इतिहासमै कहिल्यै नभोगेको पीडा यतिबेला नेपालीहरुले भोग्नुपरेको छ । वैसाख १२ गते शनिवार गएको महाविनाशकारी भुकम्पले हजारौ नेपालीको ज्यान गएको छ, लाखौ बालबालिका, बृद्धबृद्धा, युवायुवती घाइते भएका छन्, खरबौको भौतिक संरचना ध्वस्त भएको छ ।
चौतर्फी पीडा भन्दा बाहेक यहाा केही भेटिदैन । कसैका
परिवारै सबै सिद्धिएका छन्, कसैले श्रीमति गुमाएका छन्, कसैले श्रीमान गुमाएका छन्, कसैले आÏना सबै सन्तान गुमाएका
छन् । मृत्युलाई जितेर बााचेकाहरु पनि पटक पटक मर्दै बाच्दै
गरेका छन् ।
भुकम्पले बासस्थान उजाडिएको छ, भएका अन्नपात सबै नास भएको छ , परिवार, इष्टभित्रसाग रमाउदै आएको एउटा सुखी जीवन खुल्ला आकाशमुिन सडकमा बााच्न बाध्य भएको छ, राज्यले उनीहरुलाई घामपानीबाट जोगिन जाबो एउटा प्लाष्टिकको पाल दिन सकेको छैन, एक बोतल पानी उपलब्ध गराउन सकेको छैन, खानाको कुरा परै छाडौ, घाइतेहरुले उपचार पाएका छैनन.् । कसैका त परिवारमा लास उठाउने व्यक्ति समेत बााकी रहेका छैनन् ।
अन्तर्राष्ट्रिय जगतले दिल खोलेर सहयोगी हातहरु अगाडि बढाएका छन् । उद्वार र राहत वितरणमा नेपालको छिमेकी मुलुक भारतले पनि प्रभावकारी अहम् भूमिका निर्वाह गरिरहेको छ । यसका अलावा अन्य देशले पनि राहत र उद्धारका कार्यलाई तिब्रता दिएका छन् । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले समेत प्रशंसनीय ढंगले उद्धार राहत कार्यलाई अगाडि बढाएका छन् । विभिन्न सामाजिक संघ संस्थाहरुले पनि उद्धार र राहतलाई तिब्रता दिएका छन् । तर यस्तो दु:खद् र कहालीलाग्दो अवस्थामा राजनैतिक दल र तिनका कार्यकर्ता यतिबेला बेखबर छन् । राजनैतिक दलहरुले मृतक हुने र घाइते हुनेहरुका सम्बन्धमा केही गर्नभन्दा पनि दु:खका शब्दहरु समेत व्यक्त गर्न कन्चुस्याई गरेका छन् ।
राजसंस्थाको अन्त्यपछि असफल बन्दै गएका राजनैतिक दलहरु यो महाभुकम्प पछि उनीहरु पूर्ण रुपमा असफल मात्र हैन जनताका माझबाट नांगिएका छन् । राजनीतिक दलका नेता, सरकारमा बसेकाहरु यत्रो विपत्तिमा जनताको माझमा गएका छैनन् । स–साना कुरामा पनि विभिन्न माग राखी सडक आन्दोलनमा उत्रने ३० दलीय मोर्चामा आवद्ध दलका नेतहरु झन लापत्ता नै भएका छन् । अझ आफूलाई मधेशवादी दल भन्नेहरुको आवाज नै सुन्न छाडिएको छ । संघीयताको नारा
उराल्नेहरु चुपचाप बसेका छन् । आफै पीडितका लागि मानवीय हिसाबले उद्धार र राहतमा उत्रनुपर्नेमा राहतमा समेत बखेडा झिक्ने काम दलहरुले गरेका छन् । पूर्व युवराज्ञी हिमानी शाहले राहत बााड्न भक्तपुर पुग्दा केही राजनैतिक दलका भाते कार्यकर्ताहरुले अवरोध सिर्जना गरेका छन् । राहतमा समेत निषेधको राजनीति गर्नेहरुले सोचेको होलान् हामीले राम्रो काम गर्यौ । यसले राजनैतिक दल जनताका नजरमा एउटा अपराधी सावित भएका छन् , महा विनासकारी भुकम्प आएको यतिका दिन वितिसक्दा पनि सरकारले पीडितका लागि कुनै प्रशंसनीय कार्य गरेको छैन । दाताहरुले दिएको राहत सामाग्री समेत वितरण गर्न सकेको छैन । कतिपय राम्रा र महागा राहत सामाग्री नेताहरुक घरमा पुग्न थालेका छन् । पीडितहरुका लागि दाताहरुले दिएका सामाग्रीमा त र्याली चुहाउने सरकार र दलले पीडितहरुलाई के राहत देला ?
