सुनसरी । नवौँ राष्टिूय खेलकुद प्रतियोगिताको लागि प्रदेश एकमा भएको उसु खेलको खेलाडी छनौट प्रतियोगिताको च्याम्पियन सुनसरी भएको छ । इटहरी रंगशालाको कभर्डहलमा ३ दिनसम्म चलेको छनौट प्रतियोगिताबाट सुनसरीले पाँच वटा स्वर्ण पदक जित्दै च्याम्पियन बनेको हो ।

छनौट प्रतियोगितामा ६० केजी तौल समुहमा इलामकी अर्चना लिम्बुले स्वर्ण पदक जितेकी छन् भने भोजपुरकी स्मृति प्रधानले रजत पदक जितेकी छन् भने कास्यम सुनसरीकी सदिक्षा राई र संखुवासभाकी लजिता शेपाले जितेका छन् ् । यस्तै ६५ केजी तौल समुहको प्रतिस्पर्धामा संखुवासभाकी प्रमिला विकले स्वर्ण जितेकी छन् भने झापाकी दिपा कुमारी गणेशले रजत पदक जितेकी छन् । यस्तै गरी सुनसरीकी स्मारिका खवास र इलामकी रिता कट्वालले कास्य पदक जित्न सफल भएका छन् । यता ७० केजी महिला समुहको प्रतिस्पर्धामा सुनसरीकी दुर्गा ठकुरीले स्वर्ण जितेकी छन् भने मोरगंकी सम्झना राईले रजत र कासयमा पाँचथरकी मनिशा नेम्बाङ्ग र इलामकी मनिता नुगो आएका छन् । यता ७५ केजी पुरुष तर्फको प्रतिस्पर्धामा मोरगंका अमित लोकान्दिले स्वर्ण जितेका छन् भने झापाका करण राजवंशीले रजत र कास्यमा भोजपुरका लक्ष्मी प्रसाद तामाङ्ग र धनकुटाका आसमान राई छन् । ४५ केजी तौल समूहको महिला तर्फको प्रतियोगितामा संखुवासभाकी धनकुमारी राईले स्वर्ण, मोरगंकी राजलकु राजवंशीले रजत र पाँचथरका अमिता लिम्बु र झापाका उनिता राईले कास्य पदक जित्न सफल भएका छन् । ५२ केजी तौल समुहको महिला तर्फको प्रतियोगितामा सुनसरीकी टिका थापा मगरले स्वर्ण, भोजपुरकी शुलाबुङ्ग राईले रजत र उदयपुरकी रेश्मा राई र मोरगंकी पुस्पा कुमारी चौधरीले कास्य पदक जितेका छन् । यता ५६ केजी महिला तर्फको प्रतियोगितामा ५६ केजी तौल समुहतर्फ सुनसरीकी प्रेरणा ठाकुरले स्वर्ण, संखुवासभाकी मातृका कुलुङ्गले रजत र उदयपुरकी एलिना राना मगर र झापाकी कन्चन खवासले कास्य जितेका छन् । ६० केजी तौल समूहतर्फ पुरुष प्रतियोगितामा सुनसरीका रोहीत लिम्बुले स्वर्ण पदक जितेका छन् भने मोरङ्गका रेहन आजादले रजत र संखुवासभाका सन्देश राई र पाँचथरका रितु तुम्बाहाम्फेले कास्य पदक जितेका छन् ।
६५ केजी तौल समुहमा भोजपुरकी बिजय रसाइलीले स्वर्ण, झापाका सुमन मेचेले रजत तथा संखुवासभाका ताराराज राई र सुनसरीका किरण राईले कास्य पदक जिते । यस्तै ६० केजी तौल समुहको पुरुष प्रतियोगितामा मोरङ्गका दिपक कुमार पासवानले स्वर्ण जितेका छन् । यस्तै झापाका रोशन गुरुङ्गले रजत र उदयपुरका अर्जुन विक र धनकुटाका आर्मल तेपुङ्गले कास्य पदक पाएका छन् । पुरुष ४८ केजी तौल समुहमा संखुवासभाका गणेश लिम्बुले स्वर्ण, मोरङ्गका पारस मरिकले रजत र भोजपुरका श्याम राज ्रराई र सुनसरीका सविर सिहं थाक्लेले कास्य पदक पाएका छन् यता ५६ केजी पुरुषको प्रतिस्पधौमा सुनसरीका प्रज्वल राईले स्वर्ण, संखुवासभाका फुर्काली शेर्पाले रजत र भोजपुरका सन्जय राईले र झापाका अजित मेचेले कास्य जितेका छन् । पुरुष ८० केजी तौल समुहमा मोरङ्गका उपेन्द्र मारिकले स्वर्ण, धनकुटाका हेमराज विश्वकर्माले रजत र संखुवासभाका प्रकाश तामाङ्गले कास्य पदक जिते भने ८५ केजी तौल समुहमा सुनसरीका रोचन श्रेष्ठले स्वर्ण, संखुवासभाका विरवल राईले
रजत र धनकुटाका रिजन श्रेष्ठले कास्य पदक जित्न सफल भएका छन् । प्रदेश एकको ११ वटा जिल्लाका खेलाडी सहभागि भएको प्रदेश स्तरिय प्रतियोगितामा छनौट भएका खेलाडी गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेशको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नेछन् । विभिन्न मेडल प्राप्त गर्ने खेलाडीलाई शुक्रबारै एक कार्यक्रमका प्रदेश खेलकुद विकास बोर्ड प्रदेश नम्बर एकका सदस्य रितेश श्रेष्ठ लगायत अतिथीहरुले मेडल तथा प्रमाणपत्र प्रदान
गरेका थिए ।
