नेपाल प्रहरी श्रीमति संघद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

विराटनगर÷नेपाल प्रहरी श्रीमती सङ्घ तथा १ नम्बर प्रदेश प्रहरी कार्यालयको आयोजनामा एकदिने निःशुल्क स्वास्थ्य शिविर आइतबार सम्पन्न भएको छ । नोबेल मेडिकल कलेजसँगको सहकार्यमा आयोजित शिविरमा प्रहरी कर्मचारीहरू, पूर्वप्रहरी,  अमर÷अशक्त प्रहरीका सन्तति समेत गरी पुरुष २ सय ८५, ७६ महिला, बालबालिका १० गरी ३७१ जनाले सेवालिएको १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीनराज राईले बताउनुभयो ।


शिविरमा नाक, कान, घाँटी, आँखा, छाला तथा यौनरोग, हाडजोर्नी तथा नशा, दाँत,जनरल मेडिसिन, स्त्रीरोग र फोक्सोसम्बन्धी रोगका विशेषज्ञ चिकित्सकहरूले जाँच गरेका थिए । शिविरमा भिडियो एक्सरे, ईसीजी लगायत विभिन्न किसिमका परीक्षणको सुविधाका साथै निःशुल्क औषधीसमेत वितरण गरिएको थियो

तपाईको प्रतिक्रिया