बुढी खोलामा शव खोज्दै प्रहरी र स्थानीय बासिन्दा

दुहवी । हत्या गरी फालिएको आशंकामा स्थानीय बासिन्दा, आफन्त र प्रहरीले हिजो दिनभरि दुहवी खोलामा एक युवाको शव खोजी गरे । गत शुक्रबारदेखि नै बेपत्ता भएका दुहवी नगरपालिका वडा नं. ६ का १८ बर्षीय अफरोज मियाँका हत्या गरी बुढी खोलामा फालिएको आंशकामा उनीहरुले शव खोज्ने काम गरेका हुन् । हत्याको आशंकामा पक्राउ परेका मियााका तीनजना साथीहरुको बयानका आधारमा मियाँको हत्या गरेर सुनसरी मोरङको सीमावर्ती खोलामा शव खोज्ने काम निरन्तर हुँदै आएको छ । पक्राउ परेका तीनै जनाले आफूहरुले मियाँको हत्या गरेर बुढी खोलमा शव फालेको बयान दिएको इलाका प्रहरी कार्यालय दुहवी जनाएको छ । इलाका  प्रहरी कार्यालय दुहवीका प्रहरी निरीक्षक जयदेव माझीले हत्यामा मियाँकै साथीहरु संलग्न भएको देखियो । पक्राउ परेकाहरुको बयान उधृत गर्दै प्रहरी निरीक्षक माझीले भन्नुभयो उनीहरुले मियाँको हत्यामा अपराध स्वीकारी सकेका छन् । आरोपितहरुले मियाँलाई गाँजा काट्न प्रयोग गरिने धारिलो चक्कु प्रहार गरेपछि फलामको रड प्रहार गरी दुहवी खोलामा फालेको जनाएका छन् । मियाँ लगायत प्रक्राउ परेका तीनैजना लागू औषध प्रयोगकर्ता रहेको खुलेको छ ।


शुक्रबारदेखि हराएको मियाँको हालसम्म शव फेला नपरे तापनि उनले ल्याएको टिसर्ट भने प्रहरीले फेला पारेकोले मियाँलाई हत्या गरेर खोलामा फालेको अनुमान गर्न सकिन्छ प्रहरी निरीक्षक माझीले भन्नुभयो । बर्षाको समय भएकोले यतिबेला बुढी खोलामा पानीको उच्च बहाव छ । शव खोज्न समस्या भइरहेको छ । खोलाको पानीले शव बगाएर टाढा पु¥याएको आशंकामा दुई तीन किमी दक्षिणसम्म पनि खोज्ने कार्य भइरहेको छ तर पनि फेला पार्न नसकिएको उहाँको भनाई छ । मियाँका आफन्तले शुक्रबारै खोजी गरिदिन इलाका प्रहरी कार्यालय दुहवीमा जाहेरी दिएका थिए ।
प्रहरीले भने आइतबारदेखि मात्र मियाँका नजिकका साथीहरुलाई पक्राउ गरेपछि शवको खोजी कार्य शुरु गरेको हो ।

तपाईको प्रतिक्रिया