सडक सञ्जालले छोए पनि भरपर्दो अस्पताल छैन

धरान । दश बर्ष अगाडि महालक्ष्मी नगरपालका वडा नं. ४ चानुवा जुन अवस्थामा थियो अहिले त्यस्तो छैन । गाउँमा सडक सञ्जालले छोएपछि गाउँको मुहार फेरिएको छ भने सर्वसाधारणको जीवनस्तर उस्केको छ । तर अझै पनि गुणस्तरीय अस्पताल नहुँदा त्यहाँका सर्वसाधारण उपचारबाट बञ्चित हुनु पर्ने अवस्था रहेको छ । गाउँमा एउटा स्वास्थ्य चौकी छ तर त्यो स्वास्थ्यचौकीमा विशेषज्ञ चिकित्सक छैनन्, भने सरकारले उपलब्ध गराएका सबै औषधि पनि पाइदैन । गाउँमा सडक सञ्जालले छोएपछि फेरिएको जीवन भनेको एउटै छ त्यो हो विगतमा विरामी हुँदा सर्वसाधारणले डोली वा बुँईमै बोकेर लेगुवा र मुढे शनिशञ्चरे पु¥याउनुपथ्र्यो, अहिले भने घर अगाडि नै सवारी साधन पुग्छ, बोकेर लाने झन्झट छैन, प्रकृति फरक भएपनि उपचार गराउने ठाउँ भने परिवर्तन भएको छैन । विरामी भइहाले धरान वा धनकुटा पु¥याउनै पर्नेै बाध्यता छ ।


महालक्ष्मी नगरपालिका वडा नं. ४ का डम्बर पौडेलले सबै कुराको सुविधा भए पनि गतिलो अस्पताल नहुँदा विरामी परेको बेलामा समस्या हुने गरेको बताउनुभयो । उहाँले विरामी भइहाले चानुवामा भएको अस्पतालमा विशेषज्ञ चिकित्सक नभएको र औषधि समेत नपाइने गरेको बताउनुभयो । उहाँले भन्नुभयो–‘गाउँमा सडक आयो, सहरसम्म आउन जान सहज छ, तर विरामी पर्दा भने अझै समस्या छ, राम्रो अस्पताल यहाँ छैन, उपचारका लागि धरान, धनकुटा, विराटनगर वा काठमाण्र्डौको सुविधासम्पन्न अस्पतालमा पु¥याउनुपर्छ ।’गाउँमा भएको स्वास्थ्य चौकीमा सामान्य रुखाखोकी, ज्वरो, झाडापखला लागेमात्र उपचार गर्न सकिने स्थानीय भवानी चापागाई बताउँनुहुन्छ । उहाँ भन्नुहुन्छ–‘यहाँ अस्पताल छैन भन्दा छ जस्तो मात्र छ, सिकिस्त विरामीको यहाँ उपचार हुँदैन, सिकिस्त विरामी सहरका ठूला अस्पतालमा लानैपर्छ ।’ गाउँमै सुविधासम्पन्न अस्पताल भइदिएको भए यो गाउँ सहर भन्दा कम नहुने उहाँको भनाई थियो ।उहाले अस्पतालमा सामान्य भन्दा सामान्य औषधि समेत नपाइने गरेको बताए । उहाँले छोरी विरामी हुँदाको सम्झना गर्दै भन्नुभयो–‘छोरीलाई धेरै ज्वरो आयो, त्यही हेल्थपोष्टमा लगे, लाँदा हेल्थपोष्टले सिटामोल दिएर पठायो, सिटामोलले केही पार नै लगाएन, बाध्य भएर धरानको घोपामा लगेर उपचार गर्दा निको भयो ।’ गाउँमा विशेषज्ञ चिकित्सक नहुँदा अझ समस्या भएको उहाँ सुनाउनुहुन्छ । ‘गाउँमा अहेव सरहको चिकित्सक हुन्छन्, उनीहरुले सबै प्रकारको विरामी हेर्छन, कुनै कुरामा विशेषज्ञता हासिल गरेका हुँदैनन्, अन्दाजको भरमा उपचार गर्छन, विरामी ठीक हुने भन्दा पनि ठीक नहुनेतिर जान्छन् ।’ गाउँमा सडक बाटो पुग्नुबाहेक अर्को सुविधा चानुवामा केही नभएको स्थानीयको भनाई छ । सरकारले स्वास्थ्यको पहुँच गाउँ गाउँमा पु¥याउने भने पनि त्यो नारामा मात्र सीमित भएको स्थानीयहरुको भनाई छ । ‘चानुवा गाविस हुँदा सडक पुगेको थिएन, चानुवा लगायत अन्य गाविसलाई गाभेर महालक्ष्मी नगरपालिका त बन्यो, तर स्वास्थ्यको अवस्था भने पहिला जस्तो थियो त्यस्तै छ, गाविस हुँदा र नगरपालिका हुँदामा केही फरक छैन, स्थानीय भरत थापा भन्नुहुन्छ्–‘गाविसबाट नगरपालिका भएपछि त्यही अनुसारको सुविधा त हुनुप¥यो नि, पहिला कर लाग्दैनथ्यो अहिले बढी कर तिर्नुपर्छ, गाविस हुँदा र नगरपालिका हुँदाको फरक त्यति हो ।’
उहााहरुमात्र हैन यो नगरपालिकामा बसोबास गर्ने सबैको हविगत उस्तै छ । सरकारले पूर्वाधार विकास नगरीकन नै भटाभट नगरपालिका घोषणा गरे पनि नागरिकले राज्यबाट पाउने सुविधा अझै पाउन सकेका छैनन् । थापा भन्नुहुन्छ– ‘धरानदेखि १ सय ५० किमीको दूरीमा धनकुटाको लेगुवा पुगिन्छ । लेगुवाबाट ७ किमी उक्लेपछि चानुवा बुधबारे पुगिन्छ । विगतमा पैदल हिड्दा लेगुवाबाट चानुवा बुधबारे बजार पुग्न ८ घण्टा पैदल हिड्नुपथ्र्यो भने अहिले ४५ मिनेटमा पुग्न सकिन्छ ।’ धरानबाट आउने सवारी साधन भने मुढेशनिश्चरेबाट झर्ने गरेको उहाँको भनाई छ । लेगुवाबाट चानुवासम्म भने कुनै पनि यात्रुवाहक बस नचल्ने उहाँको भनाई छ । यसले गर्दा पनि गम्भीर प्रकृतिका विरामीलाई धरान लगायत अन्य सहरका अस्पतालहरुमा पु¥याउन अत्यन्तै मुस्किल हुने उहाँको भनाई छ ।
चानुवा अस्पतालमा सामान्य उपचार बाहेक केही नहुने अस्पतालका कार्यरत अहेब मीना अधिकारी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘सरकारले निःशुल्क दिने औषधि पनि पर्याप्त नआउने र विशिष्ट चिकित्सक नहुँदा गम्भीर प्रकृतिका विरामी हामी धरान वा विराटनगरका अस्पतालमै पठाइदिन्छौ ।’

तपाईको प्रतिक्रिया