धरान/विध्वंसकारी भुकम्पबाट ज्यान गुमाएका र घाइतेको उद्वारमा, राहत वितरणमा जुनसुकै स्थान बस्ने नेपालीहरुले यसपटक हदृय खोलेर सहयोग गरेका छन् । नेपालमा आइपरेको यो आपतकालीन अवस्थामा छिमेकी राष्ट्र र अन्य राष्ट्रले पनि सहयोगमा कुनै कसर बााकी राखेका छैनन् ।
वैसाख १२ गते आएको भुकम्पको दोस्रो दिनदेखि नै उद्धार र राहतका लागि सक्रिय धरान एकता समाजले प्रभावित क्षेत्रमा आफ्नो सक्रियतालाई अझ प्रभावकारी बनाउादै लगेको छ । समाजका संरक्षक एवम् नेपाल तरुण दलका भूतपूर्व अध्यक्ष सन्दिप श्रेष्ठले आफ्नो व्यक्तिगत खर्चमा प्रभावित क्षेत्रमा हालसम्म दुई लाख भन्दा बढी रकमको चामल, च्युरा, विस्कुट, दालमोठ, त्रिपाल, वाइवाइ लगायतका सामाग्री वितरण गरिसक्नुभएको छ ।े
झण्डै दुई महिना अगाडि सम्मी श्रेष्ठ अध्यक्ष रहेको २७ सदस्यीय एकता समाजले अन्य सामाजिक संघ संस्थाहरुले जसरी राहत संकलन गरेको भने गरेको
छैन । आफ्नै निजी खर्चमा बजारबाट खरिद गरेका सामाग्रीहरु काठमाण्डौ हरिसिद्धि, सिन्धुपाल्चौकको टिप्लेरी, भोटेनाम्लाङ्ग, गोर्खाको लार्पाकमा पुर्याई आफै वितरण गरिरहेको
छ । केही दिनदेखि समाजमा अध्यक्ष सम्मी श्रेष्ठ लगायतका पदाधिकारी सिन्धुपाल्चोकको भोटेनाम्लाङ्गमै बसेर संरक्षक श्रेष्ठले पठाएको राहत सामाग्री पीडितहरुलाई बााड्ने काम गरिरहनु भएको छ । धरान साप्ताहिकसागको टेलिफोन सम्पर्कमा अध्यक्ष सम्मी श्रेष्ठले भन्नुभयो यहााको जनजीवन अत्यन्तै कष्टकर छ । ग्रामीण वस्तीहरुमा जान सक्ने अवस्था छैन । एक दिन हिडेर, बोकाएर लगेका राहत सामाग्रह हामी बाडिरहेका छौं । जताततै पहिरो गएको छ, बाटाघाटाहरु छैनन् । उहााले भन्नुभयो राहत सामाग्री वितरणसागै हामी स्थानीय प्रशासन, प्रहरी, नेपाली सेनासाग समन्वय गरी उद्धारका कार्यमा समेत
खटिइरहेका छौं ।
भर्खरैमात्र सिन्धुपाल्चोकको भोटेनाम्लाङ्गमा भारतीय मेडिकल टिम आइपुगेको छ । उनीहरुले घाइतेको उपचार गरिरहेका छन् । भारतबाट आएका मेडिकल टिम र स्थानीय घाइतेबीचमा भाषा नबुझ्दा अप्ठेरो भएको छ । त्यसमा हामी
सहजीकरण गरिरहेका छौं । उहााले भन्नुभयो, स्थानीय र भारतीय मेडिकल टिम हाम्रो काम गराईबाट अत्यन्तै प्रभावित भएका
छन् । यता समाजका संरक्षक सन्दिप श्रेष्ठ भन्नुहुन्छ, व्यक्तिगत रकमबाट राहतसागै प्रभावित क्षेत्रमा युवाहरु समेत परिचालन गरेपछि घरमा टोकेसो शुरु भएको छ । घरमा खर्च छैन अब उतै गएर बस्नु भन्न थालेका छन् । तर मन मान्दैन । मानवीय संवेदननाले पनि यो विपत्तिमा केही नगरी बस्न सकिदैन श्रेष्ठले गुनासो गर्नुभयो ।
