कर्मचारी कल्याण समाजको अध्यक्षमा चार आकांक्षी

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कर्मचारी कल्याण समाजको आगामी पौष २३ गते हुने निर्वाचनमा अध्यक्षका लागि चार जना आकांक्षी देखिएका छन् ।
आगामी कार्यकालका लागि अध्यक्षका प्रत्यासीहरुमा विगत ६ महिनादेखि कावा अध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनु भएका किशोर प्रसाद पोखरेल, सञ्जिव कर्ण, महेश्वर राई र कविता ढकाल रहनु भएको छ । समाजमा अध्यक्ष लगायत प्रमुख पदाधिकारी र सदस्यसहित २४जनाको कार्य समितिका लागि आंकाक्षीहरुको पौष १४ गते नोमिनेशन, पौष १६ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।


्निर्वाचन समितिका अध्यक्ष प्रकाश श्रेष्ठले जारी गर्नुभएको सूचना अनुसार प्रतिष्ठानमा तीन फ्याकल्टी प्रशासनिक, नर्सिङ र पारामेडिसिनका जम्मा १ हजार ३ सय २६ जना मतदाता रहने छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्मचारी कल्याण समाजको विगत ७ बर्षदेखि निर्वाचन हुन सकेको थिएन । यस भन्दा अगाडि अध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनु भएका उमेश थापाले प्रतिष्ठानको सेवाबाट  राजीनामा दिएपछि विगत ६ महिनादेखि कावा अध्यक्षको रुपमा किशोर प्रसाद पोखरेलले जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो । अध्यक्षका प्रत्यासीहरुको मतदाताहरुबीचमा गरिने प्रतिबद्धता प्राय ः एकै प्रकारको भए पनि  पोखरेलको सर्वथा फरक रहेको देखिएको छ । अध्यक्षका तीन जना प्रत्यासीहरुले सामान्यतया ः एउटै मुद्दालाई अगाडि बढाएको पाइएको छ । उनीहरुले
्रकर्मचारीको हकहित, वृत्ति विकास, नेपाल सरकारले बढाए अनुसारको तलब बृद्धि, पाँच बर्ष वा सो भन्दा माथि सेवा गरेकाहरुलाई एक तह बढुवालाई मुद्दा बनाएका छन् भने अध्यक्षका प्रत्यासी किशोर प्रसाद पोखरेलले समान्यतया ः अरुले उठाएका मुद्दासँगै नेपालका अन्य शिक्षण प्रतिष्ठानहरु पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीर अस्पताल, टिचिङ्ग हस्पिटलमा जसरी नेपाल सरकारले तलब वितरण गर्छ त्यसैगरी प्रतिष्ठानका सम्पूर्ण चिकित्सक, प्राध्यापक, कर्मचारीहरुलाई उपलब्ध गराउनुपर्ने मुद्दा अगाडि सार्नुभएको छ । प्रतिष्ठान अटोनोमस संस्था हो, त्यो यहाँ सम्भव छ त भन्ने सवालमा उहाँले भन्नुभयो, त्यसका लागि सिनेटबाट पास गरी ऐन संसोधन गर्नुपर्छ । यसका लागि मेरो विशेष पहल रहनेछ ।  यसैगरी उहाँले गत सालको सिनेटले चिकित्सक, प्राध्यापकको सेवा उमेर हद ६५ बर्ष पु¥याएको छ । त्यसभन्दा अगाडि ६१ बर्ष रहेको थियो । तर कर्मचारीहरुको सेवा उमेर हद ६१ बर्ष नै कायम गरेको छ । यस्तो डिक्रिमिनेशन वा उमेरमा गरिएको विभेदलाई एक समान बनाउन पहल गर्ने, प्रतिष्ठान भित्र व्याप्त सबै प्रकारका माफियागिरी अन्त्यका लार्गि आफ्नो विशेष प्राथमिकतामा राख्नु भएको छ ।

तपाईको प्रतिक्रिया