धरान, ११ वैसाख : अञ्जली प्रकरणको घटना आत्माहत्या नभई हत्या भएको भन्दै धरानका सर्वसाधारणहरुले चर्को आन्दोलन गरेपछि अन्तत : प्रहरीले पुन : यस घटनाको अनुसन्धान शुरु गरेको छ ।
गत चैत्र २२ गते धरान १६ की अञ्जली राईको रहस्मयमृत्यु भएपछि प्रहरीले वीपी क्याम्पको पोष्टमार्टम रिपोर्ट र घटनास्थलको प्रकृति हेर्दा आत्मा हत्या भएको भन्दै किटानी जाहेरी समेत लिन नमानेपछि धरानका सर्वसाधारण, महिला अधिकारकर्मीहरुले अञ्जली प्रकरण संघर्ष समिति गठन गरी आन्दोलनमा होमिएका थिए । प्रहरीले कसैलाई नराखी घट्नास्थलको मुचुल्का लिएको र पाष्ेर्टमोटम रिपोर्ट समेत गलत देखाएको भन्दै आक्रोसित संघष समितिले अञ्जलीका श्रीमान सुजन श्रेष्ठ (साम्री) र ससुरा अशोक श्रेष्ठविरुद्ध किटानी जाहेरी दिदासमेत जाहेरी लिन नमानेपछि आक्रोसित बन्दै आन्दोलन चर्काएका थिए ।
चौतर्फी दबाब र आन्दोलनले उत्कर्ष रुप लिएपछि अन्तत : इलाका प्रहरी कार्यालय धरानले चैत्र २८ गते किटानी जाहेरी दर्ता गरेर अदालति प्रक्रियालाई अगाडि बढाएपछि पहिलो पटक आज धरान १६ को वडा समितिको कार्यालयमा घट्नाका प्रत्यक्षदर्शीहरुसंग बयान लिदै वस्तुगत मुचुल्का उठाउन शुरु गरेको हो ।
आत्माहत्या भएको पुष्टि भएपनि किटानी जाहेरी दिएपछि अदालती प्रक्रियामा अनुसन्धानका लागि दुई बर्षसम्म म्याद हुने भएकोले सोही अनुरुप घटनाको पुन अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक मिलन भट्टराईले जानकारी दिनुभयो ।
यता संघर्ष समितिकी संयोजक सपना राईले भने प्रहरीले हत्यालाई आत्माहत्या भन्दै किटानी जाहेरी बुझ्न नमानेको बेला पुन यस घटनाको अनुसन्धान प्रक्रिया अगाडि बढ्नु सकारात्मक भएको भन्दै सत्यको विजय सुनिश्चित हुने बताउनुभयो ।
यता घटनाका प्रत्यक्षदर्शीहरुले भने घट्नाको प्रकृतिलाई हेर्दा यो आत्महत्या नभई सिधै हत्या भएको भएपनि प्रहरीले अपराधिसंग साठगाठ गरेर घटनलाई फितलो बनाउने प्रयास गरेको बताएका छन् । घटनाकी प्रत्यक्ष दर्शी एवम् स्कोन तथा रमणीय टोल सुधार समितिकी अध्यक्ष सीतादेवी राईले जहाजस्तोसुकै अवस्था आएपनि हत्याका दोषीहरुलाई कारबाही नगरेसम्म आफ्नो बयान नफेरिने बताउनुभयो ।
प्रहरी र अपराधीबीच रकमको लेनदेनकै कारण घटनालाई तुयाउन खोजिएको भन्दै आक्रोसित सर्वसाधारणहरुले अपराधीलाई कारबाही नभएसम्म हदैसम्मको आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
