धरान/वैसाख १२ गते शनिवार अपरान्ह ११:५६ बजे भएको ७.९ रेक्टर स्केलको विध्वंसकारी भुकम्पमा परी ज्यान गुमाउनेहरुको आत्माको चीर शान्तिका लागि विश्वहिन्दु महासंघ राष्ट्रिय समिति नेपाल जिल्ला कार्य समिति सुनसरीले धरानको भानुचौकमा द्विप प्रज्वलन गरेको छ ।
सो अवसरमा ॐकार परिवारभित्र रहेका धार्मिक एवम् अध्यात्मिक संघ संस्थाहरुको समेत सहभागिता रहेको थियो । महासंघका उपाध्यक्ष आनन्दप्रसाद आचार्यले विध्वंशकारी भुकम्पले गरेको जनधनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दे सम्पूर्ण मृतकका आत्माको चीर शान्तिको कामना गर्नुभएको थियो । उहााले भन्नुभयो मुलुक यतिबेला अत्यन्तै ठूलो शोकको घडीमा छ । यो राष्ट्रिय विपतको समयमा सरकारले आफ्ना नागरिकप्रति जुन सक्रियता देखाउनुपर्ने थियो त्यो देखाउन नसकेको बताउनुभयो । अत्यन्तै प्रभावित मुलुकका १४ वटा जिल्लामा आज पनि सरकारले उद्धार, घाइतेको उपचार र रहात सामाग्री पुर्याउन सकेको छैन , यो विपत्तिमा नीजि क्षेत्र सामाजिक संघ, संस्थाहरुबाट भएको कार्यको उहााले सह्राना गर्नु भएको थियो ।
कार्यक्रममा १०८ द्विप प्रज्वलन गर्नुका साथै गजेन्द्र मोक्ष पाठ समेत गरिएको थियो भने धरान १६ स्थित रहेको इस्कन मन्दिरका भक्तजनहरुले भजन कीर्तन गरेका थिए ।
त्र
