घण्टाघरबाट हेर्दा

बजाएछन् भालेले
माग लिँडो भनेर बुढापाकाहरु भन्थे हो रै’छ । एक त लिँडो त्यसमाथि मन्तरी माने प्रेमबहादुर आले । आले वा’ समय समयमा उट्पट्याङ गरिरहन्छन् । कहिले बतास समूहलाई हल्लाई दिन्छन्, कहिले आफ्नै पार्टीभित्रकालाई चोर चिप्लेकीरा भनेर तथानाम गर्दिन्छन् । अरु बेला त यसैगरी कास्टिङ देखाएर छाड्ने गरेका थिए तर अस्तिका दिन त रियल फिल्म नै देखाइदिएछन् । नेपाल वायु सेवा निगमका मुखियालाई आफ्नै कार्यकक्षमा बोलाएर पहिला सम्झाएछन्, त्यसपछि अनि चड्काएछन् । आले भन्दा माथिकालाई दाम चढाएर आएका ती मुखियालाई दशा लागेको । थपक्क आले बा’ले भनेको मान्नुपर्दैन ? मान्या भए आले बाले चड्याम्म गाला फुट्ने गरी बजाउददै बजाउने थिएनन् । नेपाल एयर लाइन्सको मुखिया भएपछि अरुलाई झै टेर्दे नेटेर्दा कस्तो हविगत भयो ? आले बा’न ठहरिए ? लखन छप्प्न फिटिक्कै नजान्ने । जे होस् लिँडेको हातको चड्कलले ती मुखियाको हालतचाहिँ बेहालत भएको छ ।


आफ्नैले जितेको अनुभूति भा छ
नेपालको राजनीतिमा अर्काको बुई नचढिकन बाँच्नै नसक्ने मनुवा हुन् प्रचण्डाउ । कहिले एउटाको बुइँ चडेर हिँड्यिा छन् कहिले अर्काका ुबई चढेर हिड्या छन् । गज्ज्ब त के छ भने जसको बुई चढ्यो त्यर्सका कार्यकर्तालाई धम्क्याउँछन् । तिनको चरित्र अझ सम्म न कसैले बुझ्न सकेका छन् न भविष्पयमै बुझ्लान् । सर्व अवगुणी मनुवाको विशिष्ट श्रेणीमा पर्छन् प्रचण्डाउ । अकर्धाको बुई चढेरै यसपटक तिन्दले स्थानीय सिनर्वाचनमा तेस्रो श्रेणीको पुरस्कार पाएका छन् । अस्तिका दिन तिन्ले नयाँ जाल फ्याँकेका छन् । हिजोआज थांग्रेसले जित्दा पनि अपाmैले जितेजस्तो लाग्या छ, झेमालेले जित्दा नि आफैले जितेको जस्तो लाग्छ भन्दै हिँड्या छन् । हुन त बहुरुपीको अनेकौ रुप हुन्छन् । कहिले थाँग्रेसको गुँडमा छिरेर अन्डा पारेर कोरल्ने, कहिले झेमालको गुँडमा बसेरि चल्ला कोरेल्ने बानी परेका प्रचण्डाउ अब पर्देब र संघको निर्वाचनमा जित्न जाल फाल्न थालेका छन् । आफ्नो ल्याकत त जिन्ते होइन ।
माकुनेको ह्स्किी चिन्ता
हिजोआज माकुनेलाई ह्स्किीको करामतको बढो याद आउन थाल्या छ । हुन त ह्विस्कीको करमत थामिनसक्नु नै हुन्छ । माकुनेलाई यो कुरा राम्रो थाहा छ । अब हेरम न पर्धानमन्तरी स्यालबहादुर अम्रिका जाँदैछन् । अम्रिकाले सैन्य गठबन्धन एसपीपीमा सम्झौता गराउन ज्यान फालेर लाग्या छ । नेपालमै गराउँ भने देशैभरि विरोध भा’छ । समा भएका दल र प्रतिपक्षीहरु धुवाँधार विरो्धमा लाग्व्या छन् । यतितिर सम्झौता गर्न सम्भव होला जस्तो नभएसी’ उतै बोलाएर गराउने हुन कि भन्ने शंका छ । फेरि स्यालबहादुर ह्विस्की भनेसी ¥याल चुहाइहाल्छन् । ह्विस्की खुवाएर सही गराउलान् कि भनेर माकुनेलाई कम्ता चिन्ता लाग्या छैन । आखिरी ह्विस्की खाएर आफू पर्धानमन्तरी हुँदा विभिन्न सम्mभौताहरुमा सही गरेको माकुनेलाई याद आएजस्तो छ ।
पोइ खोज्ने मन्तरी
नेपालमा एउटी यस्तै मन्तरी छिन् जो पोइ खोज्दै हिड्छिन् । राम्रा हेन्सी केटा त देख्नै हुँदैन । त्यसै त्यसै अररी भएर आउँछिन् । घरजम गरेका केटा हुन कि सडकमा लैवरी गर्दै हल्लिएर हिँड्ने केटा हुन् । तिनले मेरै पोइ भनिहाल्छिन् । पोइ पाउन ती मन्तरी बडो आतुर छिन् । लुम्बिनी प्रदेशको परिवार कल्याण मन्तरी विमला वलीले अस्तिका दिन त कसैको घरभित्रै छिरेर मेरो पोइ खोइ भन्दै अर्काकी श्रीमति र नाबालिकामाथि कुटपिटै गरिछन् । अर्काको लोग्नेलाई मेरो पोइ कसर भन्न सक्या होला ? ए सरकार विमलाई चाडै पोइ खोजिदेउ नत्र तिन्ले पोइ खोजेर उत्पात मच्चाउने छाँटकाँट देखिदैछ ।
किकआउट गर्ने तयारी
अन्नमा घुन छिरेसी’ सत्यानाश † घुन नसुकाउँदा जान्छ, न निकाल्दा जान्छ । अन्तेमा अन्य मिल्काउनै पर्छ । बाउराम भट्टराई, प्रचण्डाउ जस्ता घुनहरु दलमा छिरे त्यसलाई तहसनहस पार्छन् । दलीय घुनहरु । अब हेरम न नेपालको राजनीति पर्दाबाट डाइनोसर जस्तै लोप हुन लाग्या बाउराम भट्टराईलाई उपिन्दर जादवले राम्रो होला भनेर जसमा हुले । यतिबेला आएर उपिन्दरका लागि भट्टराई भालुको कन्पट भा’छन् । यसो दया माया गरेर हुलेका थिजए यतिबेला तिनै भट्टराई साँढे पीलटएर उपिन्दरलाई नै किक आउट गर्ने तयारीमा जुटठेका छन् । तिन्लाई अध्येक्षे चाहियो रे । यसैलाई भन्छन् हलो द वैलो द गाँड खोतले पैनौ छ । समयमै घुनलाई चिन्न नस्रक्दा जादवले दुःख पाउने भए ।
लोप्पा खुवाइ देछन्
पर्देश न. १ को सरकारले अस्तिका दन पर्देशको बजेट विनियोजन ग¥यो । काम पनि छैन, काज पनि तछैन खाने बेलामा लाज पनि छैन भनेझै विवना कामे पर्देश सरकारले छुट्याएको बजेटमा सुनसरी जिल्लालार्इी गज्जबले लोप्पा खुवाइदिएछ । थाँग्रेसको संसदीय दलका नेता यही जिलका पतिपक्षे दलका संसदीय दलका नेता यही जिलका,, सांप्सदको संख्या पनि सबैैभन्दा बढी यही जिलबाट तर बजेटमा भने लोप्पा खुवाइदिएछन् । सुनसरीलाई डेढ करोडमात्र छुट्याएछन् । के गर्नु त्यो बजेट न आतलाई त दाँतलाई । यो जिल्लाका सांसद मन्तरीको थुतुनोमा बोल्नै नमिल्ने गवरी पानी भरिया थ्यो कि क्या हो ? त्यसरी अचाक्ली हुँदा नि पिरिरि थपडी मारेर पास गर्दैछन् । वात त सकैको छ ।
सम्पत्ति छानविन रे
राप्रपाका अध्येक्षे राजेन्दर लिंगदेन धेरै समयदेखि सत्तामा बसेका, बसीसकेका नेताहरुको, झुपुर वर्तमान कर्मचारीहरुको सम्पत्ति छानविन गर्नुपर्छ भनेर कुकुरले भुकेझै भु्क्याभुक्यै छन् । छानविन कस्ले गर्ने ? अख्यितार, सम्पत्ति सुद्धीकरण आयोगका कर्मचारी आफै कमाउन धन्दामा लाव्या छन् । बरा † तिनको छानविन गवर्ने ल्याकत पनि त हुनुप¥यो ? तिन्ले त यसो पाखुरी बजाएर गरिखानेको सम्पत्ति पो छानविन गर्र्ने हो त ? मन्तरी र कर्मचारीको छेउमा पुग्ने ल्याकत तिन्को हुनुप¥यो नि । बरु राजिन्दर लुंगा भै’गो बरु यो टपिक्स नै क्लोज गर्दिम् । वहरको टाँगमुनी बाल्टी राखेर पनि कही दुध झर्छ ?
अन्तेमा
यो मुलु्क पनि गज्जबको छ । खेतिपाति गवर्ने बेला भयो मल उपलब्ध गराइदेन सरकार भनेर किसान चिच्चाएका चिच्यायै छन् । तर सरकार मल ल्याउन सक्दैन । तस्करहरु भने गुई कि गुई मल ल्याएका ल्यायै छन् । अस्तिका दिन तस्करले काठमाण्डौतिर लैजाँदै गरेको मल किसानले बाटैमा लुटेछन् । कृषि पर्धान देश रे । जाबो मल दिन नसक्ने सरकारले अब दवेशलाई भ्रष्टाचार प्रधान देश नामाकरण गर्दिए लन्ठै साफ । न रहे बाँस न बजे बाँसुुुरी । मल लुट्नुपर्ने यो देशमा ठाममा बस्नेले के के लुट्या होलान् ? मल लुट्ने किसानलाई जदौ ?

तपाईको प्रतिक्रिया