सस्कृति जोगाउँदै माता पञ्चकुमारी नृत्य

धरान । नेपाल साँस्कृतिक देश हो । हरेक जातजातिको आ आफ्नै संस्कृति छ । सबै सँस्कति नेपालीको साझा सँस्कृति बन्दै गएको छ । समग्रमा भन्नुपर्दा सँस्कृतिले नेपाललाई विविधतामा पनि एकता बनाएको छ । सबैले आ आफ्नो सँस्कृतिलाई सम्मान गरेको पाइएको छ ।


विगतमा काठमाण्डौ उपत्यकामा मात्र सीमित नेवारी सँस्कृति अहिले सबै ठाउँमा पुगेको छ । नेवारी समुदायको धार्मिक परम्परागत सँस्कृतिलाई धरानमा समेत नेवारी समुदायले निरन्तरता दिदँै आएका छन् । उनीहरुका संस्कृति नियाल्न अन्य समुदायमा सर्वसाधारणको समेत उपस्थिति रहेको थियो । नेवार सांस्कृतिक उत्थान मञ्च सुनसरीले यस वर्ष पनि धरानमा माता पञ्चकुमारी नृत्यलाई निरन्तता दिएको छ । विगतमा धरानको मुटु मानिएको भानुचौकमा खुल्ला रुपमा देखाउदै आएको पञ्चकुमारी नृत्य दुई बर्ष कोरोना कहरका कारण हुन सकेको थिएन । तर यस बर्ष भने धरान ७ सिद्धी नेवा ः परिषद्को भवनमा यो नृत्यको आयोजना गरिएको हो । यो नृत्यमा महामन्जुश्री, कौमारी, काली, भैरव र बज्रयोगिनी माताको रूपमा यो नृत्य देखाइने गरिएको छ । धिमे बजा बजाएर कार्यक्रमको शुरुवात गरिएको थियो । सो अवसरमा बोल्दै धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाले इतिहासमा राज्यले सबै भन्दा बढी दमन गरेको जाति नेवार समुदाय भएको बताउनुभयो । धार्मिक, साँस्कृतिक, सामुदायिक हिसाबले दमन गरेको उहाँको भनाई थियो । त्यसका बाबजुद पनि नेवारी समुदायले धार्मिक, साँस्कृतिक परम्परालाई निरन्तता दिँदै आएकोे बताउनुभयो । नेवार साँस्कृतिक उत्थान मञ्च सुनसरीका सल्लाहकार बसन्त श्रेष्ठले विश्वव्यापी कोरोना कहरका कारण यसरी खुलेर पञ्चकुमारी नृत्य गर्न नपाएको बताउनुभयो । उहाँले यो पर्व कोरोनाका कारण मनाउन नसकिएको तीतो अनुभव सुनाउनुभयो । कार्यक्रममा नेवार जातिको राष्ट्रिय गीत ‘खिउ चाः’ मा कलाकारहरूले आकर्षक नृत्य प्रस्तुत गरिएको थियो । पञ्चकुमारी नृत्य विशेष गरेर हावा, पानी, आकाश, सूर्य र पृथ्वीबिना मानव जीवनको परिकल्पना गर्न नसकिने हुँदा पञ्च तत्वको शक्तिको सम्झनामा यो पर्व मानिने गरिएको छ ।

तपाईको प्रतिक्रिया