धरान । नेपाल तरुण दल धरान नगर कार्यसमितिले वडा नं. १७ स्थित रेल्वेचौकमा बृहत रक्तदान गरेको छ । शुक्रबार अन्तर्राष्ट्रिय यूवा दिवसको अवसरमा तरुण दल नगर कार्यसमितिले बृहत रक्तदानको कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रममा २ सय ५ (पिण्ट) रगत संकलन भएको तरुण दल धरानका सभापति नरसिंह राईले जानकारी दिनु्भयो ।

प्रदेश १ का ब्लड बैंकहरूमा रगतको चरम अभाव भइरहेका बेला तरुण दलले विरामीको उपचारमा सहजताका लागि अन्र्तराष्ट्रिय युवा दिवसको अवसरमा बृहत रक्तदान आयोजना गरिएको अध्यक्ष राईले बताउनुभयो । रक्तदान कार्यक्रममा नेपाली कांग्रेस प्रदेश एकका महामन्त्री तथा नेपाल रेडक्रस सोसाइटी सुनसरीका सभापति उमेश थापा, प्रदेशसभा सदस्य चन्द्रप्रसाद श्रेष्ठ (डिआईजी), महासमिति सदस्य एवं निवर्तमान नगर प्रमुख तिलक राई, कांग्रेस जिल्ला सचिव माधव घिसिङ, कांग्रेस सुनसरी क्षेत्र नं. १ का सभापति सुजेन्द्र तामाङ, क्षेत्र नं. १ (क) का सभापति अनिल श्रेष्ठ, धरान १६ का वडाध्यक्ष
मुरारी भट्टराई, कांग्रेस धरान नगर सभापति श्याम पोख्रेल, महासमिति सदस्य ममता योञ्जन लगायतको उपस्थिति रहेको थियो ।
