कृषकलाई चुनावले छोएन

धरान । मंसिर ४गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यका लागि हुने निर्वाचन नजिकिदै जाँदा जताततै चुनावी गफ हुने गरेको छ । उमेद्वारहरु भने घरदैलोमा व्यस्त छन् । चियापसल, किराना पसल, होटल तथा विभिन्न सार्वजनिक स्थानमा चुनावी चर्चा हुने् गरेको छ । तर यस्ता वर्ग पनि छन् जसलाई चुनाव कहिले र को को उमेद्वार छन् भन्ने कुरा समेत थाहा छैन ।


धरान ४ दानाबारीका कृषक राजकुमार राईलाई प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति नै थाहा छैन । कृषि पेशा अंगाल्दै आउनु भएका उहाँले मंसिरमा चुनाव भन्ने सुनेको तर कस्तो चुनाव त्यो समेत थाहा नभएको बताउनुभयो । उहाले चासो राखेर पनि केही फाइदा नहुने बताउनुभयो । उहाँले कृषकलाई बजार चाहिएको छ, बाटो घाटोको सुविधा चाहिएकाृे छ, तर जितेर गएकाहरुले कसैले यस्ता कुरामा ध्यान नदिएको गुनासो पोख्नुभयो । उहाँले दलका नेताहरुले जितेर गएपछि कृषकले अन्य विकास नचाहेको तर कृषकको जीवन स्तर उकास्नने खालका ा तालिम प्रदान गरिदिएको भएमात्र पनि हुने बताउनु भयो । राजकुमारजस्तै सोही ठाउँका अर्का कृषक उमेश राईलाई पनि राजकुमार राईलाई जस्तै चुनावसम्बन्धी केही थाहा छैन, कस्तो चुनाव हो, चुनावमा को को उठेका छन्, कसलाई भोट हाल्नुपर्ने उनलाई केही थाहा छैन । उहाँले चुनाव कहिले हो क क(कस्लाई भोट हाल्नुपर्ने के यी दुई त प्रतिनिधिपात्र मात्र हुन यस्ता धेरैलाई आसन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनको विषयमा अनविज्ञ छन् । धरान उपमहानगरपालिका वडा नं. ४ मा पर्ने दानाबारी जो उपमहानगरपालिकाभित्र नै पर्छ, सुविधासम्पन्न उपमहानगरपालिकाभित्रका सर्वसाधारणले चुनावको विषयमा अनविज्ञता प्रकट गर्छन । अझ ग्रामीण क्षेत्र बस्ने सर्वसाधारणलाई चुनावबारे केही थाहा छैन । धरान ४ दानाबारी लगायत आसपासका क्षेत्र कृषि पकेट क्षेत्र हो । यस क्षेत्रमा उब्जाएको सब्जी, फलफूल कृषकहरुले विक्रीका लागि धरान बजार ल्याउने गरेका छन । तर यस क्षेत्रमा धेरै कृषिजन्य सामाग्री उत्पादन भए पनिबाटोघाटो, बजारको व्यवस्था नभएको बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया