उदयपुर । उदयपुरमा दुर्घटनामा परी मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । शनिवार भएको दुर्घटनामा मोटरसाइकलमा सवार श्रीमानको मृत्यु भएको हो भने श्रीमति घाइते भएकोा प्रहरीले जनाएको छ ।
इटहरीबाट गाईघाट तर्फ गइरहेको प्र १–०५००१ प ७४८५ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित हु“दा सवारी चालक उदयपुरको कटारी नगरपालिका ४ कान्छिबजार बस्ने २४ वर्षीय अभिषेक खड्काको मृत्यु भएको हो । मोटरसाइकलको पछाडि सवार २० वर्षीय संजिता बस्नेत घाइते भएकी छिन् । उनीहरू श्रीमान् श्रीमती रहेको प्रहरीले जनाएको छ । दुर्घटना दिउँसो करिब १ः१५ बजे मदन भण्डारी राजमार्गमा पर्ने चौदण्डीगढी नगरपालिका–१० खैराहामा दुर्घटना भएको प्रहरीले बताएको छ । दुर्घटनाबाट गम्भीर भएका दुवै जनालाई उपचारका लागि लाने क्रममा खड्काको बाटैमा मृत्यु भएको थियो । घाइते बस्नेतको हात र दुवै खुट्टामा चोट लागेको छ । उनको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चिकित्सकले मृत घोषणा गरेको थियोे । ठक्कर दिने टिफर र चालक इटहरी १ का राज कुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
