घण्टाघरबाट हेर्दा

लड्ने ल्याकत हुनुप-यो
यस पटकको संघीय निर्वाचनमा हिसिला जोइ नलड्ने रे । लडेर  क्यार्नु ? लडेर पछारिनुभन्दा नलड्नु नै वेश । कहिल्यै एक ठाममा दीगो भएर बस्ने हैनन् । कहिले जनमोर्चाको विल्ला भि¥या छ, कहिले माउवादीको थाग्ना लगाएको छ, कहिले नयाँ शक्तिको नाम भँजाएको छ, कहिले जसपातिर छि¥या छ । हुँदा हुँदा अस्तिका दिन समाजवादी भन्ने पार्टी कोरेलेका छन् क्यारे । नेपालको
राजनीतक नक्साबाट नामै बेपत्ता हुने भएसी’ यतिबेला डाकु न बोलाउ लिँडे पुच्छर डोलाउ भनेझै पाँच दलीय अप्राकृतिक गठबन्धनमा भाग खोज्न दौडधूप गरिरा’छन् । अब एक्लै उठ्ने् ल्याकत नभएसी’ आतंककारी, हुतिहारा, लुटेरा, आफ्नै घर खरानी बनाउने, भ्रष्ट, बलात्कारीहरुलाई मुतको न्यानो दिने ठाम गठबन्धन छँदैछ । गठबन्धनमा छिर्न पाए एक आद्य ठामा जित पक्का । यतिबेला बाउराम नि गठबन्धनमा छिर्न ट्राई मार्दैछन् । अन्तेमा नेप्लिज लाँग्रेस धोती न टोपी होला जस्तो छ ।


आरजुको रुवाबासी
बाल्ववाटारे मुखियाकी जोइ मैसाप राणाको यतिबेला वाल्वाटाराँ रुवाबासी चल्या छ रे । मुखियाको मुखिनी भा’कै कारण मंसिरा हुने निर्वाचनमा मैसाव कञ्चनपुर क्षेत्र नं. ५ बाट उठ्ने भा’थिन् । आफ्नी जोइको अवस्था जित्ने हार्ने कस्तो हुन्छ भनेर मुखियाबाले ज्योतिष भिडाइहालेछन् । ज्योतिषीले ओठ लोप्राएछन् । माने कञ्चनपुरका जन्ताले मैसापलाई चुनाउमा चिलिम बनाउने योग देखियो । योग त ठीकै देखिया हो । जीवनभर लाँग्रेस भएर हिँड्नेहरुको  हरिवजोग छ । मुखियाको जोइ हुँदैमा कार्जेकर्ताले काँधमा बोकेर हिड्ने जमाना गयो अब । मैसापले कम्ता ठूलो सपना देख्या छिन् र ? चुनाउमा जितेमा पर्धानमन्तरी बन्ने रे । विचरीका कत्राकत्रा सपना थे । कञ्जनपुरका काँग्रेसका कार्जेकर्ता पनि निकम्बै रा’न् । थपक्क भोट दिएर जिताइदिन्छांै भन्दिनु नि । कोकोहोलो गरेर रुवाबासी त हुने
थिएन ।
फेरि गुल्टिने भए
झापाली कृष्णे सिटौलो यतिबेला राप्रपाका अध्येक्षे राजिन्दर लिंगदेनसँग मंसिर ४ गते सिंगौरी खेल्न सिङ तिख्राउन थाल्या छन् । सिटौलाले पहाडसँग के सिंगवौरी खेल्न खोज्या होलान ? यस अघि भा’को निर्वाचनमा एउटा सिंग भाँचिएर गुल्टेका थिए फेरि यसपालि अर्को सिंग भाच्ने भए । भएका आफ्नै कार्जेकर्ता लिंगदेनतिर सोहोरिएका छन् । जनताले लिंगदेन भन्दा अर्काेलाई नचिन्ने भा’छन् । फेरि सिटौलो कस्को आश भरोसामा सिंगौरी खेल्न तम्सेका होलान् ?
लामिछानेको निर्वाचन पोष्टर धु“जा
यस पटकको निर्वाचमा एकजना विचित्रका मनुवा नेता हुन न्वारान देखिएको बल लगाएर दौडधूप गर्दैछन् । कस्ता कस्ता तीस मार खाँहरु त राजनीतिबाट ओझेलमा पर्दै आ’छन् । अमेरिकी ग्रिन कार्डधारी, वहु जोइको पति, माल बार्गेनिङ्ग गर्न खप्पिस नेता हुने रे । तिन्लाई नेता बनाउन कस्ले सहयोग गर्देछ कुन्नि ? दुई चार जना किनुवा माने भाडाका झोलेहरुलाई अगाडि पछाडि लगायो, महँगा होटलमा बास बस्यो अनि गोटागन्तिले ल्याइएका झुण्डलाई नानाथरी कुरा सुनाएर थपडी मार्न लगायो । नेता बन्ने धन्दा लामिछानेलाई राम्रैसँग थाहा रै’छ । पहिला रविन्द्र मिश्रले यस्तै धन्दा चलाएका थिए । अहिले रवि चलाउदै छन् । हुन त राजनीति बजारमा यस्ता धन्दावाल आउँछन् जान्छन् । कि कसो हौ ?
जन्ता भ्रष्ट हुन् रे
माउवादीका नेता बर्षमान पुनले अस्तिका दिन भन्या जनता भ्रष्ट हुने रे । अहिलेसम्म राजनैतिक पार्टीका नेता, मन्तरी, प्रहरी, प्रशासन मात्र भ्रष्ट होलान भन्या त जनता नि भ्रष्ट रे । चुनाउका बेला नेताले पैसो नदिई जन्ताले भोटै हाल्दैनन् रे । वाह † पुनले त गज्जबकै गफ हान्दिए । जनताले भोट दिएर सत्तामा पुगेकाहरुले भ्रष्टाचार गरेर अकुत लुट्याउनु हुने ? अनि चुनाउको बेला यसो अलि अलि चियापान खिलाउँदा जनता भ्रष्ट हुने ? अब नेताको कार्जेकर्ता त आफ्ना रहेनन् यसो खर्च नगर्ने नेताको पछि कार्जेकर्ता त्यसै दौडिदैनन् । आफ्नै कार्जेकर्ता नि खरिद गर्नुपर्छ । जनताले अब किन त्यसै भोट दिने ? आखिरी भोट त खरिद विक्रीको माल बनिसक्या छ । डाक बढाबढ हुन्छ । जसले ज्यादा माल दिन्छ भोट त्यसैमा ठोक्ने हो । नेता आफै भोट खरिद गर्न राति राति चोर जस्तै जनताको घर घरमा पुग्छन् । खरिद गर्न गएसी विक्री त गर्ने प-यो ।
देवी ज्ञवाली तातिए
आगामी पर्धानमन्तरीका लागि माउवादी अध्येक्ष प्रचण्डाउले सबै तालमेल मिलाइ सक्या थिए तर खग्रासले उनको योजना भताभुंग होला जस्तो छ । चुनाउ लड्न सुरक्षित ठाम कहीँ फेला नपरेपछि विचरा खुम्चिएर चितौनबाट लड्ने निर्नयमा पुग्या थे । तर झालेमालको देवी ज्ञवालीले प्रचण्डाउ चुनाउ लडेकै क्षेत्रबाट चुनाउ लडेने भए । ज्ञवाली लत्तरो मान्छे हुँदै होइनन् । माउवादीका प्रचण्डाउमात्र होइन माउवादीका नल्स पनि ज्ञवालीको नाम सुन्ने वितिकै पेन्ट गिलो गर्न थाल्छन् । भरतपुर नगरपालिकाको यस भन्दा अगाडिको निर्वाचनमा आफ्नो पुत्रीलाई जिताउन प्रचण्डाउले जति पापड बेले त्यो सम्झदा पनि उनको शरीरमा काँडा उम्रिन्छ । छोरी जिताउन मतपत्रै चपाउनुु प¥या थियो । अब हुने निर्वाचनमा पनि प्रचण्डाउले त्यही आइडिया लगाउलान् जस्तो छ । नत्र जित्न उही हो ।
हैन होला
अस्तिका दिन एकजना विद्वानले चिया गफमा फलाक्दै थिए बाख्राले खसीको बाली र पाँचदलीय गठबन्धनले चलाएको देश उस्तै हो रे । हो कि क्या हो ? बाख्राले खाएको बाली ज्यान गएनि सप्रदैन । पाँच दलीय गठबन्धनले चलाएको देश पनि त्यस्तै भा’छ । आ यहाँ देशको चिन्ता कस्लाई छ र ? पाँच दलीय गठबन्धन आफू बनिन पो भा हो त । आफ्ना सात पुस्ता भित्रका नातागोतालाई ठाम ठाममा पु¥याउने, आफूले कुस्त लुँड्याउने पो हो त । देशको पनि चिन्ता गरेर साध्ये हुन्छ ? के भन्या होला ती खैजडी विद्वानले ?
अन्तेमा
धरानमा यतिबेला झालेमालेहरु तिल्मिलाएका छन् । ३० औ बर्षदेखि एकोहोरो नगरपालिकामा राईदाई गर्दै आएका थिए । गएको जेष्ठदेखि नै हर्क साम्पाङ्गले भागै खोसिदिए । ख्याल आनन्द थिएन झालेमालेलाई । कार्जेकर्ता भर्ति गर्ने, नगरपालिकाका गाडी घोडामा बुर्कुसी मारेर दौडने, लाखौको भोज गर्ने, वेÏवाँकको भ्रमण गर्ने आदि आदि । अब यो सबै हरिएपछि जोसुकै पनि वहुलाउँछ । हिजो आज त उनीहरु साम्पाङ्गलाई सडकमा मिल्काइदिन्छौं भन्दै हिड्या छन् । तिनका बाजेका जोर नारी छन् भने मिल्काएर देखाए भैहाल्यो । किन थुतुनो चलाउनु ?

तपाईको प्रतिक्रिया