उपराष्ट्रपति परमानन्द झाले कवि–कूटनीतिज्ञ अभय कुमारको जात्रा नामक नेपाल सम्बन्धी कविता संग्रहको हिजो काठमाडौंस्थित सिटी म्यूजियममा आयोजित एक कार्यक्रमकाबिच विमोचन गरेका छन्। पुस्तक लोकार्पण पश्चात उनले अभय कुमार र इटालियन कलाकार तार्शितोले नेपालका वारेमा सृजना गरेको काव्य–चित्रकला प्रदर्शनीको पनि उद्घाटन गरे। पुस्तक विमोचन गर्दै उपराष्ट्रपतिले भने, ँहामी नेपालीहरु आफै नेपालका धेरै ऐतिहासिक स्थलहरुको भ्रमण गर्न नसकिरहेको अवस्थामा कवि अभय कुमारले कूटनीतिज्ञको रुपमा आफ्नो अत्यन्त व्यस्त समयका बाबजुद समय निकाली आफ्ना शव्दहरु मार्फत अत्यन्तै मनमोहक तवरले नेपालको सुन्दरतालाई चित्रित गर्नुभएको छ। नेपाल सम्बन्धी यस्तो सुन्दर कविता संग्रह हामीहरु माझ छोडी जानलाग्नु जानुभएको मा बधाई दिदैं म उहााको भविष्यको प्रत्येक सफलताको कामना गर्दछु। उक्त अवसरमा वोल्दै राजदूत रणजित रायले भने, ँमैले जात्राको नेपाली संस्करण अझै पढ्न पाएको छैन तर उक्त संग्रहलाई अंग्रेजीमा पढिसकेको छु। एक शव्दमा व्याख्या गर्दा म उहााका कविताहरुलाई सुरुचिपूर्ण रुप भन्छु। विदेश सेवामा हामीहरु मध्ये धेरै केवल आफ्नो पेशाभित्र मात्र यतिधेरै अन्तरलीन हुन्छौकि प्राय: जीवनका सुन्दर वस्तुहरुलाई बेवास्ता गर्छौं। तर अभयले आफ्नो अनुराग तथा सृजनात्मक प्रयासलाई यथेष्ट स्थान दिन यसको सुन्दर ढंगले सन्तुलन गर्नुहुन्छ । प्रसिद्ध नाटककार तथा प्राध्यापक अभि सुवेदीले लेखकले तीन वर्षे काठमाडौं कार्यकालमा नेपाली साहित्यलाई कसरी विश्व मन्चमा सफलतापूर्वक प्रवर्धन गर्न योगदान पुर्रुयाएको बारे वताए। उनले भने, ँलेखक काठमाडौंमा सरुवा हुनेवित्तिकै यहााको रंगभूमी र नेपाली लेखकहरुसाग साक्षात्कार गर्न साना–ठूला सवै साहित्यिक कार्यक्रमहरुमा सहभागि हुनुभयो। यसमध्ये भारतीय पुस्तकालयमा आयोजना हुने पोएमाण्डु मासिक कविता वाचनमा उहााको अग्रसरता एक मुख्य उदाहरण हो। म उहाालाई पेशागत रुपमा अन्तकतै संलग्न मानिस तथा एक धुरन्धर र बहुप्रशंसित कविको रुपमा देख्छु। नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका कुलपति तथा प्रख्यात कवि सरुभक्तले थपे, ँजात्रामा संग्रहित चार देखि पाच लाइनसम्मका प्रत्येक कविताले कसरी तपाईको मन र आत्मालाई छुन सक्दारहेछन् भन्ने कुरामा म छक्क परे। हामी यस्ता कवितालाई मुक्तक भन्छौ र मुक्तकका प्रत्येक लाइनमा यस्तो स्पर्श कायम गर्न अत्यन्तै कठिन हुन्छ। जात्राले हामीलाई नेपाली जात्राका प्रत्येक पक्षसाग साक्षात्कार गराउछ र यो हाम्रो साहित्यमा नेपाली काव्यको एक महत्वपूर्ण दृश्य संग्रहको रुपमा रहने छ। जात्रा अभय कुमारले तीन वर्षे आफ्नो नेपाल वसााइको क्रममा नेपालका प्रख्यात निशानी र सम्पदाको साथै प्रतिष्ठित ऐतिहासिक व्यक्तित्वहरु तथा चाडपर्वको वारेमा लेख्नुभएको कविता संग्रह हो। मौलिक रुपमा अंग्रेजी भाषामा दि एइट आइड लर्ड अफ काठमाडौं शीर्षक अन्तर्गत संग्रहित कविताहरु मार्फत उहााले नेपालको काव्यात्मक चित्र प्रस्तुत गर्ने प्रयास गर्नुभएकोछ। विख्यात लेखक किशोर नेपालद्वारा अनुवाद गरिएका यी कविताहरुलाई कथालय इन्कको वी रिड छापाखानाले मुऽण गरेको हो। इटालियन कलाकार तार्शितोले पुस्तकलाई आकर्षक किसिमले सचित्र प्रस्तुत गरेका छन्। यस अघि उनले दिल्लीको वारेमा सृजना गरिएका काव्य–चित्रकला प्रदर्शनीमा कवि अभय कुमारसाग सहकार्य गरिसकेका छन्।अभय कुमार भारतीय कवि–कूटनीतिज्ञ, सार्क साहित्य पुरस्कारबाट सम्मानित र पुसकार्ट पुरस्कार–२०१३ को लागि मनोनित छन्।
त्र
