धरान । पुरानातथा ठूला दलले मुलुकमा केहीगर्न नसकेको भन्दै त्यसको विकल्पमानयानया पार्टी खुले, धेरै स्वतन्त्रउमेद्वार बने तर गठन भएको नयाँ पार्टीमा समेत निर्वाचन अघि नै घात प्रतिघात हुन थालेका छन् । मुलुकको समृद्धिलाई प्राथमिकतामा राखेर सञ्चारकर्मी रवि लामिछानेले असार ७गते राष्टिूय स्वतन्त्र पार्टी खोल्नुभयो । सञ्चार क्षेत्रबाट उहाँले गरेको योगदानलाई सबैले मनन गरेर उहालाई धेरैले साथदिए । आगामीमंसिर ४ गते हुने प्रदेश र संघको निर्वाचनमा यो पार्टीले पनिउमेद्वारी दिएको छ । घण्टी चुनाव चिन्ह लिएर चुनावी मैदानमाउत्रिएको यो पार्टीका उमेद्वारले पार्टीको एजेण्डा सार्वजनिक गरिरहदा केहीले भने धरानमा पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

प्रदेश नं. १ बाट पार्टीकातर्फबाट सरिन तामाड इजरायलमा बस्दा त्यहा रहेका चेलीको उद्धार गरेको आधारमा लामिछानेले सरिनलाई उमेद्वार बनाउनु भएको हो । उहाँले सार्वजनिक गरेको चुनावीएजेन्डामा देशको आर्थिक समृद्धि, शिक्षाकातथा स्वास्थ्यको पहुच, नेपालमै रोजगारीको व्यवस्था, व्याप्त लागू औषधओसारपासरलाई नियन्त्रण लगायतका एजेन्डा प्रस्तुत गर्नुभयो । उहाँले एजेन्डा प्रस्तुत गरेको भोलिपल्ट पार्टीबाट असन्तुष्टहरुले पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको घोषणा गरे । उनीहरुले अहिले नै पार्टीले विधानविपरीत काम गरेको, नातावाद, कृपावादमा चुर्लुम्म डुबेको, पार्टीको मार्ग निर्देशक सिद्धान्त, आदर्श, उद्देश्यलाई एकातिर राखेर अहिलेदेखि नै अपारदर्शिता, आर्थिक अनियमितता देखिएकोले पार्टीको जिम्मेवारमा नरहने गरी परित्याग गरेको पार्टीका प्रदेश कमिटी सदस्य सञ्जिव भट्टराई र सुनसरी जिल्ला सचिव प्रेमप्रसाद तिम्सिना बताउछन् । लोकतन्त्र स्थापनापछि दलहरुसँग नेपालीजनताले ठूलो अपेक्षा राखेका थिए । तर उनीहरुले जनताको अपेक्षाकृत कामगर्न नसकेपछि नयाँ पार्टी विकल्पको रुपमाआएको थियो । भर्खर जन्मेका पार्टीहरुमा पनि विगतमा दलमा भएका समस्या देखिन थालेपछि नयाँ पार्टीमा पनि नेपाली जनताको आशा र भरोसा हराइसकेको छ । जनताहरु अहिले भन्नथालेका छन्‘ जुनै जोगी आए पनि कानै चिरेको’ कसैले केही गर्दैन ।
