धरान। झापा र मोरङका दुई स्थानाट खैरो हिरोइन (ब्राउन सुगर) सहित चार जनालाई प्रहरीले प्रक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय झिलझिले र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले सुराकीको आधारमा शिवसताक्षी नगरपलिका ११ दुधेबाट ३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भद्रपुर नगरपालिका ७ का १९ बर्षीय हरदिप राजबंशी, भारतीय नागरिक दार्जेलिङ दुलालजोतका २२ बर्षीय सुरेन मरमन र २३ बर्षीय अर्जुन रोय रहेका छन् । उनीहरुको साथबाट प्रहरीले २ सय ३ ग्राम ४ सय मिली ग्राम लागुऔषध ब्राउनसुगर , नगद ३८ हजार ७ सय ३० रुपैयाँ सहित उनीहरुलाई प्रक्राउ गरिएको हो ।

उनीहरुले खैीरो हिरोइन बोकेर ल्याएको प्रदेश १(१०(१५ प ४२१८ तथा डब्लु बी ७४ भी ६४३९ नम्बरको मोटरसाईकललाई समेत प्रहरीले नियन्त्रणमा लिइएको । यसैगरी मोरङको बेलवारी नगरपालिका ३ बाट लागुऔषध खैरो हिरोइन सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले पुरानो बेलवारी स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जादै गरेको प्रदेश १–०२–०४८ प ९७७४ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा खैरो हिरोइन फेला परेको थियो ।
मोटरसाईकलको लुकिङ ग्लासभित्र लुकाई छिपाई राखिएको अवस्थामा ३ ग्राम लागुऔषध खैरो हिरोइनसहित सहित बुढीगंगा गाउँपालिका ७ का २६ बर्षीय रुपेश चौधरीलाई पक्राउ गरेको हो । पक्राउ गरिएका चारै जनालाई लागू औषध ओसारपसारमा मुद्धा चलाइएको प्रहरीले जनाएको छ ।
