आाटादेखि लोटासम्म ,लाल्टिनदेखि बाल्टिनसम्म’ बााड्ने अभियानमा कलाकार

अखिल भारतीय तेरापंथ युवक
परिषदसागको समन्वयमा नेपाली सिनेमाका कलकारहरूले बुधबार भक्तपुरको बागेश्वरी पुग्दा भुकम्प पीडिहरु निकै खुसी देखिए । उनीहरुले भूकम्पको पीडालाई पनि केहीक्षण भुले । बागेश्वरी पुगेका कलाकारहरुले रमाईलो ढंगमा
सरसफाईको कुरा गरे, सबैलाई हसाई हसाई महामारीदेखि सचेत रहन आग्रह गरे अनि राहत पनि बाडे ।
‘आाटादेखि लोटासम्म, लाल्टिनदेखि बाल्टिनसम्म’ भन्ने नाराको साथमा बागेश्वरी पुगेका कलाकारहरुले बिपदको बेला चाहिने अत्यावश्यक सम्पूर्ण सामाग्रीहरु राहत बाडेको छ ।
एक सय छब्बीस भूकम्प पीडित परिवारहरूलाई टेन्टमा बस्न चाहिने डाडु, पन्युा, पकाउने भाडाहरू, दाल, तेल, मैनबत्ती, ग्यासस्टोभ,ओछ्याउने म्याट्रेस, त्रिपाल लगायतका अत्यावश्यक सामग्रीसहितको प्याकेट बाडिाएको हो ।
भारतबाटै आएका तेरापंथ युवक परिषदका पदाधिकारीहरुले पनि नेपाली कलाकारहरुको साथले गर्दा पीडितलाई राहतसागै खुसी पनि दिन सफल भएकोमा नेपाली कलाकारहरुलाई धन्यवाद दिए ।
राहत वितरण कार्यक्रममा दिपकराज गिरी, दिपाश्री निरौला, निर्मल शर्मा गैडा, केदार घिमिरे माग्ने बुढा, दिलिप रायमाझी, रमेश उप्रेती, झरना थापा, किरण केसी, सुरेन्ऽ केसी, सुनिल कुमार थापा, अनुरागमानसिंह कुवार लगायतको उपस्थिती थियो ।
आाटादेखि लोटासम्म, लाल्टिनदेखि बाल्टिनसम्म अभियान भोली र पर्सि पनि चल्ने यस अभियानका संयोजक बाबुराम दहालले जानकारी गराए ।

तपाईको प्रतिक्रिया