धरान । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उमेद्वाहरुले प्रचारप्रसारलाई तिब्रता दिएका छन् । उनीहरुले पत्रकार सम्मेलन गरी प्रतिबद्धता सार्वजनिक गर्नेदेखि लिएर घरदैलो कार्यक्रमलाई समेत तिब्रता दिएका हुन् । दुई दिन अगाडि नेकपा एमाले र जसपाको गठबन्धनले धरान ९ डिूमल्याण्ड होटलमा प्रतिबद्धतापत्र सार्वजनिकसँगै सञ्चारकर्मीहरुको सुझाव संकलन गर्ने कार्यक्रम गरे लगत्तै सत्ता गठबन्धनमा रहेका उमेद्वारहरुले धरान १५ को धरान किचनमा प्रतिबद्धता सार्वजनिकसँगै घरदैलोलाई समेत बित्रबा दिएको हो ।
प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा बोल्दै प्रदेश १ (१) बाट प्रदेशसभा सदस्यको उमेद्वार बनेका नेपाली काँग्रेसका प्रदेश महामन्त्री उमेश थापाले यस क्षेत्रको समग्र विकासका लागि प्रतिवद्धतामा उल्लेख गरेका कुरालाई इमन्दारीपूर्वक निर्वाह गर्ने बताउनुभयो । प्रदेश १ बाट संघीय सांसदको रुपमा उमेद्वारी दिनुभएका नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य मुक्साहाङ मेन्याङबोले संविधानको रक्षार्थ पनि यस पटक जनताले सत्ता गठबन्धनलाई जिताउने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस क्षेत्रको शिक्षा, पर्यटन, स्वास्थ्य जस्ता कुराहरुको प्राथमिकताका आधारमा क्रमिक रुपमा विकास गर्दै जाने बताउनुभयो । निर्वाचन आयोगले कार्तिक १७ गतेबाट प्रचारप्रसार गने सेड्युल बनाए अनुसार अहिले दलहरु आफ्नो पक्षमा मतदातालाई प्रभावित बनाउन घर दैलोलाई तिब्रता दिएको छ । नेकपा एमाले तथा जसपाले ले धरान ६ पानबारीलाई घरदैलोलाई केन्द्रीत बनाउँदा शुक्रबार सत्ता गठबन्धनका उमेद्वारहरुलाई धरान १५ निराजन बस्ती र शनिवार धरान ८ मा घरदैलोमा व्यस्त रहेका थिए ।

