धरान १४ द्वारा निशुल्क स्वास्थ्य शिविर

धरान । गाउँ गाउँमा सिंहदरबार भएको महसुस पछिल्लो समय संघीयता कायम भएपछिको स्थानीय सरकारबाट स्थानीय बासिन्दाले महसुस गरेका छन् । स्थानीयबासीलाई स्वास्थ्यको पहँुच पु¥याउन स्थानीय सरकारले वडा वडामै आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरेर त्यहाँका जनतालाई सेवा दिएपछि उनीहरुले यस्तो महसुस गरेका छन् ।
प्छिल्लो समय धरान उपमहानगर पालिका वडा नं. १४ ले लिओ क्लब अफ घोपासँग सहकार्य गरेर वडामा  रहेका बालबालिका, ज्येष्ठ नागरिकलाई आधारभूत स्वाथ्य केन्द्रमा निःशुल्क स्वास्थ्य सेवासँगै औषधिसमेत वितरण गरेको छ । स्वास्थ्य सँगै सामाजक कार्यमा सक्रिय लिओ क्लब अफ घोपाले धरान १४ का सर्वसाधारणलाई स्वास्थ्यको पहुँच पुगोस् भन्ने उद्देश्यले १४ नं. वडासँग समन्य गरेर निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको लिओ क्लब अफ घोपाकी अध्यक्ष आयुष्मा केसीले बताउनुभयो । शिविरमा उच्च रक्तचाप मधुमेह, पाठेघर लगायतका १ सय २० जनाको उपचारसँगै निःशुल्क स्वास्थ्य चेकजाँच गरिएको थियो ।


आधारभूत स्वास्थ्य केन्द्र स्थापनापछि वडाले वडाबासीको स्वास्थ्य चेकचाक नियमित गर्दै आएको धरान १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताउनुभयो । उहाँले स्वास्थ्यको पहुच नपुगेका, लाजका कारण अस्पतालसम्म पुग्न नपाएकाहरुलाई लक्षित गरी स्वास्थ्य शिविर आयोजना गरिएको बताउनुभयो ।
वडा नं. १४ ले लकडाउनका समयमा आफ्नै सक्रितामा घर घरमै गएर दीर्घरोगीको औषधि पु¥याउनेदेखि लिएर विभिन्न सामाजिक संघ संस्थासँग सहकार्य गरेर महिनाको एक दिन स्वास्थ्य शिविरको आयोजना गर्दैै आइरहेको छ ।
त्र

तपाईको प्रतिक्रिया