राजधानी/नेपालका लागि भारतीय
राजदुत रन्जित रायले भुकम्पबाट पीडित नेपालीलाई सहयोग गर्न भारत सदैव तयार रहेको बताउनुभएको छ ।
आइतबार भक्तपुर योसिंखेलमा
भारतीय राहत टोलीको उद्धार तथा राहत वितरणको निरिक्षण गर्न जानु भएका रायले स्थानीय भुकम्प पीडितहरुसाग भन्नुभयो
भारतीय राहत टोली उद्धारकर्मी नेपाल
सरकारले आवश्यक महसुस गरुन्ज्याल आइरहने छन् ।
राजदुत रायले भन्नुभयो भारत सरकार र भारतीय जनता नेपाल र नेपालीको सुख,दु:खमा सधै साथ रहन्छन् । उहाले त्यस अवसरमा भन्नुभयो
भारतीय टोलीले काठमाण्डौको ललितपुर र भक्तपुरका दुईस्थानमा भुकम्प पीडितलाई खाजा र खाना खुवाइरहेको छ । हालै नेपालमा आएको भुकम्पले भक्तपुरलाई र ललितपुरलाई नराम्रोसाग क्षति पुर्याएकोले भारतबाट आएका राहत टोलीलाई यहाा केन्द्रित गरेका छौं । राजदुत रायले आफ्नो देशबाट आएका राहत टोलीलाई पीडितहरुको सेवामा कसरी बढी सेवा गर्न सकिन्छ भन्ने कुरामा केन्द्रित रहन आग्रह गर्दै
भारतले विपत्तिका बेला जे जति सहयोग गर्न सक्छ त्यो हदसम्म सहयोग गर्ने पनि प्रष्ट पाुर्नभयो ।
यहाा स्मरणीय कुरा के छ भने
भारतको हरियाणा राज्यमा रहेको चण्डीगढस्थित शिव पार्वती सेवा दलले भक्तपुरको योसिंखेलमा २२ सय भुकम्प पीडितलाई एक महिनासम्म खाजा र खाना खुवाउने प्रवन्ध मिलाइएको छ । शिव पार्वती सेवा दलका सदस्य राजीव शर्माले नेपालीहरुमा आइपरेको यस्तो विपत्तिप्रति दु:ख व्यक्त गर्दै एक महिनाभन्दा बढी खाजा र खानाको व्यवस्था गर्नु परेपनि आफूहरु तयार रहेको र त्यसका लागि
राहत सामाग्री जुटिसकेको बताउनुभयो ।
