नेता बन्नेहरुको दौडधूप
यतिबेला देशैभरिका केही व्यक्तिहरुले नेता बन्ने परीक्षा दिन काठमाण्डौको वाल्वाटार, भैसेपार्टी, कोटेश्वर, बालबोटतिर चक्कर लगाइरहेका छन् । धुत्याई, फटाई, लुटपाट, ठगी गरेर जीविकोपार्जन गर्न पोख्त हुनेहरु नेपालमा नेतामा पास हुन्छन् । यी योग्यता भए मंसिर ४ गतेको टिकट पक्का । काम गरिखानको दुःखले उनीहरु आफ्ना यी योग्यता भँजाउन ती ठाउँमा विहानैदेखि रÏफु चक्कर लगाएर कसैले सिनेमा हलको टिकट पाए रे, कसैले बसको टिकट ल्याए रे, कसैले हाइसको टिकट ल्याए रे, कसैलेचाहिँ पिलेनको टिकट लेर आएका छन् रे । पिलेनको टिकट ल्याउनेचाहिँ योग्याता पुग्या हुन् रे । पढीलेखी कुनै काम नेता बनी खायो माम । जे होस् नेता बन्ने योग्यता यस पटक धेरैमा देखियो । गनतन्त्र आएसी देश अरु सबै कुरामा उत्तानो परे पनि नेता उत्पादनमा चाहिँ विश्व किर्तिमान नै बनाउन सफल भा’छ कि कसो हौ ?

चोलेन्द्रले डामेका ह्वा·ै
पर्धानन्यायाधीश चोलेन्द्र शमशेर जबरा भन्या चोलेन्द्र नै हुन् । आफै महाअभियोग लगाउने अनि आफै महाअभियोग सिफारिस समितिमा बसेर चालेन्द्रलाई हायलकायल बनाउनेहरु यतिबेला सर्वाङ्ग भएका छन् । एकजना कामी त बडो उफ्री उफ्री बोल्दै थिए । चोलेन्द्रले पिँधमा पुल्ठो झोसिदिएपछि तिनको अपान वायु नै बन्द भएछ । चालेन्द्रलाई प्रश्न सोध्ने औँठा छापहरु कुन हैसियतमा समितिका बस्या होलान् ? आफूले भने अनुसारको नगर्दा चोलेन्द्रलाई महाअभियोग लगाउनेहरु चुनावका बेला राम्रैसँग नाँगिएका छन् । अब निर्वाचनमा कुन थुतुनो लिएर चुनाउमा जाँदा हुन् ? अर्का एकजना हुक्के भन्दै थिए वाफ रे वाफ चालेन्द्रको सम्पति कति हौ, राणा परिवारका १० पुस्तादेखिको पैतृक सम्पतिमा आँखा लगाउने ती डांग्रा को हुन् ? जे होस् पाँच दलीय गठबन्धनका
लुटेराहरुको चोलेन्द्रले लगौटी समेत खोल्दिएका छन् । बधाई छ चोलेन्द्रलाई ।
राम्रो हु“दैन देखाइदिन्छौं
स्यालबहादुरले काँँधमा बोकेर हिडेको एउटा Ïयाउरो हिजोआज निक्कै कुर्लन थाल्या छ । मंसिर ४ गतेपछि शिव हुने छनक पाएसपी’ ती Ïयाउरोका कुर्लाई जोडतोडले हुने गरेको छ । जहिल्यै नि अर्काको काँधमा चढेर छाली खाने बानी परेको त्यो Ïयाउराले अस्तिका दिन भन्या चार गतेपछि मैले चुनाव हारे भने राम्रो हुँदैन, देखाइ दिन्छौं । हामीले चुनाउ हारे गनतन्त्र धरापमा पर्छ, संघीयता रहँदैन । हैन हौ ती Ïयाउराले धम्की देर जन्ताले तिन्लाई चुनाउमा जिताइदिनु पर्ने हो ? तिन्ले जन्तालाई के देखाउँछन् ? गनतन्त्र, सघीयताले जन्तालाई भुत्रो दिएका छ ? ठगहरुलाई पाल्न बनाएको संघीयता खारेज हुनु पर्ने चर्को आवाज उठिरहेकै छ । अब ती Ïयाउराको धमासले काही तर्सने, हच्किनेवाला छैनन् । चेतना भया, कि कसो हौ ?
काठमाण्डौ छाड्ने रे
नेकपा एसका स्वघोषित अध्यक्ष माकुनेले अब काठमाण्डौ छाड्ने रे । कहाँ जलान त माकुने ? हुन त खप्परा जे लेख्या छ त्यही पुग्ने त हुन् । मंसिर ४ गतेपछि विचार पूरै हराउने निश्चित भएसी अहिलेदेखि नै रिहर्सल गर्न थाल्या होलान् । झालेमालेका कार्जेकर्ता चोरचार गरेर तिनैका थोपडा देखाएर गठबन्धनका नाममा बार्गनिङ्ग गर्दै गुजारा चलाउँदै आएका माकुनेको हरिविजोग नै हुने भयो । आफ्नै जिल्ला गौरतिर जाम भने गैसक्नु छैन । यसभन्दा अगाडि विचरालाई भ्याकुरो खेदेझै खेदाएका थिए । धन्न त्यसबेला प्रहरीले जोगाइ द्या थियो । आखिरी माकुने जाने भनेकै चर्र्चतिर हो । अन्त त साह«ै जालान् जस्तो छैन ।
भैंसी पुज्नेले…..
विनाश काले विपरीत बुद्धि । हाम्रा बाबुबाजेले त्यसै भनेका होइनन् । अब हेरम न अस्तिका दिन प्रचण्डाउले देशैभरिका मठ मन्दिरमा भएका देवताका प्रतीक ढुंगा पुज्नु हुँदैन भनेर भाषन ठोकेछन् । क्रान्तिका नाममा देशैभरिका मठ मन्दिर भत्काउने, पण्डितको हत्या गर्ने, टुप्पी काट्नेको बुद्धिले जति भ्यायो त्यति बोलेछन् । भैंसी पूजा गर्ने बुद्धि भएकाले अर्थोक के बोलुन ? यस्ता भैंसी पूजा गर्नेहरुले देश चलाएसी’ बातै खलास । थुतुनो र खै के जाति धेरै चलाउनु हुँदैन भन्ने कुराको ज्ञान ती भैसी पुजकलाई कस्ले दिने ?
चिलिम भइन्छ रे
आयाराम गयाराम नेताको अन्तर्राष्ट्रिय छवि बनाएका बाउराम बाजेको हिजोआज सपना बिग्रन थाल्या छ रे । उन्ले अस्तिका दिन भन्या दलका ठूला ठूला नेताहरु जम्मै चुनाव हार्दैछन् रे । उन्ले आफै पनि चिप्लिने सपना देखेछन् । विगतमा अरुको काँधमा बसेर चुनाव जित्या थिए । विचरालाई यसपालि कसैले नि नबोक्ने भएछन् । हुन त ठँसठँस्ती गन्हाएका सिनो बोकेर जो हिँड्छ त्यसले चिप्लेटी खेल्ने निश्चित छ । मुद्धा फिर्ताको निर्णय परमादेशी सरकारले हिँड्ने बेलामा बडो गज्जबको निर्णय गरेछ । टिकापुरमा डेड बर्षीय बालकसहित प्रहरीका एसपीसँगै १२ जनाको हत्या गर्ने हत्यारा विरुद्धको मुद्धा फिर्ता लिने निर्णय गरेछ । हुन त जाबो १२ जनाको हत्या गर्नेको मुद्दा फिर्ता लिँदा के आश्चर्य मान्नु ? १७ हजार सिध्याउनेलाई बाल्वाटारे स्यालबहादुरले शिरमा राखेर हिँड्या छन् । जाबो १२ जना ।
अन्तेमा
काठमाण्डौ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सरकारी सम्पत्ति दोहन गर्नेहरुको यतिबेला धुलो काढेका छन् । राजनैतिक पहुँचको ध्वाँस पिटेर अवैध धन्दा चलाउनेहरु यतिबेला तिल्मिलाएका छन् । एकजना काँग्रेसक नेताले अवैध चलाएको रेष्टुरेन्टमा त सामान हुइँक्याइदिएर ताला लगाइ दिएछन् । पर्धानमन्त्रीको स्वकीय सचिवसम्म भएका मान्छे रे ती । न घरधनीलाई भाडा तिर्दा रान, न सक्कली रेष्टुरेन्ट चलाका रान । बालेन्द्रले ताला लगाएर हिडेपछि तिन्ले आफ्ना स्याल जत्थाहरु भेला गरेर ताला फोडे रे । दशा भन्ने कुरा बाजा बजाएर आउँदैन । अब तिन्लाई साढे सातिकै दशका लाग्ने भयो । तिन्का राजनीतिक पहुँचले बालेन्द्रको बाल पनि हल्लाउन सक्दैन । कि कसो हौ, झोलेहरु ?
