साम्पाङको जनश्रमदानमा सर्वसाधारण उत्साहित

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले जनश्रमदान अभियान चलाएपछि अहिले धरानका सर्वसाधारणमात्र हैन अन्य क्षेत्रबाट जनश्रमदान गर्न सर्दु खोलामा पुग्ने गरेको पाएको छ । साम्पाङको अभियानमा उनीहरु खुलेरै जनश्रमदानमा लागेका छन ।


श्निवार विहान विहानै सर्दु खोलामा धरान १३ की फूलमाया लिम्बु गिट्टी कुट्दै हुनुहुन्थ्यो । यसरी गिटेटी कुटेको उहाँले लगातार चार दिन भयो । ६५ बर्षी लिम्बु आफू हातखुट्टाको विरामी हुनुहुन्छ, कहिलेकाही बसेपछि उठ्नै नसक्ने हुनुहुन्छ तर पनि मेयर साम्पाङको अभियानलाई सघाउन सकी नसकी गिट्टी कुटदै आउनु भएको छ । बर्षाद्मा आएको पानी हिउदमा जम्मा गर्ने उद्देश्यले सर्दु खोलामा बन्न लागेको ट्यांकीमा सहयोग पुगोस् भनेर उहाँ निरन्तर गिट्टी कुट्दै आउनु भएको बताउनुहुन्छ । साम्पाङको खानेपानी अभियानमा जनश्रमदान गर्ने लिम्बुमात्र हैन सैयौ त्यहा पुगेका थिए । युवायुवती, बृद्धबृद्धाले समेत त्यहा जनश्रमदान गरेको दृख्न सकिन्थ्यो । लिम्बुकै छेउमा गिट्टी कुट्दै गरेकी धरान १३ की ५० बर्षीया सानी माया राई त त्यहाँ गिट्टी कुटेर जनश्रमदान गर्न आएको सात दिन भयो । घामपानीको वास्तै नगरी विगतमा धरानेहरुले भोगको समस्या समाधानमा सहयोग पुग्छ भन्ने आशा लिएर उहाँले गिट्टी कुटेको बताउनुहुन्छ ।
गिट्टी कुट्नमात्र हैन त्यहा ढुंगा बोक्न, पिल्लरका लागि खाल्डो खन्नदेखि लिएर सर्दुजलाधारभित्र विरुवा रोप्ने र रोपिसकेका विरुवालाइ गोडमेल गने काम पनि धमाधाम भइरहेको थियो । धरान ९ की प्रतिला राईले साम्पाङको अभियानलाई केही सपोर्ट हुन्छ भनेर वृक्षारोपण र रोपिसकेका विरुवामा पानी हाल्न आएको बताउनुभयो । यी प्रतिनिधिपात्र मात्र हुन सर्दुखोलामा गएर जनश्रमदान गर्ने धरानका मात्र नभएर धरानबाहिरका समेत रहेका थिए । जनश्रमदानबाट नै अहिलेसम्म मेयर साम्पाङले मिनी हाइडूोपावरको निर्माण, सुख्खा मौसमलाई समेत लक्षित गरी  वृक्षारोपणका गर्दै आउनु भएको छ । यो काममा मेयर साम्पाङ समेत संगसँगै खट्नुहुन्छ । ढुगा बो्क्ने, पाइप बोक्नेदेखि लिएर विरुवा रोप्न र पानी हाल्ने काममा स्वयम आफै सक्रिय रहनु भएको छ ।
आफूले भन्दा पनि साधारणको सहयोगले काम गर्न सहज भएको साम्पाङ बताउनुहुन्छ । तीन महिनाको अवधिमा जनश्रमदानबाट नै मेयर साम्पाङले धरान २० पकुवाखोलाबाट पानी ल्याएर धरान ११ का सर्वसाधारणलाई पानी खुवाइसक्नु भएको छ भने निशानेबाट पानी ल्याउने तयारी भइरहेको छ । अहिले सर्दु खोलामा २ लाख लिटर पानीको ट्यांकी बनाउने योजना अगाडि सारिएको छ । धरानको निशाने, सर्दु र निशानेखोलको पानी ट्यांकीमा जम्मा गने र हिउद महिनामा सर्वसाधारणलाई वितरण गर्ने लक्ष्य लिएको मेयर साम्पाङ बताउनुहुन्छ । यसका लागि माटो परीक्षण, डिजाइन समेत तयार भइसकेको धरान खानेपानी व्यवस्थापन बोडका व्यवस्थापक इन्जिनियर राजु पोख्रेलले बताउनुभयो । निस्वार्थ भावनाले गरेको जनश्रमदानमा धरानका सर्वसाधारणले खुलेर सहयोग गरेका छन् । काम गर्ने इच्छा लिएर अगाडि बढ्ने जनप्रतिनिधि भए सबैले सहयोग गर्छन भन्ने उदाहरण पेश साम्पाङले गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया