घण्टाघरबाट हेर्दा

चिन्तैले सिद्धेलान् जस्तो छ
यस पटकको चुनावी परिणामले पिण्ड खाने बेला भएका बुढा नेताहरु चिन्तैले सिद्धेलान जस्तो छ । सत्ता गठबन्धनका बुढानिल कण्ठे ¥याले, तनहुँका बाजे, चार वटा मृगौलाको भारी बोकेर हिडेका बालकोटका बार्दली बालाई कसै गरेर भए नि पर्धानमन्तरी बन्नु छ । बुढानिलकण्ठे ¥याले बालाई त अझ खपिनसक्नु छ । अर्को पटक खै के खै के तीनै जनाको टुंगो छैन । तनहुँका बाजे म पर्धानमन्तरी हुन्छु भनेर मारुनी गाउन थालेका छन् । बुढानिलकण्ठे ¥याले बाँको त्यही हालत छ । झिना मसिनालाई काखी च्यापेर, स्वतन्त्रलाई बटारेर भए नि बालकोटे बा पनि सिंहदरबारको कुर्सीमा आँखा गाडेर बस्या छन् । ¥यउालल बालाई ज्योतिषीले ७ पटक पर्धानमन्तरी बन्छस भनेर कानमा फुकेकाले ज्यातिसीको मन्त्र पूरा गर्नुपनि प¥या छ । तर आफ्नै भित्रका युवाहरुले बुढाहरलाई आड भरोसा देलान् जस्तो छैन । अघिल्लो पटक चुनावमै उत्तानो परेका तनहुँका बाजे पनि यसपालि घोप्टिएछन् । आफ्नो लुर छैन अर्काको भरमा बाँचेका तिन्लाई पनि पर्धानमन्तरी चाहियो रे । मन्त्रालय फुटाएर मन्त्री बनाउन मिले जस्तै पर्धानमन्तरी पनि बनाउन मिले त यसीमा टोक्ने सबैको चित्त बुझ्थ्यो ।


सुजोको भाग्यै खोटी
गिर्जाउको नाम भँजाएर नेपाली काँग्रप्ेसभित्र दाई गर्दै आएकी सुजो यस पटक गतिलैसँग पछारिइछन् । हुन त सुजो पछारिनुपथ्र्यो पछारिइन् । थपक्क बाबुले थुपारिदिएको कुटुकुटु खाएरर बस्नु नि । आफ्नैसाग बैरी भएर अरुसाग टाँस्सिएसी जोरीपारिहरुले काखी बजाउँछन भन्ने कुराको जोष्टलाई हेक्कै भएनछ । आफू निर्वाचन लड्ने क्षेत्रमा कहिल्यै गा’हैन । स्थानीय कार्र्यकर्ता चिन्नु छैन । गिर्जाउको पुत्री हुँ भनेर त्यसै ढल्केर त भएन । गिर्जाउको नाम भँजाएर अब भोतट कसैले खसाल्दैन । गिर्जाउ आर्यघाट गएसी विचरीको सबै कुरा सिद्धिउउएछ । विचरीको भाग्यै खोटो रै’छ ।
का“ग्रेसले कार्वाही गर्ने रे
काँग्रेस र काँग्रेसको बुई चढेकालाई भोट नहाल्ने काँग्रेसका कार्यकर्तालाई काँग्रेसले कारबाही गर्ने रे । कुनचाहिँले भोट हालेको नहालकेो देखेछ कुन्नि । हार्नेले जहिल्यै नि धाँधली भयो, अन्तरघात ग¥यो भनेर फलाक्ने गरेकै छन् । या कुन ठूलो कुरा भयो ? यसपालिको निर्वाचनमा अपाmूलाई तीसमार खान सम्झिने झुण्ड मुसुन्डहरुलाई मतदाताहरुले पाहा पछारेझै पछारिदि । पाँच बर्षसम्म थला पर्ने गरी पछारिदिएपछि विचराहरुको बर्बहाहट शुरु भएको छ । उहीताको बुहारी भटमास खाएकी भनेझै अप्राकृुतिक गठबन्धनले तितरवितर भएका कार्जेकर्तालाई समेट्नुुको सट्टा कारबाहीको खोस्टा तयार गर्दा अर्को चुनाउसम्ममा हालत पम्चर हुने निश्चित छ ।
धा“धली भयो रे
सत्तरी करोड सर्पपनाथ उर्फ झल्लाझलु इलामबाट चिप्पा भएछन् । झलु चिप्पा हुनु स्वभाविक थियो । यस भन्दा अघि सदैव चुनाउ जितेका झलुले आफ्नो क्षेत्रमा केही लछारपाटो लगाएनन् । त्यतिमात्र कहाँ हो र ? माकुन्याउको लहैलहैमा लागेर आफ्नै घरमा आगो झोसेका इलामेहरुले बिर्सेकै थेनन् । बडो फुइँ लगाउँथे । निर्वाचन भएसी भारी मतले जित्छु
राष्ट्रपति हुन्छु । इलामे जनताले झलुलाई अब कहिल्यै उठ्न नसक्ने गरी गुएँलाको फूल सुँघाइदिएछन् । यतिबेला विचारा रन्थरिनएर धाँधली भयो, पुनः मतगणना गर्नुपर्छ, निर्वाचन परिणाम स्वीकार्दिन भन्दै राँडे रुवाई गरिरहेका कछन् । आँची गर्नेलाई भन्दा देख्नेलाई कुरीकुरी भन्या यही हो ।
ठूलो भाग खोज्दा….
जसपाका उपिन्दर जादव यतिबेला थाप्लामा हात राखेर टोलाइरा’ छन् । भुइँको टिप्न खोज्दा गोजीको पोखिन्छ भन्ने कुराको विचारा जादवदलाई हेक्कै भएन छ । सत्ता गठबन्धनमा छँदा थोरै निर्वाचन क्षेत्र भागमा परेको भन्दै झालेमालेसँग गर्दन जोड्न पुग्या थे । झालेमालेको भोट खर्लप्प्ै आउँला, भागबण्डा गरेको ठाममा सुलित्त आम्ला भनेर विचरा जादवले कतो सपना देख्या दिए । अपाmै उत्तानो पर्न पुगे । जनमत पार्टीका सिके राउतसँग नमज्जाले पछारिएपछि विचरा जादव अब पाँच बर्ष ढोक्रे बस्ने भएका छन् । विचारलाई राहुले फन्कै लगाएको रै’छ यस पालि ।
घरेलु मन्तरीको फुरफुर चैट
घरेलु मन्तरी भुत्लाकृष्ण खाँड माने बालकृष्ण खाँडको यसपटकदेखि सबै चुरीफुरी सिद्धिएको छ । तिनको चुरीफुरी सानो थिजएन । कर्सैलाई मान्छे नै नगन्ने । राप्रपाका दिपक बोहराले खाँडको गतिमा बेंक लगाइदिएछन् । मान्छे धेरै नउ्म्लनु पोखिन्छ भन्थे हाम्रा बाउ बाजेले । हो रै’छ । बुढानिलकण्ठे स्यालबहादुरका खास हनुमान । रवाफ त त्यसै पनि बढ्ने भयो । रुपन्देहीका काँग्रेसलाई भुत्ला कृष्णले कम्ता दुःख द्या थिएनन् । नगर प्रमुख, श्रीमतिलाई समानुपातिक सूचिमा राख्ने । सबै खजाना आफू र आफ्ना परिवारमा च्यापेपछि भुत्लाकृष्ण नपछारिएर उठ्ने कुरै भएन ।
राष्ट्रिय लफडा शुरु
निर्वाचनपछि अब सरकार बनाउन राष्ट्रिय लफडा शुरु भा’छ । सात पटक पर्धानमन्तरी बन्छस् भनेर ज्योतिषीले उचालेका स्यालबहादुर कसै गरेर भएपनि सिंहददरबारको कुर्सी अरुको पौल्टामा दिने पक्षेमा छैनन् । माउवादीका प्रचण्डाउ पनि गवोडा सत्रेक सिट जिते पनि पर्धानमन्तरी आफै बन्ने ध्याउन्नमा कन्दनी कसेर लाग्या छन् । काँग्रेसका युवा नेताहरु सत्तरी कटेका स्यालबहादुरलाई कुर्सी सु्रम्पने पक्षेमा छैनन् । खेल त अब रोचक बन्ला जस्तो छ ।उता बकुल्लाले माछा रुगेझै रुगेर बस्या झालेमालेका खप्रओको चाल बुझिनसक्नुको छ । हेरम ह्याट्रिक कस्ले मार्दो रै’छ ।
अन्तेमा
भोजपुरमा नपत्याएर सुनसरी झरेका आरजुका किचने क्याविनेट सदस्य मुर्खबहादुर कार्कीले यस पटक सुनसरी काँग्रेसमा पूर्ण विराम लगाइ दिएका छन् । इतिहासमै सुनसरीमा काँग्रीेसले यसपटकको जस्तो अवस्था भोग्या थिएन । डाइनासर लोप भए झै सुनसरी काँग्रेस लोप भा’छन् । अन्तेमा आफै चिलिम हुने मत आएसी सत्ता, शक्ति र देउवाको बलमा तिनले निर्वाचन आयोगमै लफडा मच्चाएका छन् ।

तपाईको प्रतिक्रिया