के हुन्छ सेक्स दुव्र्यसनीको दिमागमा ?

सेक्सको लत लागेका मानिसहरुको दिमाग लागुऔषधका दुव्र्यसनीको जस्तै हुने एक अध्ययनले देखाएको छ । क्याम्ब्रिज विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले अश्लिल भिडियो हेर्ने बानी लागेका १९ मानिसको दिमागको अध्ययनबाट यो कुरा पत्ता लगाएका
हुन् ।
अनुसन्धानकर्ताका अनुसार लागुऔषध दुव्र्यसनीहरुले आफूले मन
पराएको लागुऔषध देख्दा दिमागको जुन भाग सक्रिय हुन्छ, अश्लिल भिडियो हेर्नेहरुको पनि सोही भाग सक्रिय हुन्छ । यसैगरी, सेक्सको विचारबाट प्रभावित मानिसहरु र सामान्य स्वस्थ मानिसको दिमागको तुलना पनि गरिएको थियो ।
अनुसन्धानमा सहभागी क्याम्ब्रिज विश्वविद्यालयकी डाक्टर भ्यालोरी भुनले भनिन्, ‘सेक्सको लतबारेको यो पहिलो अध्ययन हो, तर, अनुसन्धानबाट प्राप्त नतिजाकै आधारमा सेक्स लत नै हो भनेर स्पष्ट रुपमा भन्न सकिदैंन ।’ जति कम उमेरमा मानिस लागुऔषधको सम्पर्कमा आउछ, उति नै बढी यसको लत लाग्ने सम्भावना हुन्छ । अनुसन्धानकर्ताका अनुसार अहिले इन्टरनेटमा चौबिसै घण्टा अश्लिल सामाग्री उपलब्ध हुने भएकाले मानिस सेक्सको लतमा सानै उमेरमा पर्ने सम्भावना बढ्दै गएको छ ।
एशोसियसन फर ट्िरटमेन्ट अफ सेक्स एडिक्सन एण्ड कम्पल्सिभिटिकी जुडी हल भन्छिन्, ‘इन्टरनेटमा उपलब्ध पोर्न सामाग्रीमाथि कैयौं युवाहरुले आफ्नो उर्जा खर्च गरिरहेका छन् ।’ तर, अध्ययन पूर्ण नभएकाले यस्ता मानिसलाई सेक्सको दुव्र्यसनी भन्नु विवादित हुने उनको भनाई छ ।  बिबिसि

तपाईको प्रतिक्रिया