धरान । धरानका मेयर हर्क साम्पाङको खानेपानी समस्या समाधानको सपना पूरा गराउन विदेशमा रहेका धरानेहरुले धमाधम सहयोग पु¥याएका छ । विदेशमा रहेका धरानेहरुले धरानलाई स्वच्छ, सफा बनाउने मेयर साम्पाङको सपनालाई पुरा गराउन धमाधम डस्विन प्रदान गर्दै आएका छन् भने पछिल्लो पटक खानेपानीका लागि पाइप नै प्रदान गरेका छन् ।

धरानका १७ का किसन राई र गँगा राईले आफ्नो स्वर्गीय माता खाइसु माया राई,पिता किताब सिंह राई को स्मृतिमा खानेपानीको पाईप २७ थान उपलब्ध गराएका हुन् । मेयर साम्पाङ्गको निसाने खोलाबाट पानी ल्याउने योजनामा सहयोग पुगोस् भन्ने उद्देश्यले पाइप उपलब्ध गराएका हुन् । धरान १७ मा स्थायी बसोबास भएका र हाल यु.के राईद्वयले पठाएको रकमबाट स्थानीय शोभा राईले नगर प्रमुखलाई पाइप प्रदान गर्नुभएको हो । उहाले धरानको खानेपानी समस्या समाधानमा केही सहयोग पुगोस् भन्ने उद्देश्यले उहाँहरुले पठाएको रकमबाट पाइप खरिद गरी मेयरलाई सतान्तरण गरिएको शोभा राईले बताउनुभयो । प्रदान गरिएको पाईप ३ इन्चको १ सय ७२ मिटरको रहेको छ । मेयर साम्पाङले पाईप हस्तान्तरण गर्ने सहयोगीलाई धन्यवाद दिँदै निसानेबाट अस्थायी रुपमा पानी ल्याउने योजनामा यो पाइपले ठूलो सहयोग पुग्ने बताउनुभयो । उहाले शुक्रबार निशनेको अवलोकन गरेर सानो योजना भएपनि धराने जन्तालाई तत्कालीन तिर्खा भेटाउन यो योजनालाई अगाडि सारेको बताउनुभयो । उहाल सो काम ईन्जिनियरले अनुगमन गर शनिबारदेखि सुरुवात गर्ने बताउनुभयो ।
