धरान/नेपाल आदिवासी जनजाति महासंघ धरान नगर समन्वय परिषद्को दोस्रो नगर अधिवेशन शनिवार सम्पन्न भएको छ ।
अधिवेशनले चित्रराज थापा मगरको अध्यक्षतामा १० सदस्यीय कार्य समिति चयन गरेको छ । नगर समन्वय
परिषद्को उपाध्यक्षमा रामबहादुर तामाङ्ग योन्जन, सचिवमा सन्तकुमार राई, सह सचिवमा नैनकला याक्खा, कोषाध्यक्षमा एसा सुनुवार निर्वाचित हुनुभएको छ । यसैगरी सदस्यहरुमा सुभाष हुक्पाचोङ्गवाङ्ग, अर्जुन भुजेल, जुनु माझी, दावा सेर्पा र मिङमा लुचा निर्वाचत हुनुभएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ पूर्वाञ्चल क्षेत्रीय समन्वय
परिषद्का संयोजक सुजेन्द्र गोलेको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा
धरान नगरपालिकाका सचिव भोजराज खतिवडा, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ धरानकी अध्यक्ष
रमला तामाङ्ग, निर्वाचन समितिका संयोजक सदर राईले निर्वाचित पदाधिकारीहरुलाई बधाई दिनुभएको थियो । अधिवेशनमा सचिव मनिष खड्गीले प्रगति प्रतिवेदन र कल्पना शेर्पाले आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।
