आन्तरिक राजस्व कार्यालय धरान सक्रिय

धरान । आन्तरिक राजस्व कार्यालय धरानले स्थानीय तथा अन्य निकायबाट कुनै प्रकारको व्यवसायिक प्रमाणपत्र नलिई करोडौको व्यापार गर्दै आएका व्यवसायीहरुलाई करको दायरामा ल्याउने कार्य प्रारम्भ गरेको छ । आन्तरिक राजस्व कार्यालय धरानका कार्यालय प्रमुख गोविन्द प्रसाद आचार्यको सक्रियतामा भाद्र १६ गते एकैदिन ३५ जना त्यस्ता व्यवसायीहरुलाई करको दायरामा आउन पत्राचार गरेको थियो । आन्तरिक राजस्व कार्यालय धरानका कर अधिकृत, सुनसरी उद्योग वाणिज्य संघ र धरान उपमहानगरपालिकाका प्रतिनिधि सम्मिलित टोलीले धरान उपमहानगरपालिका वडा नं. २ स्थित ठूला सब्जी व्यवसायी र अन्य व्यवसायीका पसल अनुगमन पश्चात पानमा दर्ता हुन पत्राचार गरेको हो ।


अनुगमनको क्रम निरन्तर  रहन्छ, कार्यालय प्रमुख आचार्यले भन्नुभयो । संयुक्त टोलीको अनुगमनपश्चात पान नम्बर लिन पत्राचार गरिएको उहाँले बताउनुभयो । अनुगमन टोलीले करोबार स्थलमा आन्तरिक राजस्व कार्यालय धरानको कर अधिकृत सहितको बजार अनुगमन टोलीले अनुगमन तथा  निरीक्षण गर्दा कैफियत देखिएकोले आवश्यक कागजात सम्बन्धित निकायमा दर्ता भएको व्यवसाय प्रमाणपत्र, नेपाली नागरिकताको प्रतिलिपी, व्यवसाय गरेको स्थानको जग्गा दर्ता प्रमाणपूर्जा, आफ्नै स्वामित्वको भए वा घरबहालमा लिई सञ्चालन गरेको भए घरबहाल सम्झौतापत्र, वायोमेट्रिक प्रयोजनको लागि सम्बन्धित व्यक्ति स्वयम् आन्तरिक राजस्व कार्यालयमा उपस्थितिका लागि पत्राचार गरेको थियो ।
अन्यथा आयकर ऐन २०५८ को दफा ७८ (५) बमोजिम स्थायी लेखा नम्बर नलिएको कारणबाट कुनै व्यक्तिले करको दायित्वबाट फुर्सद नपाउने समेत जनाइएको छ । त्यसरी पत्राचार गरिएकाहरुमा धरान २ का घनश्याम पण्डित, नरेन्द्र चौधरी, दिपक चौधरी, निशान श्रेष्ठ (वडा नं. ८), जयकुमार साह, धरान १६ का बेलेन्द्र राई, सौकुमार राई, विनोद चौधरी, सुनिल चौधरी, चन्द्रकला अधिकारी, ओम चौधरी, प्रकाश राई÷मालती राई, जनक राई, सन्तमाया विश्वकर्मा, भक्तबहादुर राई,, प्रशान्त जैसवाल, अभिषेक गुप्ता, शान्ता राई, जयप्रकाश चौधरी, धरान १३ का गायत्री कार्की, विनोद चौधरी, पञ्चानन्दकुमार जैसवाल, भीमशंकर चौधरी, मन्सीधर चौधरी, नन्दकिशोर साह, धरान ९ का मुन्नी भगत, सञ्जय चौधरी, शिव पण्डित, श्रीराम चौधरी, मनोज चौधरी, तुलसी चौधरी, जोगिन्द्र चौधरी र पुष्पसाह रहेका छन् ।

तपाईको प्रतिक्रिया