प्रदेश र संघका सम्भावित उमेद्वारहरु

धरान । आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा सुनसरी क्षेत्र नं. १ को संघ र प्रदेश तर्फ नेपाली काँग्रेसबाट उमेद्वारीका लागि एक दर्जन भन्दा बढी आकांक्षीहरु सिफारिस भएका छन् । प्रतिनिधिसभाको निर्वाचनमा सुनसरी क्षेत्र न. १ बाट प्रा.डा गोविन्द सुब्बाको सिफारिस हुनुभएको छ । पछिल्ला राजनैतिक घट्नाक्रमले प्रदेश नं.े १ को सुनसरी क्षेत्र नं. १ मा नेपाली काँग्रेस सांगठनिक रुपमा मजबुत देखिएको छ । प्रदेश प्रमुख समेत रहिसक्नु भएका सुब्बाले उमेद्वारी पाएमा अन्य दलले निर्वाचनमा पापड बेल्नु पर्ने धरानका राजनीतिक विश्लेषकहरुको धारणा छ । यद्यपि गठबन्धनको नाममा यस भन्दा अगाडि लज्जास्पद मत ल्याएर पराजित भएका जनता समाजवादी पार्टीका नेता अशोक राई, संगठनमा कुनै हैसियत नभएका नेकपा एकीकृत समाजवादीकातर्फबाट प्रदेश न. १ का मुख्यमन्त्री राजेन्द्र राई, माओवादीकातर्फबाट मुकेशको नाम समेत चर्चामा रहेको छ ।


उता नेपाली काँग्रेसका तर्फबाट प्रदेशसभा अन्तर्गत क्षेत्र नं. १ ‘क’ बाट नेपाली काँग्रेसका युवा नेता विनोद घिमिरे, क्षेत्रीय सभापति सुजेन्द्र तामाङ्ग, प्रदेश १ का महामन्त्री उमेश थापा, महिला नेतृ कृष्णकला मादेन, पूर्णबहादुर राईको नाम सिफारिसमा परेको छ भने ‘ख’ बाट नेपाली काँग्रेसका जिल्ला सचिव सुजेन्द्र तामाङ्ग, पूर्व नगर प्रमुख तिलक राई, जगतबहादुर कार्की, महिला नेतृ ममता तामाङ्गको नाम समेत सिफारिस भएको छ । यसैगरी प्रदेशसभा ‘ख’ बाट नेपाली काँग्रेसका पुराना नेता विश्वराज शर्मा समानुपातिकतर्फ बाट उमेद्वारका लागि सिफारिस हुनु भएको छ ।

तपाईको प्रतिक्रिया