बिग्रदै गएको इकोस्सिटम जोगाउन बनलाई वगैँचा बनाउ अभियान

धरान । इटहरी सुनसरीका ्रधु्रवराज घिमिरे, कृष्ण अधिकारी, प्रेम बस्नेत लगायत दर्जनौ व्यक्तिहरु यतिबेला नौलो अभियानमा लाग्नु भएको छ । सम्भवत ः यस प्रकारको अभियान यस भन्दा अगाडि नेपालमा कसैले शुरु गरेकै थिएनन् । जुन अभियानले विग्रदै गएको पर्यावरणीय चक्रीय प्रणाली (इकोसिस्टम) जोगाउन महत्वपूर्ण भूमिका खेल्छ ।गत फागुनमा औपचारिक रुपमा दर्ता भएको ‘सामुदायिक प्रकृति ्रसंरक्षण अभियान नेपाल’ को व्यानरमा बिग्रिएको इकोसिस्टम जोगाउन ‘वनलाई बगैचा बनाउ’ भन्ने नाराका साथ उहाँहरु सुनसरीको चारकोशे जंगलभित्र विभिन्न प्रजातिका फलफूलका विरुवा रोप्ने, विउ छर्ने काममा सक्रिय हुनुहुन्छ ।


जंगलमा चराचुरुङ्गी नभएर बाँदर लगायतका वन्य जन्तुहरु पलायन हुने, मर्ने, रुख विरुवाहरु सुक्ने, जंगली फलफूलका रुखहरुमा फूल नफुल्ने, फल नलाग्ने भएपछि अभियानले गत बर्षदेखि यस्तो कार्यलाई तिब्रता दिएको हो । अभियानका योजनाकार एवम् अध्यक्ष ध्रुवराज घिमिरे अभियान शरु गर्दाको घट्नाक्रम सुनाउदै भन्नुहुन्छ गत बर्षको लक डाउन (कोरोना भाइरस) का कारण इटहरीबाट धरान आउने जाने क्रम चलिरहयो । त्यसबेला सडक सुनसान हुने गर्दथ्यो, सडकमा मानिसको आवतजावत थिएन, सवारी साधनहरु ठप्प थिए । यातायात व्यवसायी समेत भएका कारण विभिन्न मिटिङहरुमा गइरहनु पर्दथ्र्यो । जिल्ला प्रशासन कार्यालय सुनसरीले यही प्रयोजनका लागि एउटा स्कुटीको पास दिएको थियो । कहिले सिडियो कार्यालय, कहिले प्रदेश मन्त्रालय त कहिले धरानमा हुने मिटिङमा आउजाउ गरिरहनु पर्दथ्यो । उहाँले सुनाउनुभयो एकदिन इटहरीबाट धरान जाँदै गर्दा सेउती पुल नजिक पुग्दा त्यस दिनको मिटिङ स्थगित भएको सूचना आयो । त्यही रोकिएर एकछिन जंगलभित्र छिरें । जंगलमा चराचुरुङ्गकीको आवाज सम्म थिएन, केही बर्ष अगाडिसम्म बाँदरका बथान देखिन्थे तर त्यस दिन बाँदर समेत कतै देखिएनन् । जंगल एकदम सुनसान थियो, चकमन्न थियो । जेठको महिना थियो । उहाँले सुनाउनुभयो भोलिपल्ट फेरि एकजना साथी लिएर जंगल घुम्न गएँ । जंगलमा चराचुरुङ्गी, बाँदर लगायतका वन्यजन्तुले खाने पानी, जंगली फलफूल कतै फेला पार्न सकिएन ।
त्यसपछि घिमिरेले अठोट गर्नुभयो आहार र पानीको अभावमा चरा, बाँदर लगायतका वन्यजन्तु पलायन भए या त मरेको हुनुपर्छ । उहाँले गाउँमा सबैसँग आग्रह गर्नुभयो घर परिवारले खाएका फलफूूलका दानाहरु सबै संकलन गरेर उपलब्ध गराई दिनुहोला । घिमिरेको आग्रहलाई इटहरीका अधिकांश परिवारले सहस्र स्वीकारेर आँप, कटहर, जामुन, आरु बखडा, कसुमका विउहरु करिब दुई बोरा संकलन गरेर उपलब्ध गराए । त्यो लिएर साथीहरुसँग उहाँले पहिलो हप्ता चारकोशी जंगल पुगि रोप्नुभयो । त्यसरी विउ रोप्ने र छर्ने क्रम उहाँको चलिरहयो । विभिन्न सञ्चारमाध्यमले उहाँको त्यस कार्यको प्रशंसा गर्दै समाचार बनाए । जसका कारण वन तथा वातावरण मन्त्रालयहरुमा वहसको विषय बन्यो । चरा विशेषज्ञ, बाँदर विशेषज्ञहरुकले घिमिरेसँग सम्पर्क गरे । वन्यजन्तु विभागले उहाँलाई मन्त्रालयमै बोलाएर कार्यक्रम प्रिजेन्टेशन गर्न आग्रह ग¥यो । यो नयाँ कुरा आयो तपाईले कार्यक्रमको प्रिजेन्टेशन गरिदिनुप¥यो भनेर बारम्बार फोन आउन थाल्यो उहाँले सुनाउनुभयो । दशै तिहार नजिकिएको छ आफू तत्काल आउन नसक्ने जवाफ दिएपछि राष्ट्रपति चुरे कार्यक्रममा ढकाल थरका सचिवले काठमाण्डौ आउन नसकेपनि मोरङको सलकपुरमा रहेको कार्यालयमा गएर कार्यक्रम प्रिजेन्टेशन गर्न आग्रह ग रे । उहा सलकपुर पुगेर कार्यक्रमको प्रिजेन्टेसन गर्नुभयो । त्यसकोे सबैले प्रशंसा गरे । त्यसपछि उहाँलाई सबैले संस्था दर्ता गरेर अभियानमा लाग्न आग्रह गरे । गत फागुनमा उहाँलाई सुनसरीका प्रमुख जिल्ला अधिकारीले संस्था दर्ता गर्न सुझाउ दिनुभयो । अध्यक्ष घिमिरे जिल्ला प्रशासन कार्यालय पुग्नुभयो । आफूसँग कागजात केही छैन कसरी दर्ता गर्ने ? तुरुन्त प्रमुख जिल्ला अधिकारीले कर्मचारीलाई विधान बनाउन निर्देशन दिनुभयो । एक घण्टामा विधान तयार भयो । पदाधिकारीको हस्ताक्षर सहित विधान दर्ता भयो । हाल संस्थाको ब्रसियलहरु तयार भइरहेको घिमिरले सुनाउनुभयो ।
जंगलमा रोपेका फलफूलका विरुवाहरु हुर्कदै गएको छ । अभियानलाई निरन्तता दिँदै आउनु भएका अध्यक्ष घिमिरेले अन्य विभिन्न संघ संस्थाहरुलाई फलफूलका विरुवा उपलब्ध गराउन आग्रह गर्नुभएको छ । रोटरी क्लबले उहाँको आग्रहलाई स्वीकारेर दुई हप्ता अगाडि वृक्षरोपण नै गरिदिएको छ । अध्यक्ष घिमिरे भन्नुहुन्छ जंगलमा चरा भएन भने रुख मर्ने, जंगली फलफूलका रुखहरु कुसुम, फडिर लगायतका रुखमा फल नलाग्ने हुन्छ । पहिला चारकोशे जंगलमा फडिर, जामुन लटरम्मै फल्थ्यो, अहिले फूलसम्म फुल्दैन । अर्कोतर्फ एकजना मान्छेलाई दैनिक १५ देखि १७ केजीसम्म अक्सिजन चाहिन्छ । एउटा वयस्क रुखले दैनिक तीन केजी अक्सिजन दिन्छ । जंगलमा अक्सिजन दिने रुखहरु मासिदै गएको छ । चराको संरक्षण गरे जंगलको र जंगलको संरक्षण गरे मान्छेको संरक्षण हुन्छ । यतिबेला इकोसिस्टम बिग्रिएको छ । उहाँले सुनााउनुभयो जंगलमा पानी र आहार नपाएरै धरानमा बाँदर बढेका हुन्, धरानका मानिसहरु बाँदरले धेरै दुःख दियो भन्छन्, के कारणले धरानमा बाँदर बढे त्यो
कुुराचाहिँ बुझ्दैनन् घिमिरेले भन्नुभयो ।

तपाईको प्रतिक्रिया