डिसेम्बरमा परमाणु समक्ष ब्लोस्टीक मिसाइल अग्नी ५ को सफलतापूर्वक परीक्षण गरेर आफ्नो शैन्य क्षमताको प्रदर्शन गरेको छ । अग्नी ५ ब्याटोस्टीक मिसाइलले ५ हजार किलोटिर सम्म मार हान्न सक्छ । अग्नी ५ ब्यालेस्ट्रीक मिसाइलको मुख्य उद्देश्य चीन विरुद्ध भारतको परमाणु प्रतिरोधक क्षमतालाई बढाउनु नै हो । चीनसँग डाेंगफेग ४१ जस्ता मिसाइल रहेको छ जसको रेज १२०००–१५००० किलोमिटरको बीच रहेको छ ।
भारतले पछिल्ला दिनमा एकसे एक शक्तिशाली मिसाइलहरुको परीषण सम्पन्न गरेको छ । गत बर्ष ब्रम्होस मिसाल्इ, पृथ्वी– द्वितीय मिसाइल, अग्नी ४, अग्नी ३, होलिना मिसाइलको रेन्ज परीक्षण समेत गरेको छ । भारतीय सेनाले हाल नियन्त्रण रेखामा इन्फस्ट्रक्चर निमाणमा केन्द्रित समेत गर्दै आएको छ । उसले पुल, सडक,गोलाबारुद्ध डिपो निर्माण जस्ता कार्य निर्माण गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया