बोलबमले गर्दा अन्य मन्दिरमा समेत चहलपहल बढ्यो

धरान । धरानको विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा बोलबम मेला लागेसँगै अन्य मन्दिरमा समेत चहलपहल बढ्न थालेको छ । बोलबममा आउने भक्तजनहरुले पिण्डेश्वर मन्दिरमा जल चढाएपछि दन्तकाली, बुढासुब्बा, पञ्चकन्या मन्दिरमा दर्शन गर्न पुग्ने भएकोले पनि विजयपुरमा रहेका मठमन्दिरमा चहलपहल बढेको हो ।
भगवान शिवको प्रिय महिना साउन त्यसमा पनि प्रिय बार सोमबार मानिन्छ । त्यही भएर धरान १४ पिण्डेश्वरमा सुनसरीका चतरामा रहेको कौशिकी नन्दी अर्थात सप्तकोशीबाट जल चढाउने भक्तजनको भीड थामिनसक्नुहुन्छ । तर पछिल्लो समय अन्य वार पनि जल चढाउने भक्तजन बढ्दै गएका छन् । शनिवार पनि पिण्डेश्वर मन्दिरमा जल चढाउने भक्तजन टाढाटाढा आउन थालेका छन ।
बारा निजगढका सन्दिप चौधरी शनिवार विहानै गेरु वस्त्रमा विजयपुरमा रहेको दतकाली मन्दिरमा दर्शन गर्दे गरेको अवस्थामा भेटिनुभयो । एक हप्ते अभियान नै लिएर पूर्वमा रहेको खोटाङको हलेसीलगायतका शिवालयको दर्शन गर्दैै शनिवार धरानको पिण्डेश्वर मन्दिर आइपुग्नु भएको । सप्तकोशीको जल पिण्डेश्वरमा चढाएपछि उहाको समूह दन्तकाली दर्शनका लागि पुगेको हो । धरानका मन्दिरहरुका महिमा सुनेर पूर्वक अन्य शिवालयको दर्शनपछि पिण्डेश्वरमा जल चढाएर दन्तकाली दर्शन गर्न आएको उहाले बताउनुभयो ।


यस्तै भनाई वारा निजगढकै मौजुलाल साहको छ । मोटरसाइकलमै पूर्वमा रहेका शिवालयको दर्शनमा हिड्नु भएका उहा भने धरानको विजयपुरमा रहेको मठमन्दिर दर्शनका आएको पहिलो पटक हो । पिण्डेश्व लगायत दन्तकाली, बुढसुब्बाको महिमा अगाडिदे िनै सुन्दै आएको भएपनि आउन नपाएको बताउनुभयो । अघिल्लो बर्ष नै आउने सोच बनाउनु भउका उहालाई दुइ बर्ष कोरोनाका संक्रमणका कारण रोकिनुभयो । अहिल पिण्डेश्वर मन्दिरमा जल चढाएर दन्तकाली मन्दिरमा जल चढाएपछि बुढासुब्बा मन्दिर दर्शनका जाने उहाले बताउनुभयो । उहाले धरानको विजयपुर आफूले सुनेको भन्दा पनि सुन्दर लागेको उहा बताउनुहुन्छ । पछिल्लो समय धरानको पिण्डेश्वरमा साउनको सोमबार मात्र हैन शनिवार पनि अत्याधिक भीड हुने गरेको पिण्डेश्वर बाबाधाम समितिले जनाएको छ । पिण्डेश्वर मन्दिरमा आएका भक्तजनहरु अन्य मन्दिरमा समेत दर्शनका लागि पुग्ने गरेको मन्दिरका पूजारीहर बताउछन् । धरान १४ का वडासदस्य एवम् दन्तकाली मन्दिरका पूजारी कमल भट्टराईले साउन लागेपछि दन्तकाली मन्दिरमा चहलपहल बढेको बताउनुभयो । दुई बर्ष कोरोनाका कारण आउन नपाएका भक्तजनहरु अहिले मन्दिरमा दर्शनका लागि धेरै आउने गरेको उहाले बताउनुभयो । पिण्डेश्वरमात्र हैन प्रदेश नं. १ मै एक मात्र रहेको बुढासुब्बा मन्दिरमा समेत बोलबमको चहलपहलसँगै भक्तजनहरुको चहलपहल बढेको बुढासुब्बा व्यवस्थापनसमितिका सदस्य उत्तम आले मगर बताउनुहुन्छ । दुई बर्ष कोरोनाले असर पारेको धार्मिक पर्यटन क्षेत्र कोरोनासहज हुदै गएपछि चहलपहल बढ्दै गएको छ । मन्दिरहरुमा भीडभाड बढ्द जान थालेको छ ।

तपाईको प्रतिक्रिया