पूर्वोली ग्राहकहरुका लागि किनमेलको पहिलो रोजाइँ गोरखा डिपार्टमेन्ट स्टोर स्देशी–विदेशी ब्राण्डका न्याना आकर्षक कपडादेखि अत्यावश्यक सामानमा अत्याधिक भीड

इटहरी । विगत २४ बर्षदेखि पूर्वेली ग्राहकहरुको किनमेलको मुख्य थलो र पहिलो रोजाइ बन्दै आएको गोरखा डिपार्टमेन्ट स्टोरमा यतिबेला अत्याधिक चाप बढेको छ ।
खास गरेर चीसो याम शुरु भएपछि भर्खरका नवजात शिशुदेखि बयस्कहरुका लागि स्देशी तथा विदेशी ब्राण्डका न्याना कपडाको खोजीमा ग्राहकहरुको ठूलो संख्या गोरखा डिपार्टमेन्ट स्टोर पुग्न थालेपछि अत्याधिक चाप बढेको हो ।
पूर्वी पहाडी जिल्ला पाँचथरको चयाङ्गथापुबाट आएकी सीता लिम्बूले भनिन् यहाँ भएका आफन्त भेटेर फर्कने क्रममा न्याना कपडा खरिद गर्न गोरखा डिपार्टमेन्ट स्टोरमा आएकी हुँ । यतिबेला च्याङ्गथापुमा अत्यन्तै चीसो बढेको छ । बृद्ध बृद्धा र नानीहरुलाई जोगाउनै गाह«ो छ । गोरखा डिपार्टमेन्टका बारेमा आफूले धेरै अगाडिदेखि सुन्दै आए तापनि आइपुगेकी थिइनँ । जस्तो सुनेकी थिएँ त्यस्तै पाएँ, उनले भनिन् । कस्तो पाउनु भयो त भन्ने जिज्ञासामा लिम्बुले भनिन् गुणस्तरीय र ब्राण्डेड सामान मात्र होइन बाहिरी बजार भन्दा मूल्यमा पनि अन्तर पाएँ । उनले सुनाइन् बाहिरी बजारमा नपाइएका सामान मैले यहाँ पाएँ । लिम्बुको जस्तै कथन थियो तेह्रथुम म्याग्लुङकी जमुना गुरुङको । सोमबार गुरुङ्ग पनि नानीहरुका लागि न्याना कपडा छनौट व्यस्त थिइन् ।
मलेसिया, थाइल्याण्ड, हङकङ, सिंगापुरबाट गोरखा डिपार्टमेन्ट स्टोरले कपडा मात्र नभएर आकर्षक सजावटका समानहरु, गिफ्ट आइटम, फूल, जुत्ता, चप्लहरु ग्राहककै चाहना बमोजिम आयात गर्दै आएको छ । ग्राउण्ड Ïलोरमा रहेको ग्रोसरी स्टोरमा समेत ग्राहहरुको उल्लेख्य भीड देखिन्छ । गत बर्षदेखि औषत अघिल्ला बर्षको तुलनामा ग्राहकको चाप बढेको प्रति डिपार्टमेन्ट स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्यसँग सम्पर्क राख्दा उहाँले भन्नुभयो ग्राहकको भीड एक बर्ष यता बढेकै हो । डिपार्टमेन्ट स्टोरले आफ्ना ग्राहक लक्षित सामान आयात गर्नु, सामानको गुणस्तरमा ग्राहकहरु विस्वस्त हुनु, मूल्य बाहिरी बजार भन्दा कम हुनु, हरेक सामानको निश्चित मूल्य निर्धारण हुनु, बार्गेनिङ्गको कुनै गुन्जायस नहुनुले पनि ग्राहकको चाप बढेको हुनसक्ने आचार्यको विश्वास छ ।
कोरोना कालमा थलिएको व्यवसाय यतिबेला पूर्ण ट्रयाकमा आएको हो त भन्ने जिज्ञासामा उहाँले भन्नुभयो त्यो त अहिले सम्भवै छैन । पूर्ण ट्रयाकमा आउन हामीलाई अझै केही बर्ष लाग्छ । कोरोना कालमा बैंकहरुले व्यवसायीहरुसँग कुनै कम्प्रोमाइज गरेनन् । राज्यले लकडाउन भन्दा ब्यवसायिको हितमा कुनै प्याकेज ल्याउन सकेन । अहिले पनि बैंकहरुले आफू खुशी ब्याजदर बढाएका छन् । व्यवसायीको हितमा नियामक निकाय नै देखिएन ।
उता गोरखा डिपार्टमेन्ट स्टोरले सञ्चालनमा ल्याएका आफ्ना अन्य शाखाहरु मोरङको विराटचौक, पथरी, झापाको दमकमा समेत ग्राहकको उल्लेख्य भीड हुने गरेको स्टोरका म्यानेजर श्रीप्रसाद गौताले सुनाउनुभयो । उहाँले भन्नुभयो यतिबेला सबै शाखाहरु राम्रोसँग रनिङ्ग गरिरहेका छन् ।

स्थानीय र पहाडी जिल्लामा प्रांगरिक मलको उच्च माग
आफ्नै कृषि फार्मबाट संकलन गरिएको काँचो गोबरबाट उत्पादन  गरिएको प्रांगरिक मलको हाल स्थानीयदेखि पहाडी जिल्लाहरुमा यतिबेला उच्च माग रहेको छ ।
गोरखा डिपार्टमेन्ट स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्य भन्नुहुन्छ ल्याव टेष्ट गरेर गोवर पेलेर मल उत्पादन हुन्छ । त्यसमा अन्य आवश्यक केमिकल पनि हालिन्छ । यो मल हेर्दा चियापत्ति जस्तै हुन्छ जसले माटोको उर्वराशक्ति बढाउने काम गर्दछ । हाल यो मल पहाडका इलाम, भोजपुर, खोटाङ धनकुटासँगै स्थानीय कृषकले लगिरहेका छन् । उहाँहरुको माग धान्नै नसकिने भएको छ । यसका अलावा काँचो गोबर पेलेर निस्केको झोल मललाई फर्मलटेसन गरेर बनाइएका झोल मल ग्यालेनमा प्याक गरिएको छ । यो झोल मल १० लिटर पानीमा एक लिटर झोल हाल्दा पुग्छ । यो बाक्लो दही जस्तै हुन्छ ।

डिपार्टमेन्ट स्टोरमा आर्गनिक तरकारी

धरान÷पूर्वाञ्चलकै पहिलो र आम पूर्वेली उपभोक्ताका बीचमा विश्वासिलो ब्राण्ड बनिसकेको गोरखा डिपार्टमेन्ट स्टोरले दैनिक भान्सामा प्रयोग हुने हरियो आर्गनिक सागसब्जीको मूल्य बजार मूल्य भन्दा पचास प्रतिशत कम मूल्यमा आफ्ना ग्रााहकहरुलाई विक्री गर्ने गरेको छ ।


बजारमा हरियो सागसब्जी, आलु, गोलभेडा, काउली, ब्रो काउली,  करेला, सिमी, गाजर, मुला लगायतका सम्पूर्ण सामानमा पचास प्रतिशत भन्दा कम मूल्यमा विक्री गर्न थालिएको स्टोरका प्रवन्ध र्निेशक बलराम आर्चाले बताउनुभयो । यतिबेला गोरखा डिपार्टमेन्ट स्टोरमा सब्जीका आइटमहरु सबैभन्दा बढी खपत हुन थालेको छ । यसको प्रमुख कारण बजार मूल्य भन्दा अत्यन्तै कम मूल्यमा अगानिक सब्जी पाउनु नै हो । स्टोरले सब्जीका आइटमहरु सोझै किसानकहाँ पुगेर उठाउन थालेको छ । पहिला विचौलिया मार्फत सब्जी ल्याउँदा बजार मूल्यकै हाराहारीमा मूल्य निर्धारण गर्नुपरेको थियो । अब भने सिधै किसानबाट खरिद गर्दा उपभोक्ताले बढी मूल्य तिर्नु नपर्ने भएको छ भने किसानले समेत तत्काल आफ्नो उत्पादनको मूल्य पाउने भएका छन् । गोरखा डिपार्टमेन्ट स्टोरले आफ्ना पाँच शााहरु मध्ये तीनवटा शाखा धरान, इटहरी र दमकमा सब्जी विक्री वितरण गदै आएको छ । यतिबेला बजारमा काउलीको मूल्य ५० रुपैया रहेको छ तर गोरखा डिपार्टमेन्ट स्टोरमा २० रुपैया प्रति किलो पाइन्छ  । टमाटर बजारमा ३०–३५ रुपैया प्रतिकेजी रहेको छ तर गोरखामा मात्र २० रुपैया प्रतिकेजी, ब्रोकाउली बजारमा ३० रुपैया छ भने गोरखामा १५ रुपैया, मूला बजारमा १० देखि १५ रुपैया प्रतिकेजी रहेको छ भने गोरखामा ७ रुपैया प्रतिकेजी पाइने गरेको छ । अन्य सब्जीहरुको समेत यही अनुपातमा मूल्य रहेको स्टोरका म्यानेजर श्रीप्रसाद गौतम बताउनुहुन्छ ।

गोरखाको स्वादिष्ट बेकरी उत्पादन पूर्वाञ्चलमा लोकप्रिय

गोरखा डिपार्टमेन्ट स्टोरबाट उत्पादन भएको विभिन्न स्वादका गोरखा वेकरीको माग पूर्वाञ्चलमा ह्वात्तै बढेको छ । आफनै गोठको सुद्ध गाई वस्तुको दूध, घ्यूबाट दर्जनौ प्रकारका मिठाइ र वेकरीको माग धान्न धौ–धौ पर्न थालेको स्टोरका सञ्चालक बलराम आचार्यले बताउनुभयो । बेकरीमा सुजी पप, कोकोनट विस्कुट, हेल्दी ब्रेड, गोरखा कोकोनट, फुट केक, ब्लाक फरेस्ट भेनिला पेस्टी, पाइनापल पेष्टी, गोरखा कुकिज, सुजी टेष्ट, चटपट विस्कुट, क्यावरी रोल, जाम रोल, टिफिन केक, तिल विस्कुट, वर्थ डे केक, आदि रहेका छन् । हाल आफूले उत्पादन गरेका मिठाई र बेकरी डिपार्टमेन्ट स्टोरले इटहरी र विस्तारित शाखा विराटचौकबाट ग्राहकहरुलाई उपलब्ध गराइरहेको छ भने इनरुवा, झुक्का, धरान, दुहवी, विराटनगर, पथरी, बेलबारी, उर्लाबारी, दमक लगायतका स्थानमा समेत सप्लाई शुरु गरेको छ ।

तपाईको प्रतिक्रिया