धरानका एक युवासहित लागुऔषध कारोबारी ६ जना पक्राउ

मोरङ । मोरङको बिराटनगरबाट लागू औषधसहित ६ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी विरानटगरले  विराटनगरमहानगरपालिका –१४ बाट लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । शुक्रवार बेलुका लागुऔषध बिक्री बितरण भईरहेको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीले रामधुनी नगरपालिका–८ घर भई बिराटनगर–१४ मुण्डा पोखरी स्थितमा डेरा गरी बसेकी २७ बर्षीया सरस्वती गुरुङको कोठा खानतलासी गर्ने  गरेको थियो ।
खनतालसीको क्रममा १४ ग्राम ६१ मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजु सहित सिन्धुपाल्चोक चौताराका २६ बर्षीय बिकाश थापा, बिरानगर–१५ का २४ बर्षीय बरुण साह, बिराटनगर–३ का ३० बर्षीय आशिस हमाल, बिराटगर–१३ का ३० बर्षीय सुलभ रिजाल र धरान–२० का २३ बर्षीय रोशन लिम्वु प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्मानित मोरङ जिल्ला अदालतबाट लागुऔषध कसुरमा म्याद थप गरी अनुसन्धान  भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

तपाईको प्रतिक्रिया