सय बर्ष पुरानो गौँधाराको संरक्षणमा स्थानीयबासी

धरान । पुरानो हिटी शैलीमा निर्माण भएको गौधारा संरक्षणको अभावमा मासिन लागेपनि स्थानीयहरुले यसको संरक्षण गर्दै हिटी शैलीमा यसको पुन निर्माण शुरु गरिएको छ ।
वि.सं. १९७३ साल जेष्ठ १ गते धरानमा समाजसेवी सिद्धिमान पलिखेले पहाडी क्षेत्रबाट धरान बजार झरेका सर्वसाधारणलाई लक्षित गरी बनाइएको गौधारा सहरीकरणसँगै अतिक्रमणमा परेपछि धरान ३ का स्थानीयहरुको सक्रियतामा यसको संरक्षणसँगै पुन निर्माण गरिएको हो ।


लपलिखेले निर्माण गरेको गौधारालाई लोपहुन नदिनलाई पलिखेका नाति अलंकार पलिखेले करिब २ लाख लगानीमा हिटी शैलीमा निर्माण गरिएको नेवा देय दवुका प्रदेश १ उपाध्यक्ष अनिल मास्केले बताए । उनले भने–‘यस स्थानमा पहिला साप्ताहिक रुपमा हटिया लाग्ने गर्दथ्यो, पहाडी क्षेत्रबाट कृषि सामाग्री लिएर आउने सर्वसाधारणलाई लक्षित गरि समाजसेवी सिद्धिमान श्रेष्ठले निर्माण गरिदिएका हुन् ।’ उनले उनले गरेको सह्रानीय कामलाई मर्न नदिन गौधारालाई जीवन्तता दिन पनि हिटी शैलीमा पुन ः निर्माण गरिएको बताए । मास्केका अनुसार पलिखेले त्यसबेला धारासँगै सर्वसाधारणलाई बस्ने
चौतारो, थकाइमार्दै पानी पिउने स्थानको रु गाई बस्तुलाई पानी खान सहज ढंगले बनाइएको थियो । उनले भने–‘त्यसबेला उहाँले राखेको सोचलाई सबैले सह्रानीय मानेका छन्, उहाँकै नाममा धरान ७ मा सिद्धि नेवा ः परिषद्को भवन समेत निर्माण भएको छ, यो भवन निर्माण भएपछि नेवारी समुदायलाई मात्र हैन हरेक कार्यक्रम गर्न सबैलाई सहज भएको छ ।’
उनले अर्बद रोग निवारण संघले भवन निर्माण गरेपछिदेखि नै गौधाराको अस्तित्व संकटमा पदैै गएको बताए । कुन बेला बनाइएको भन्ने कुरा जान्नकोलागि राखिएको ताम्रापत्र समेत नभएको बताए । अहिले नाति अलंकार पलिखेको संयोजकत्वमा निर्माण समिति  बनाएर निर्माण गरिएका गौधाराको रेखदेख भने स्थानीयहले गर्ने एक समिति बनेको मास्केले बताए ।

तपाईको प्रतिक्रिया