विध्वंसकारी भुकम्प पीडितहरुका लागि पूर्वाञ्चलमै सबैभन्दा बढी राहत संकलन इटहरीबाट राहत वितरणमा राजनैतिक दलहरुको स्वार्थ र खिचातानी : आम सर्वसाधारण नेपाली आक्रोसित

धरान/झण्डै ८० बर्ष पछि वैसाख १२ गते शनिवार ११:५६ मा आएको विध्वंशकारी भुकम्पबाट पीडितहरुका लागि यतिबेला नीजि क्षेत्रबाट राहत संकलन गर्ने, संकलित राहत पीडितसम्म पुर्‍याउने कार्यले तिब्रता पाएको छ ।
व्यक्ति, विभिन्न सामाजिक संघ, संस्थाहरुले स्वस्फूर्तरुपमा मानवीय सम्वेदना देखाउदै पीडितहरुको लागि
राहत संकलन गर्ने कार्यमा पूर्वाञ्चलमै सबैभन्दा अगाडि इटहरी देखिएको छ । इटहरी उद्योग वाणिज्य संघको नेतृत्वमा संयुक्त राहत संकलन अभियानले ५० लाख बराबरको राहत समाग्री संकलन
गरेको छ । सुनसरी उद्योग वाणिज्य संघ धरानले २२ लाख बराबरको राहत संकलन गरेको संघका कोषाध्यक्ष रामस्वरुप शर्माले जानकारी दिनुभयो ।
इटहरी उद्योग वाणिज्य संघका उपाध्यक्ष सुनिल कुमार अग्रवालका अनुसार तीन हजार कार्टुन पानी उद्योग वाणिज्य महासंघ मार्फत काठमाण्डौ पठाइएको, १५ लाख बराबरको त्रिपाल, ब्लांककेट, जुस, विस्कुट, चिउरा ओखलढुंगा पठाइएको, प्लेनमार्फत ३० हजार मूल्य बराबरको औषधि सिन्धुपाल्चोक पठाइएको, महासंघमार्फत १५ लाख बराबरको त्रिपाल, सेनिटरी प्याड, जुुस, धुलिखेलमा ४५ हजार बराबरको टुथब्रस, पेष्ट पठाइएको छ । यसैगरी कृष्णदाशजी महाराजको नेतृत्वमा खाना पकाएर खुवाउने गरी ५ हजार केजी चामल, ३ हजार केजी दाल, ३ सय केजी चना, ६ क्विन्टल आलु, न्युट्रेला, च्युरा, वाइवाइ, जुस, आल्मुनियम भाडा, ग्याास भट्टी, १ सय ५८ वटा स्टिल ग्लास, मेलामाइनको दुई सय वटा गिलास लगायतका सामानहरु पठाइएको छ । कृष्णदाश जी महाराज आफैले सिन्धुपाल्चोकमा १५ दिनसम्म खाना पकाएर खुवाउनु हुने उपाध्यक्ष अग्रवालले बताउनुभयो । संकलित राहतबाटै स्वामी षणानन्द महाराजको नेतृत्वमा सिन्धुपाल्चौकको कोपिला कोटमा ४ सय २० थान कम्बल, २ सय थान त्रिपाल, २५ बोरा च्युरा, २५ बोरा भुजा, २ सय मिटर टिफोम, ३ सय कार्टुन पानी समेत इटहरी उद्योग वाणिज्य संघले पठाएको छ ।
यता सुनसरी उद्योग वाणिज्य संघ धरानको नेतृत्वमा संकलन भएको राहत गोर्खा, सिन्धुपाल्चोक र काठमाण्डौ पठाइएको कोषाध्यक्ष शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार १५ केजी बराबरको १७ वटा आइटम राखी राहत पोकाहरु बनाइएको थियो । जसमा च्युरा, चामल, विस्कुट, चाउचाउ, जीवनजल, लगायत रहेका छन् । कान्तादेवी कैलाश अग्रवाल ट्रष्टका अध्यक्ष मनिष अग्रवालले उपलब्ध गराउनु भएको तीन सय थान त्रिपाल, १ हजार १७ थान कम्बल समेत संघले गोर्खा र सिन्धुपाल्चोक पठाएको छ भने धरान उपमहानगरपालिका मार्फत ३ सय कार्टुन पानी काठमाण्डौ पठाइएको छ । धरानमा एम्बुलेन्स चालक संघ, संघीय लिम्बुवान पार्टी लगायतले समेत राहत संकलन गरेको थियो । उनीहरुले प्रभावित क्षेत्रमा पठाइसकेको जनाएका छन् । नेपाल रेडक्रस सोसाइटी सुनसरीले समेत झण्डै १२ लाख रुपैया संकलन गरी २० गते आइतबार सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी हस्तान्तरण गरेको छ । उता इटहरीस्थित रहेको गोरखा डिपार्टमेन्ट स्टोरले ५ सय ५० कार्टुन पानी, ३ सय थान कम्बल, २ सय थान त्रिपाल र १० लाख रुपैया पीडितहरुका लागि सहयोग गरेको छ ।
पूर्वाञ्चलबाट पीडितहरुका लागि संकलित राहत सम्बन्धित ठाउामा पुर्‍याउने र थप संकलन हुने क्रम भइरहेको छ । पूर्वाञ्चल उद्योग वाणिज्य संघका अध्यक्ष टंक दुलालका अनुसार इलाम उद्योग वाणिज्य संघले ३ लाख ५० हजार बराबरको राहत सोलुखुम्बु पठाइएको छ । यसैगरी झापा उद्योग वाणिज्य संघले संकलन गरेको ५० लाख बराबरको सामाग्री सिन्धुपाल्चौक, दकम उद्योग वाणिज्य संघले संकलन गरेको ५० लाख बराबरको गोर्खा, मोरङ्ग व्यापार संघबाट संकलित २५ लाख बराबरको धादिङ्ग, सिन्धुपाल्चौक र ओखलढुंगा, उद्योग संगठन मोरङ्गले २५ लाख बराबरको राहत सामाग्री एक हजार परिवारलाई १५ दिनसम्म पुग्ने गरी काभ्रे, लाहान, सिराहा, सप्तरीबाट संकलित २० लाख बराबरको राहत सामाग्री ओखलढुंगा र सोलु पठाइएको पनि अध्यक्ष दुलालले जानकारी दिनुभयो ।
सरकारले केही दिन अगाडि मात्र
राहत वितरण एकद्वार प्राणलीबाट गर्ने निर्णय गर्दै विभिन्न सामाजिक संघ संस्था र व्यक्तिलाई राहत वितरणमा रोक लगाइएको थियो । तर त्यसको चौतर्फी आलोचना भएपछि आइतबारदेखि सरकारले त्यस्तो प्रावधान हटाएपछि पीडितहरुसम्म राहत पुग्ने क्रम तिब्र भएको छ । सकारले
वितरण गरेको राहत भन्दा विभिन्न सामाजिक संघ संस्थाल र व्यक्तिले वितरण गरेको
राहत बढी प्रभावकारी भएको सम्बन्धित क्षेत्रका पीडितहरुले बताएका छन् । महा विनासकारी भुकम्पबाट हजारौले ज्यान गुमाएमा छन्, लाखौ घाइते भएका छन्, लाखौे घरहरु पूर्ण रुपमा ध्वस्त भएका छन् । यस्तो महाविपत्तिका समयमा समेत अपाmूलाई जनताको प्रतिनिधि हौ भन्ने
राजनैतिक दलहरु भुकम्प गएको ६ दिन सम्म पनि बेखबर भएपछि दलका नेताहरुको चौतर्फी कटु आलोचना भएको छ । चौतर्फी आलोचना भएपछि हाल केही दलका नेताहरु सुगम ठाउामा पीडितसम्म पुग्न थाले तापनि उनीहरु प्रतिको जनताको आक्रोस कम भएको छैन । विनासकारी भुकम्पपश्चात दलका नेताहरु वास्तवमै तिरस्कृत भएका छन् । अझ दातृ निकायहरुले उपलब्ध गराएको राहत सामाग्री र विभिन्न संघ संस्था तथा व्यक्तिले उपलब्ध गराएका राहत सामाग्रीमा दल र तिनका कार्यकर्ताले तानातान गर्ने, आÏनो नेतृत्वमा आएको भन्दै आफ्ना निकटलाई मात्र वितरण गर्न खोजेपछि उनीहरु झन् नांगिदै गएका छन् ।

तपाईको प्रतिक्रिया