घण्टाघरबाट हेर्दा

चाकडीमा पिएचडी
चाकडीमा पिएचडी † वाफरे वाफ † मानिसले भाषामा पिएचडी ग¥या सुन्या हो, सँस्कृतिमा पिएचडी ग¥या सुन्या हो, धर्ममा पिएचडी ग¥या सुन्या हो, साहित्यमा पिएचडी ग¥या सुन्या हो, महान व्यक्तित्वको जीवनमा पिएचडी ग¥या सुन्या हो । तर चाकडीमा पिएचडी ग¥याचाहिँ विरल सुन्या होलन् । तर ग¥या रा’न । नेप्लिज लाँग्रेसका एकजना त्यस्ता मनुवा छन् जस्ले चाकडीमा पिएचडी ग¥या रान् । ती मनुवाले जेहोस् चाकडीमा पिएचडी गरेको धेरैलाई थाहा नहोला । पहिला पहिला काँग्रेसभित्र छिर्दा गिर्जाउको धुवाँधार चाकडी बजाए, गिर्जाउ मास्तिर लागेसी बुढानिलकण्ठे काजीको चाकडीमा कुनै कसर बाँकी राखेनन् । कजिनीको चाकडीमा पनि तिन्ले त्यतिकै मेहनत ग¥या छन् । कहिलेकाहीँ भावी प्रधानमन्तरी कजिनी भनेर पासा फाल्छन् । अस्तिका दिन त घरेलु मन्तरीको पनि चाकडीमा शब्द खर्च गरेछन् । बालेन साहले काठमाण्डौका भुईफुट्टाहरुको डोजर लगाएर अवैध संरचना भत्काएसी’ तिन्लाई खरो पल्टिएछ । तिनले फ्याट्ट बोलेछन्, बालेनलाई अवैध संरचना हँटाउने अधिकार छ भने घरेलु मन्तरीलाई नि बन्दुक पड्काउने अधिकार छ रे । जे होस् चाकडीमा पिएचडी गरेरै सांसद, केन्द्रीय सदस्य पड्काउन पाएसी चाकडी बजाउनु नराम्रो हुँदै होइन । यो त कला पो हो त । वात करता है ।


ढुंगे युग र डोजरे युग
यतिबेला नेपालमा ढुंगे युगका प्रवद्र्धक र डोजरे युगका प्रवर्तक बीचमा दोहोरी चल्न थाल्या छ । कम्ता आनन्दको दोहोरी छैन । नेप्लिज जन्नताले मजाले थपडी बजाई बजाई मनोरञ्जन लिन थाल्या छन् । कम्ता गज्जबको दोहोरी छैन । ढुंगे युगले धरानबाट भाका शुरु गर्छन् डोजरे युगले काठमाण्डौबाट जवाफ फर्काउँछन् । कहिलेकाहीँ डोजरे युगलाई दिक्दार लाग्दो रै’छ कि क्या हो ढुंगे युगको भाकामा डोजरे युग मौन बसिदिन्छन् । तर ढुंगे युग भन्या ढुगे युग नै हुन् । कडा चट्टानको न ठहरिए । डोजरे युगले जवाफ नदिए नि भाका हाल्या हाल्यै गर्छन, छोड्ने त नामै लिँदैनन् । जेहोस् दोहोरी गज्जबको छ ।
शेरखानहरु उत्तानो पर्ने संकेत
आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा आफूलाई शेरखान सम्झनेहरु सबै उत्तानो पर्ने संकेत देखिन थाल्या छ । ४६ सालदेखि २०६३ सालदेखि लैनौ भैँसीको दूध खाँदा खाँदै दुधै आउन छाडेपछि रगतै चुसेर ढाँडिएकाहरु उतानो पर्ने संकेत देखिएसी बडो चिन्तित हुन थाल्या छन् । जन्ताले बेकुर्नु भैसीको दूधसम्म नदिने छाँट देखाएका छन् । अब तिन्ले थारो भैसीको दूध दुहुने प्रयास गर्दैछन् । खै कुन्नि कति घिचेका त ? न एक्लै तंग्रिीएर हिँड्न सक्छन्, न तिनका बोली बुझिन्छ । यस्तो अवस्थामा त यसो धर्मकर्ममा चित्त लाग्नु नि । अहँ छैन । तिन्ले जति लाम्टी चुसेपनि देश नबन्ने भएसी जन्ताले तिन्लाई उत्तानो पार्ने भा’ हुन् ।
प्रदेशै बा“डफा“ड गरे भैगयो
चकडी जाए पर दमडी नजाए भनेझै जेसुकै होस्, जोसुकैसँग घाँटी जोड्नु परोस् तर सत्ताबाट विमुख हुनु नपरोस् भनेर पाँचदलीय गठबन्धन यतिबेला सात दलीय भा’छ । आगामी चुनाउमा सात दलीय यतिबेला सिटको भागबण्डामा ङेयार्र ङुर्रर्र गर्न थाल्या छन् । यिनीहरु कतिसम्म परनिर्भर भएछन् भने वडाको चुनाउमा पनि एक्लै जाने हिम्मत गर्दैनन् । प्रदेश र संघको निर्वाचनमा मलाई यति सिट चाहियो भनेर लडीबुडी गर्नुको सट्टा सात प्रदेश सात दलले भागबण्डा गरे लन्ठै साफ । सबै भन्दा धेरै सिट भएको प्रदेश लाँग्रसले लिने, त्यसपछि माउवादीलाई दिने, त्यसपछि माकुनेलाई दिने, त्यसपछि उपिन्दरलाई दिने, त्यसपछि महन्त ठाकुरलाई दिने, त्यसपछि बाउरामलाई दिने बाँकी  रहेको विचित्रबहादुर केसीलाई दिने । यसो गरेसी’ त सिद्धिगयो । वित्थामा भागबण्डाको लफडा गरेर किन जग हँसाउनु ?
माकुनेलाई हनहनी ज्वरो
पदीय लम्पटको दब्रिलो परिचय बनाएका पुतलीजुँगे माकुनेलाई यतिबेला एकसय चार डिग्रीको हनहनी ज्वरो आएको छ । विचारालाई आगामी निर्वाचनमा गठबधनै गरे पनि नजितिने चिन्ताले सताएको बेला नागरिक विद्येयकमा राष्ट्रपतिले छलछाम गरेपछि थप टेन्सिन थपिएको छ । अस्तिका दिन त राष्ट्रपतिले आफ्नै निवासमा नेपाली सेनाका पूर्व जर्नेल, वहालवला जर्नेलहरुलाई बोलाएर डिनर पार्टी दिएसी’ मानुकेलाई झन खपिनसक्नु भा’छ । विचराले कताकताको थटेस्नि लिउन् त ? पहिला पो खप्रओको पार्टीबाट लोभी पापीलाई लालिपप देखाएर तानतुन पा¥या थिए । अब त्यसो गर्न पनि सक्दैनन् । त्यसमाथि  नागरिकता विद्येयक राष्ट्रपतिले खुरुक्क प्रमाणिकरण नगरेर उल्टै जर्नेलहरुलाई भोज खुवाएसी विचरालाई ज्वरो आउनु स्वभाविक हो ।
जनताको साथमा का“ग्रेस अभियान
यतिबेला लाँग्रेसका मुखिया बा’ले देशैभरिका कार्जेकर्ताहरुलाई जनताको साथमा काँग्रेस अभियान चलाउन निर्देशन द्या छन् । मुखिया बाले के गर्न खोज्या होलान् ? चुनाउचाहिँ गठबन्धन गरेर लड्ने रे अनि कार्जेकर्तालाईचाहिँ जनताको साथमा जाउ भन्ने रे । उँधो बगाएर उँभो खोज्नुजस्तो । थपक गठबन्धनका साथमा जाउ भनेर निर्देशन दिनु पदैन । गठबन्धन गरेर पो जनताको साथमा जाने हो त । कि गठबन्धन भकाउदैनन् भने काँग्रेसका काजेकर्तालाइ एक्लै जन्ताको साथ जाउ भन्न पाइन्न ।
अब तनुवाहरु सिद्धिने भए
अब काँग्रेसमा नेताको झोला बाकेर हिँड्ने, गुनगान गाएर समानुपातिक सांसदको पद पड्काउदै आएका तनुवाहरुका दिन सिद्धिने भएको छ । एकपटक समानुपातिकको पद डकारी सकेकाहरुलाई अब सिफासिसै नगर्न वडा, जिल्ला, क्षेत्र, प्रदेशलाई परिपत्र भएसी तनुवाहरुको यतिबेला राँडे रुवाई शुरु भएको छ । हुन पनि पटक पटक एउटै अनुहारलाई घिच्न पनि कस्तो लाज नलागेको त ? दिने पनि उस्तै । गाउँ घरतिर दुई पैसाको हैसियत हुँदैन, पटक पटक सासद भएर खाएको छ ।
अन्तमा
नेपालीहरु साह«ै भाग्यमानी । गनतन्त्र र संघीयता आएसी त झन कम्ता भाग्यमानी भएका छैनन् । प्रदेशमा गयो कोठा कोठामा मन्त्री, झ्याल झ्यालमा मन्त्री, संघमा गया दलैपच्छेका मन्त्री । जे होस् मन्त्रीको नेपालमा खचाखचै छ, खडेरी पर्दैन । झन सांसदको त कुरै
छाडौ । प्रदेश एकमा ६ सय १९ संघमा २६५ घरैपिच्छे सासद । जताततै पदैपद । कमाइ पनि कुस्त हुने । जे गरे नि हुने । यस्तो फाइदाको राजनीति भएसी वित्थामा किन काम गर्नुप¥यो ।

तपाईको प्रतिक्रिया