साताको तस्विर

मल्ल राजा प्रताप मल्लको सुपुत्रको मृत्यु भएपछि रानी अत्यन्तै शोकमा डुबेकी थिइन् । उनी बहोसी रहेको अवस्थामा होसमा ल्याउन र खुशी तुल्याउन हरेक रुप धारण गरेर होसमा ल्याएको हँसाएको भन्ने किवदन्ती रहेको छ । ज–जस्का घरमा मरण हुन्थ्यो ती घरबाट स्मरणमा गाइजात्रामा स्वर्गीय व्यक्तिको तस्विर सहित जात्रा निकाल्ने प्रचलन रहेको छ ।

गाइजात्रा शाक्य र बज्राचार्यले निकाल्ने प्रचलन छैन । धरानमा पनि शनिवार संयुक्त रुपमा वृहत गाइजात्रा निकालिएको थियो । नेवारी समुदायका २९ वटा संघ संस्थाले आ–आफ्नो व्यानरमा एकसाथ गाइजात्रा निकालेका थिए ।

तपाईको प्रतिक्रिया