पर्यटन प्रवद्र्धनका लागि भेडेटार फुड फेस्टिबल

धरान । धनकुटाका साँगुरीगढी गाउँपालिकामा पर्ने भेडेटारमा पर्यटन प्रवद्र्धनका लागि प्रत्येक बर्ष नेपाली नयाँ बर्ष र अँग्रेजी नयाँ बर्षको अवसर पारेर फुड फेस्टिबलको आयोजना गर्ने गरिएको छ ।
विगतमा कोरानाले थलिएको पर्यटन व्यवसाय केही शिथिल बनेको अवस्थामा भेडेटारलाई विगतकै जस्तो चहलपहल बढाउदै आन्तरिक तथा वाह्य पर्यटक भेडेटार लगायत आसपासका क्षेत्रमा भित्र्याउने उद्देश्यले यस पटक अँग्रेजी नयाँ बर्षको अवसर पारेर दशौ भेडेटार फेस्बिलको आयोजना गर्ने भएको हो ।


होटल एसोसिएन अफ भेडेटारको आयोजनामा पौष १६, १७ र १८ गते फुड फेस्टिबल हुन लागेको आयोजकले जनाएको छ । दुई बर्ष कोरोनाको कारण शिथिल बनेको पर्यटनलाई फेस्टिबलको माध्यमबाट पुनः चलायमान बनाउनको लागि आयोजना हुन लागेको यो फेस्टिबललाई बृहत बनाउने आयोजक होटल एसोसिएसन भेडेटारका कावा अध्यक्ष शान्ति मादेन श्रेष्ठले बताउनुभयो ।
महोत्स भेडेटारको मुख्य बजारदेखि काप्फेक, नाम्जे र नमस्ते झरनासम्म आयोजना हुने कावा अध्यक्ष श्रेष्ठले बताउनुभयो । बाहय पर्यटकलाई मध्यनजर गरी प्रत्येक बर्ष आयोजना गरिदै आएको महोत्सवमा मुख्य गरी स्थानीय स्तरमा उत्पादन भएका आर्गनिक कृषि उत्पादनको स्वादसंगै घरेलु सामानहरुको स्थलहरुको अवलोकन गराउनु नै रहेको होटल एसोसिएसनका कावा अध्यक्ष श्रेष्ठका भनाई छ ।
महोत्सव अवधिभर प्रत्येक दिन राई, लिम्बू, मगर, नेवारलगायतका जातिको मौलिक झाँकी तथा नृत्यहरु प्रस्तुत गरिनेछ भने यस क्षेत्रमा रहेका अत्यन्तै आकर्षक गन्तव्य स्थल शैलुङ डाडा, पाथीभरा देवी मन्दिरदेखि डाडा बजारको ध्वेजे डाडा, अजंगको बरको रुख, थाउजेन विग बुद्ध लगायतका स्थानमा पर्यटकलाई जानकारी दिने रहेको उहाँको भनाई छ । सिएनएनले विश्वका १२ औ गन्त्वय स्थलमध्ये भेडेटारलाई आठौ स्थानमा राखे पनि सोचेजस्तो पर्यटन प्रवद्र्धन गर्न नसकिएको कावा अध्यक्ष श्रेष्ठको भनाई छ । सागुरीगढी गाउँपालिकाको पर्यटन प्रबद्र्धनमा यो महोत्सव कोशेढुंगा सावित हुने गाउपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीले बताउनुभयो । उहाँले सागुरीगढीलाई स्पोर्ट टरिजमको रुपमा विकास गरेर लाने योजना रहेको उहाँले बताउनुभयो । समुन्द्री तहबाट १४२० देखि १७०५ मिटरको उचाईमा रहेको भेडेटारको मौसमले पर्यटकीय लोभ्याउने गरेको छ । छिनछिनमा मौसम सफा हुने र छिनछिनमा बादल लाग्ने यो स्थानको पहिचान नै हो । फेस्टिबलमार्फत १ करोड बराबरको कारोबार गर्ने लक्ष्यसहित १५ देखि २० हजार आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने लक्ष्य आयोजकले लिएको छ ।

तपाईको प्रतिक्रिया