धरान/नेपालको अत्यन्तै निकट र असल छिमेकी देशको रुपमा रहेको भारत सरकारले नेपालमा हालै गएको महाविनासकारी भुकम्पबाट प्रभावितहरुका लागि सबैभन्दा बढी उद्धार र राहत सामाग्री नेपाल पठाएको छ र पठाउने क्रम जारी छ ।
भारतको केन्द्र सरकार र राज्य सरकारबाट पठाइएका त्यस्ता राहत सामाग्रीबाट भुकम्पपीडितहरुले ठूलो
राहत महसुस गरेका छन् । भारतको केन्द्र सरकारले पठाएको राहत तथा उद्धार टोली प्राय: हवाई मार्ग हुादै आउने भए तापनि प्रान्तीय सरकारले पठाउने
राहत सामाग्री स्थलमार्गबाटै आउने
गरेको छ ।
आइतबार अर्थात मे ३ तारेखका दिन भारतको विहार राज्यले पठाएको १७ ट्रक राहत सामाग्री वीरगञ्जस्थित
भारतीय महावाणिज्य दूत अञ्जु रन्जनले बुझ्नु भएको थियो । सत्र ट्रक राहत सामाग्रीहरु मध्ये ८ ट्रक काठमाण्डौ र ९ ट्रक दोलखाका लागि पठाउनुभएको छ । भुकम्प प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि पठाइएका त्यस्ता राहत समाग्रीमा टेन्ट, ब्लांककेट, ड्राइ फुड, चामल, च्युरा, विस्कुट, मिनरल वाटर लगायतका
रहेका छन् । ती राहत सामाग्रीहरु
रेलमार्फत वीरगञ्जस्थित सुखा
बन्दरगाहमा शनिवार राति आइपुगेका थिए । पछिल्लो पटक पुन : त्यसैगरी आएका ७ ट्रक राहत सामाग्री मध्ये ३ ट्रक सिन्धुपाल्चौक, दुई ट्रक नुवाकोट, एक ट्रक धादिङ्ग र एक ट्रक रसुवा पठाइएको छ ।
यसका अलावा मेडिकल विशेषहरुको एउटा टोली समेत आइतबारै आएको थियो । वीरगञ्ज हुादै आएको उक्त मेडिकल टिम ४० जनाको रहेको छ । जसमा २६ जना उत्तर प्रदेश र १४ जना विहारका रहेका थिए । स्पेशल मेडिकल टिमसागै पारामेडिकल स्टाफ, एम्बुलेन्सहरु समेत सागै ल्याइएको थियो । वैसाख १५ गते अर्थात अप्रिल २८
तारेखका दिन आएका उक्त मेडिकल टिमले धादिङ्ग र गोरखाका भुकम्प पीडितहरुको उपचार गरेका थिए । औषधि सहित आएका मेडिकल टिमले गोर्खामा ९ सय २४ र धादिमा ९ सय जनाको उपचार गरेका थिए । यसैगरी विहारको प्रान्तीय सरकारले तीन करोड रुपैया बराबरको विद्युतीय सामाग्री नेपाललाई उपलब्ध गराएको छ । नेपालमा गएको भुकम्पका कारण अवरुद्ध विद्युतीय सेवा सुचारु गर्न विहारको इलेक्ट्रिक बोर्डले ती विद्युतीय सामाग्री उपलब्ध गराएको हो ।
विहार सरकारको इलेक्ट्रिक बोर्डले नेपाल विद्युत प्राधिकरणलाई ११ र १३ केभिएको ७४ थान ट्रान्सफर्मर, १५ हजार मिटर तार, एक हजार ३ सय थान इन्सुलेटर र त्यतिकै इन्सुलेटर पिन दिएको छ, विद्युतीय उपकरण लोड भएका १३ वटा ट्रक नेपाल आइपुगेका थिए । ट्रकमा तीन करोड २० लाख मूल्य बराबरको विद्युतीय उपकरण रहेको वीरगञ्जस्थित महावाणिज्य दुतावासकी महावाणिज्य दुत अञ्जु रन्जनले आफ्नो वेभसाइटमा उल्लेख गर्नुभएको छ । विद्युतीय
उपकरण लोड भएका ट्रकलाई भारत सरकार विदेशी मन्त्रालयका संयुक्त सचिव पुनित अग्रवाल हरियो झण्डा देखाई नेपाल प्रवेश गर्नुभएको थियो । नेपाल विद्युत प्राधिकरणलाई सहयोग गर्ने उद्देश्यले इलेक्ट्रिक बोर्ड विहारका चिफ इन्जिनियर एस.एस.पी. श्रीवास्तव नेतृत्वको प्राविधिक टोली समेत नेपाल आएको छ ।
