पूर्वेली ग्राहकको किनमेलको पहिलो रोजाई गोरखा डिपार्टमेन्ट स्टोर

इटहरी । आजभन्दा २३ बर्ष अगाडि सामान्य रुपमा दुईवटा भाडाका कोठाबाट शुरु भएको गोरखा डिपार्टमेन्ट स्टोर आज पूर्वली ग्राहकहरुको किनमेलको पहिलो रोजाइको स्थल भएको छ ।
यस बीचमा पूर्वाञ्चलमा साना ठूला गरी धेरै डिपार्टमेन्ट स्टोरहरु खुलिसकेका छन् तर पछिल्ला दिनमा खुलेका अन्य डिपार्टमेन्ट स्टोरहरुले ग्राहकहरु आकर्षित गर्न सकेको पाइएन । टाढा टाढाका ग्राहकहरु गोरखा डिपार्टमेन्ट स्टोरमा आउनुको प्रमख कारण ६ लाख भन्दा बढी सामानको उपलब्धता, अन्य डिपार्टमेन्ट स्टोरको तुलनामा मूल्यमा कमी, सरसफाई, रमणीय वातावरणमा परिवारका साथ गोरखा किचनको भेराइटीको स्वाद आदिलाई मान्छन् स्टोरका म्यानेजर श्रीप्रसाद गौतम ।
म्यानेजर गौतम भन्नुहुन्छ प्रारम्भदेखि नै गोरखा डिपार्टमैन्ट स्टोरका आफ्नै नियमित ग्राहक हुनुहुन्छ । स्टोरप्रतिको उहाँहरुको विश्वासकै कारण उहाँहरु आवश्यक सामान खरिद गर्न गोरखामै आइपुग्नु हुन्छ आइतबार भापाको गौरादह नगरपालिका वडा नं. ३ बाट आफ्नै सवारी साधनमा परिवारका साथ आउनु भएका सुदिप बस्नेतले भन्नुभयो म दश बर्ष अगाडिदेखि नै गोरखा डिपार्टमेन्ट स्टोरमा आइरहको छु । खाद्यान्न पेय पर्दा, नयाँ नयाँ प्रकारका गिÏट आइटमा, इलेक्ट्रोनिक्स सामान, ब्राण्डेड जुत्ता, बच्चाका कपडा लगायत हजरौ सामान एकै ठाउँमा पाइने भएपछि अन्यत्र जाने कुरै भएन बस्नेतले भन्नुभयो ।
भर्खरै विवाह बन्धनमा बाँधिएका मोरङको जाँतेबाट आएका सुदिप बिष्ट स्टोरको पाँचौ तलामा बसेर रमणीय दृश्यको अवालोकन गर्दै परिकारहरुको अर्डर गर्दै हुनुहुन्थ्यो । नेपाली थाली, थकाली खाना, चाइनिज, इन्डियन खानाका साथै अन्य दर्जनौ परिकार पाइने गोरखा किचनमै किन आइपुग्नुभयो त भन्ने जिज्ञासामा विष्टले हाँस्दै भन्नुभयो आज बाहिरै खान खाने गरी हामी घुम्न निस्किएका हौ । उहाँले नव विवाहिता श्रीमतितर्फ देखाउदै भन्नुभयो उनी गोरखा डिपार्टमेन्ट स्टोर आएकी थिइनन् । त्यसैले देखाउन पनि ल्याएको हुँ । धनकुटा जिल्ला साँघुरीगढी गाउँपालिका ८ का युनेश
राई पहिलो Ïलोरमा गिÏट आइटम छान्दै हुनुहुन्थ्यो । आफन्तको विवाहमा
विराटनगर हिड्नु भएका राई कुन लिने कुन नलिने भन्नेमै दोधारमा देखिनुहुन्थ्यो । हे¥यो सबै उस्तै राम्रो छ उहाँले भन्नुभयो । गोरखा डिर्पामेन्ट स्टोरमा भारत, चीन मलेसिया, सिंगापुर, हङकङका आकर्षक गिÏट आइटम रहेको म्यानेजर गौतमको कथन छ । गोरखा डिपार्टमेन्ट स्टोरमा जे जति गिÏट आइटमका प्रकारहरु रहेका छन् अन्य सायदै होला उहाँले भन्नुभयो ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको समयमा समेत गोरखा डिपार्टमेन्ट स्टोरले जोखिमको वास्ता नगरी आफ्नो ग्राहकहरुलई सेवा दिएको र ग्राहकको माग बमोजिम समान आयात गर्ने भएकैले गोरखा डिपार्टमेन्ट स्टोरमा ग्राहकको कमी नआएको स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्य बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ पछिल्लो पटक बग्रेल्ती खुलेका डिपार्टमेन्ट स्टोरहरु ग्राहकको अभावमा बन्द हुने अवस्थामा पुगेका छन् । तर हामीलाई ग्राहकले धेरै माया गर्नुभएको छ । यसको प्रमुख कारण ग्राहकलाई गोरखा डिर्पामेन्ट स्टोरप्रतिको विश्वास नै हो । हामी हाम्रा ग्राहकहरुको रुची अनुसार नै अगाडि बढेका छौं उहाले सुनाउनुभयो ।

गोरखा होटलमा अग्रिम बुक

गत बर्ष गोरखा डिपार्टमेन्ट स्टोरले सञ्चालनमा ल्याएको गोरखा होटल आगन्तुकहरुका लागि यतिबेला आकर्षणको केन्द्र बनेको छ । होटल सञ्चालनमा आए लगत्तै विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण तीन महिना पनि सञ्चालनमा आउन नपाउँदै सरकारले गरेको लकडाउनले बन्द भएको थियो ।
तर यतिबेला पुनः सञ्चालनमा आएसँगै होटलमा आउने पाहुनाहरुले अग्रिम बुक गर्ने गरेको स्टोरका म्यानेजर श्रीपसाद गौतम बताउनहुन्छ । उहाँ भन्नुहुन्छ गोरखा होटलले आफ्ना पाहुनाहरुका लागि पाँचतारे होलटको सेवा सुविधा प्रदान गरेको छ । सभाहलदेखि लिएर बार लगायतका सम्पूर्ण सुविधा उपलब्ध भएकै कारण होटल गोरखामा आउने पाहुनाहरुको आकर्षण बढेको गौतम बताउनुहुन्छ ।
परिवार तथा साथी भाइसँग
राम्रो खानाका लागि गोरखा लउन्ज तथा रेष्टुरेन्टमा आउने पाहुनाहरु समेत उत्तिकै रहेका छन् । झण्डै ४२ करोडको लागतमा सञ्चालनमा ल्याएको गोरखा होटलमा नेपाल घुम्न आउने भारत सिक्किम
राज्यका विभिन्न स्थानका बासिन्दाहरु, पश्चिम बंगालको दार्जीलिङ्ग, कालिम्पाङ, खर्साङ्ग, आसामको डिम्मापुर, मणिपुर पश्चिम बंगालकै सिलगुढीदेखिका पाहुनाहरुले विभिन्न माध्यमबाट सम्पर्क गरी कोठा बुक गने
गरेको गौतमले बताउनुभयो । पाँचतारे होटलमा लामो समयसम्म काम गरिसक्नु भएका अनुभवि कुक, वेटर रहेको गोरखा होटलमा नेपालका दूरजराजबाट समेत पाहुनाहरु आउने गर्नुभएको छ । खासगरी व्यापारिक प्रयोजनका लागि पश्चिम वा काठमाण्डौै, पोखरा, बुटवल, धनगढी, नेपालगञ्ज, सुर्खेत, महेन्द्रनगर आदि ठाउँका पाहुनाहरु पूर्व आउँदा गोरखा होटल नै रोज्ने गरेको पनि उहाँले बताउनुभयो ।

स्थानीय र पहाडी जिल्लामा प्रांगरिक मलको उच्च माग

आफ्नै कृषि फार्मबाट संकलन गरिएको काँचो गोबरबाट उत्पादन
गरिएको प्रांगरिक मलको हाल स्थानीयदेखि पहाडी जिल्लाहरुमा यतिबेला उच्च माग रहेको छ ।
गोरखा डिपार्टमेन्ट स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्य भन्नुहुन्छ ल्याव टेष्ट गरेर गोवर पेलेर मल उत्पादन हुन्छ । त्यसमा अन्य आवश्यक केमिकल पनि हालिन्छ । यो मल हेर्दा चियापत्ति जस्तै हुन्छ जसले माटोको उर्वराशक्ति बढाउने काम गर्दछ । हाल यो मल पहाडका इलाम, भोजपुर, खोटाङ धनकुटासँगै स्थानीय कृषकले लगिरहेका छन् । उहाँहरुको माग धान्नै नसकिने भएको छ । यसका अलावा काँचो गोबर पेलेर निस्केको झोल मललाई फर्मलटेसन गरेर बनाइएका झोल मल ग्यालेनमा प्याक गरिएको छ । यो झोल मल १० लिटर पानीमा एक लिटर झोल हाल्दा पुग्छ । यो बाक्लो दही जस्तै हुन्छ ।

गोरखाको स्वादिष्ट बेकरी उत्पादन पूर्वाञ्चलमा लोकप्रिय

गोरखा डिपार्टमेन्ट स्टोरबाट उत्पादन भएको विभिन्न स्वादका गोरखा वेकरीको माग पूर्वाञ्चलमा ह्वात्तै बढेको छ । आफनै गोठको सुद्ध गाई वस्तुको दूध, घ्यूबाट दर्जनौ प्रकारका मिठाइ र वेकरीको माग धान्न धौ–धौ पर्न थालेको स्टोरका सञ्चालक बलराम आचार्यले बताउनुभयो ।
बेकरीमा सुजी पप, कोकोनट विस्कुट, हेल्दी ब्रेड, गोरखा कोकोनट, फुट केक, ब्लाक फरेस्ट भेनिला पेस्टी, पाइनापल पेष्टी, गोरखा कुकिज, सुजी टेष्ट, चटपट विस्कुट, क्यावरी रोल, जाम रोल, टिफिन केक, तिल विस्कुट, वर्थ डे केक, आदि रहेका छन् । हाल आफूले उत्पादन गरेका मिठाई र बेकरी डिपार्टमेन्ट स्टोरले इटहरी र विस्तारित शाखा विराटचौकबाट ग्राहकहरुलाई उपलब्ध गराइरहेको छ भने इनरुवा, झुक्का, धरान, दुहवी,
विराटनगर, पथरी, बेलबारी, उर्लाबारी, दमक लगायतका स्थानमा समेत सप्लाई शुरु गरेको छ ।

तपाईको प्रतिक्रिया