छैठौ पटक प्रधानमन्त्री हुने हठ राख्दा नेपाली काँग्रेसले गुमायो सबै अवसर सामाजिक सञ्जालमा आम का“ग्रेसका कार्यकर्ताको आक्रोस : विशेष अधिवेशन बोलाउन माग

धरान । नेपाली काँग्रेसका सभापति तथा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी आरजु देउवाको यतिबेला सामाजिक सञ्जालमा आम नेपाली काँग्रेसका कार्यकर्ताहरुको आक्रोसपूर्ण अभिव्यक्ति देखिएको छ ।
आगामी पाँच बर्षसम्म राजनैतिक शक्तिको केन्द्रमा रहने अवसर देउवा दम्पत्ति र तिनका चरम पालित पोषित हनुमानहरुको हठ र गलत सल्लाहले गुमाउनु परेको भन्दै त्यसरी आक्रोस पोखिएको हो । यतिमात्र होइन नेपाली काँग्रेसका इमान्दार नेता कार्यकर्ताहरुले विशेष महाधिवेशन गरेर काँग्रेसको नेतृत्व परिवर्तन गर्नुपर्ने माग समेत गरेका छन् । यसपटक हामीले देउवा दम्पत्ति र अति हनुमानी गर्नेहरुको विरुद्धमा सामाजिक सञ्जालमा आएका अभिव्यक्तिहरुलाई जस्ताको तस्तै पाठक सामू पस्केका छौं ।

तपाईको प्रतिक्रिया