धरान । सुनसरी उद्योग वाणिज्य संघ धरानको आगामी असार २० गते हुने निर्वाचनमा अध्यक्षमा शिवराज श्रेष्ठ र विजय श्रेष्ठका बीचमा भिडन्त हुने भएको छ । जेष्ठ १३ गते सम्पन्न संघको कार्यसमिति बैठकले निर्वाचनको मिति घोषणा गरेसँगै श्रेष्ठद्वयले अध्यक्षमा आफ्नो उमेद्वारी घोषणा गरेका हुन् । वि.सं. २०१९ सालमा तत्कालीन व्यापार प्रबन्ध समितिको रुपमा स्थापना भएको सुनसरी उद्योग वाणिज्य संघमा यतिबेला ४ हजार ६ सय मतदाताहरु अर्थात उद्योगी व्यवसायीहरु सदस्य रहेका छन् ।


सुनसरी उद्योग वाणिज्य संघमा हाल बरिष्ठ उपाध्यक्षका रुपमा रहनु भएका शिवराज श्रेष्ठले यस भन्दा अगाडि महासचिव लगायतका विभिन्न जिम्मेवारीहरु कुशलतापूर्वक बहन गर्नुभएको थियो । दर्जनभन्दा बढी सामाजिक संघ संस्थामा आवद्ध शिवराज श्रेष्ठलार्इ संघका मतदाताहरुले आगामी अध्यक्षको रुपमा हेरेको अधिकांश मतदाताहरु बताउँछन् । यस भन्दा अगाडि भएको सघको पदाधिकारी निर्वाचनमा संघका निवर्तमान बरिष्ठ उपाध्यक्ष रहनु भएका विजय श्रेष्ठ संघका वर्तमान अध्यक्ष गिरिधारी सापकोटासँग पराजित हुनुभएको थियो ।
