मोरङ । आफ्नो शरीरमा आगो लगाएर मोरङमा एक महिलाले आत्महत्या गरेकी छन् । विराटनगर ९ बस्ने अन्दाजी ६५ वर्षीया अमराउ देवी कोठारीले सोमबार आफ्नै शरीरमा मट्टीतेल खन्याएर आगो लगाएर आत्महत्या गरेकी हुन् । प्रहरीका अनुसार आफ्नै घरको बैठक कोठामा जलेर मृत्यु भएको भन्ने खबर आएपछि वडा प्रहरी कार्यालय विराटनगरबाट प्रहरी टोली खटिएका थिए ।शरीरमा आगो लगाएर आत्महत्या गर्नुको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । उहाँल आफ्नै शरीरमा मट्टीतेल खन्याएर आगो लगाएको भन्ने थाहा पाउने वित्तिकै प्रहरी घट्ना स्थलमा पुगेको बताउनुभयो । तर कारणबारे थाहा हुन नसकेको बताउनुभयो ।
