प्रतिनिधिसभाका उमेद्वारहरुमध्ये मेन्याङ्बोको माहौल राम्रो बन्दै विकासप्रेमी, भिजन भएको नेताको रुपमा मेन्याङ्बोलाई सर्वसाधारणले हेरेका छन्

धरान । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यका निर्वाचनमा सुनसरी क्षेत्र नं. १ बाट प्रतिनिधिसभातर्फ उमेद्वार बन्नुभएका मनोजकुमार मेन्याङ्बोलाई जिताउन अहिले सर्वसाधारण जुटेका छन् । प्रष्ट वक्ता, भिजन भएका र विकासप्रेमी उमेद्वारको रुपमा मेन्याङवोलाई सर्वसाधारणले हेरेका छन् । विगतमा दलका उमेद्वाहरु सांसद भएर जाँदा यस क्षेत्रको केही विकास नभएको भन्दै विकास नगर्ने नेतालाई पाँखा लगाएर विकासप्रेमी नेतालाई जिताउने अभियानमै सर्वसाधारण लागेका छन्् ।
धरान ७ का ठाकुर कार्कीले विगतमा उपमेयर, मेयर हुँदा मेन्याङ्बोले गरेको कामको मूल्यांकन सबैले गरेकोले यस पटक सबैले उहाँलाई भोट हाल्ने बताउनुहुन्छ । उहाँले यसपटक मेन्याङ्बोकोे जीत सुनिश्चित भएको बताउनुभयो । उहाँले भन्नुभयो–‘उहाँले विगतमा गरेका कामको मूल्यांकन सबैले  गरेका छन्, फेरि पनि विगतमा जस्तै विकासको अपेक्षा धरान लगायत सुनसरी क्षेत्र नं. १ का बासिन्दाले गरेका छन्, घरदैलोको क्रममा सर्वसाधारणले एक पटक सांसद भएर आउनुपर्छ भनेर आर्शिवाद दिएका छन् ।’


यस्तै भनाई सुनसरी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष गिरिधारी सापकोटाको समेत रहेको छ । उहाँ अहिले मेन्याङ्को पक्षमा खुलेर प्रचारप्रसारमै लाग्नु भएको छ । नेकपा एमालेमा आवद्ध सापकोटा नेकपा एमालेले जसपासँग गठबन्धन गरेर जसपाका अध्यक्ष अशोककुमार राईलाई उमेद्वार बनाएपछि उहाँ खुलेरै मेन्याङ्बोको पक्षमा लाग्नु भएको हो । उहाँ भन्नुहुन्छ–‘धरानमा जति पनि विकास भएको छ, घण्टाघर निर्माण, खेलकुद क्षेत्रको विकास, सब्जी बजारलाई व्यवस्थित बनाउने लगायतका धेरै कार्य उहाँकै कार्यकालमा भएको हो, जनताले अब झुटको खेति गर्नेलाई भन्दा पनि काम गर्ने नेतालाई जिताउँछन्, यसले गर्दा यसपटक मेन्याङ्बोको माहौल अत्यन्तै राम्रो मैले देखेको छु ।’ धरान १४ का प्रेम प्रसाद पराजुली नेपाली काँग्रेसमा आवद्ध  धरान १४ का राम्रा कार्र्यकर्तामा गनिनुहुन्छ ।
तर अहिले उहाँ खुलेर मेन्याङ्बोको पक्षमा लाग्नु भएको छ । राजनीतिक पार्टीको गलत निर्णयका कारण राम्रो उमेद्वार पार्टीले उठाउन नसकेको अवस्थामा पार्टी सुधिउनुपर्छ भन्दै विकासप्रेमी, प्रष्ट वक्ता, भिजन भएका, भ्रष्टाचारमा दाग नलागेका मेन्याङ्बोलाई खुलेर सघाएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो–‘मनोजप्रतिको मेरो सकारात्मक भावना उहाँले धरान उपमहानगरपालिकाको मेयर र उपमेयर बन्दा देखि नै थियो, यस क्षेत्रको समग्र विकासमा उहाँको जति अरुले गर्न सक्दैनन् भन्ने मलाई लागेको छ, दलमा पनि केही राम्रा उमेद्वार छन्, राम्रामध्ये पनि अझ राम्राको पक्षमा म उभिएको हुँ ।’
घरदैलोका जाँदा समेत मैन्याङ्बोको पक्षमा राम्रो माहोल बनेको पराजुली बताउनुहुन्छ । यता मैन्याङ्बोले पनि विगतमा आफूले गरेको कामको आधारमा सुनसरी क्षेत्र न. १ का सर्वसाधारणले जिताउने् प्रण गरेको बताउनु भएको छ । उहाँले भन्नुभयो–‘सर्वसाधारणले मलाई एक पटक तपाई आउनुपर्छ, यस क्षेत्रको विकासकै लागि भएपनि आउनुपर्छ भनेका छन्, आर्शीवाद दिएका छन् ।’
उहाँले धरान लगायत समग्र सुनसरी क्षेत्र नं. १ को विकास गर्ने उद्देश्यले स्वतन्त्र उमेद्वार दिएको बताउनुभयो । उहाँले भन्नुभयो–‘पार्टीको गलत निर्णयबाट असन्तुष्ट भएर पनि यहाँको जनताको माग बमोजिम मैले उमेद्वारी दिएको छु, मैले उ्रम्मेद्वारी दिएपछि मलाई पार्टीले कारबाही गरेको छ, तर म स्वतन्त्र उम्मेद्वार दिँदा नै पार्टी छाडेको घोषणा गरेको थिएँ, त्यो कारबाहीले मलाई केही फरक पर्दैन, बरु सर्वसाधारणको सपोट मलाई मिलेको छ ।’
मेन्याङ्बोको पक्षमा अहिले सत्ता गठन्धन र नेकपा एमाले र जसपाको गठबन्धनबाट असन्तुष्ट रहेकाहरुले समेत खुलेर समर्थन नगरे पनि भित्री रुपमा सपोर्ट गरेको आफूले पाएको पराजुली बताउनुहुन्छ । पार्टीले गरेको गलत निर्णयका विरुद्ध धेरैले मेन्याङ्बोलाई सपोर्ट गरेका छन् । उहाँले भन्नुभयो–‘बाहिर खुलेर आउन नसके पनि भोटचाहिँ यसपटक स्वतन्त्र उमेद्वार मेन्याङ्बोको चुनावचिन्ह
खरायोमै हान्ने मनस्थिति असन्तुष्ट पक्षले बनाएको मैले पाएको छु ।’

तपाईको प्रतिक्रिया