पश्चिम बंगालकी मुख्यमन्त्री बेनर्जीद्वारा ३५ ट्रक राहत सामाग्री प्रदान

कााकडभिट्टा/भारतको पश्चिम बगालकी मुख्यमन्त्री ममता वेनर्जी सोमबार नेपालको पूर्वी नाका कााकडभिट्टा भन्सारमा आयोजित एक कार्यक्रममा निक्कै भावुक देखिन्थिन् । घरी उनी कलकत्ताबाट आफूसागै आएकाहरुसाग बडो शान्त स्वभावमा केही गफ गर्थिन् भने घरि कार्यक्रमका बीच एउटै मञ्चमा आसिन नेपालका सहरी विकास मन्त्री नारायण खड्कासंग केही बुझेझै गर्थिन् ।
उनको यो अशान्तको प्रमुख कारण त त्यसबेला सबैले बुझे जब उनले हालै नेपालमा आएको विनासकारी भुकम्प पीडितका लागि ३५ वटा ट्रकमा ल्याइएका सामान सहरी विकास मन्त्री नारायण खड्कालाई हस्तान्तरण गरिन् । वैसाख १२ गते शनिवार नेपालमा आएको ७.९ रेक्टर स्केलको भुकम्पमा परी हजारौ सर्वसाधारणले ज्यान गुमाएको, लाखौ घाइते भएको अनि लाखौ घर ध्वस्त भएको समाचारले पश्चिम बंगालकी मुख्यमन्त्री बेनर्जीलाई समेत बेचैनी बनायो ।
अझ पीडित परिवारले ओत लाग्नका लागि त्रिपालसम्म नपाएको, खाद्यान्न, औषधोपचार नपाएको समाचार उनले सुनिन् त्यसपछि पीडितहरुका लागि यिनै बन्दोबस्ती मिलाउन उनी जुटिन । उनले नेपालका भुकम्प पीडितका लागि एक लाख थान पाल र अन्य राहतका सामाग्री सहरी विकास मन्त्री नारायण खड्कालाई हस्तान्तरण गर्दै भनिन् म लगायत सिंगो भारत र पश्चिम बंगालका आम जनता नेपालका दाजुभाइ तथा दिदीबहिनीहरुको दु:खमा साथ छौं । नेपालीहरुले पाएको दु:खले हामीलाई मर्माहत बनाएको छ । भगवान पशुपतिनाथले उनीहरुको दु:ख चाडै हरण गरिदिऊन्, उनले कामना गरिन् ।
मुख्य मन्त्री वेनर्जीले उपलब्ध गराएका ३५ वटा ट्रकमा एक लाख थान पाल, कम्बल, सुख्खा खानेकुरा आदि रहेका छन् । ती ३५ ट्रक राहत सामाग्री मेची पुलबाट हस्तान्तरण गरेकी थिइन् । उनले भनिन्, भुकम्पले पुर्‍याएको धनजनले आफूलाई मर्माहत बनाएको छ । तपाईहरुलाई के कस्ता सामान चाहिन्छ, हामीलाई सूचनामात्र दिनुहोस हामी तपाईहरुको आाशु पुछ्न हर समय तयार छौं । सो अवसरमा बोल्दै सहरी विकास मन्त्री नारायण खड्काले पीडितहरुलाई तत्काल आवश्यक पर्ने ठूलो परिणामको सामाग्री उपलब्ध गराएकोमा पश्चिम बंगाल सरकारलाई धन्यवाद दिनुभएको थियो । सरकार र नेपाली जनताका तर्फबाट म पश्चिम बंगाल सरकार र मुख्यमन्त्री वेनर्जीप्रति आभार व्यक्त गर्दछु, खड्काले भने । यहाा स्मरणीय कुरा के छ भने पश्चिम बंगाल सरकारबाट प्राप्त राहत सामाग्री प्रभावित क्षेत्रमा पुर्‍याई वितरण गर्ने जिम्मा नेपाली सेनालाई दिइएको छ । राहत सामाग्री बोकेको ३५ वटा ट्रक एक साथ नेपाल प्रवेश गराउदा झण्डै तीन घण्टा आवतजावतमा रोक लगाइएको थियो ।

तपाईको प्रतिक्रिया