धरान । वैसाख ३० गतेको स्थानीय निर्वाचनलाई हेर्ने हो भने मतदातहरुले दलहरुलाई भन्दा पनि स्वतन्त्र उमेद्वारलाई रुचाएको पाइएको छ ।
काठमाण्डौ महानगरपालिकामा नेकपा एमालेका मेयरका उमेद्वार केशव स्थापित र नेपाली काँग्रेसकी उमेद्वार सिर्जना सिंहभन्दा अगाडि स्वतन्त्रका उमेद्वार बालेन साह देखिएका छन् । यस्तै अवस्था धरानमा समेत रहेको छ । धरानम समेत गठबन्धनको उमेद्वारलाई पछ्याउदै आएका छन् स्वतन्त्रमा मेयरका उमेद्वार दिएका हर्क साम्पाङ । ०७४ सालमा जितेर आएका पार्टीका प्रतिनिधिले जनअपेक्षा अनुसार काम गर्न नसकेकै कारण विकल्पका रुपमा स्वतन्त्र उमेद्वारप्रति मतदाता आकर्षित भएको धरानका सर्वसाधरण, दलका जिम्मेवार व्यक्तिहरुले धारण राखेका छन्

कठमाण्डौजस्तै धरानमा पनि स्वतन्त्र उमेद्वार हर्क साम्पाङलाई मतदाताहरुले रुचाएको पाइएको छ । लठठी चुनाव चिन्ह लिएर मेयरमा प्रतिष्पर्धामा उत्रिएका साङपाङले मतगणना शुरु गर्दा आश्चर्यजनक मत ल्याए । धरानको १, २ र ३ वटा वडा विगतमा काँग्रेसको प्रभाव क्षेत्र भएपनि यी तीनै वटा वडामा स्वतन्त्र उमेद्वार साम्पाङ अगाडि रहनुभयो । अहिलेको अवस्थालाई हेर्दा भर्खरै आएको मत परिणाम अनुसार साम्पाङ दोस्रो स्थानमा रहनुभएको छ । एमालेको प्रभाव क्षेत्र धरानमा यो समाचार तयार पारुन्जेलसम्ममा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका मेयरका उमेद्वार किशोर राईले ५ हजार १ सय ११ मत ल्याउदा हर्क साम्पाङले ४ हजार ४ सय ५० मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका मञ्जु भण्डारीले ४ हजार ४ सय ३४ मत ल्याउनु भएको छ । यता वडा नं. ६ मा पनि स्वतन्त्र उमेद्वार भुपेन्द्र भट्टराईले दलहरुलाई पछि पार्दै विजयी हासिल गर्नुभएको छ ।
दलहरुसँग टक्कर गरेर स्वतन्त्र उमेद्वार अगाडि आउनुमा दलहरुले विगतमा गरेका कामलाई समीक्षा गरेर जनतामाझ जान नसक्नु र जनताको अपेक्षा अनुसार काम गर्न नसक्नु नै स्वतन्त्र उमेद्वारप्रति सर्वसाधारण आकषित भएको धरानका सर्वसाधारणले बताएका छन् । शिक्षाविद एवम पिण्डेश्वर संस्कृति माविका प्राध्यापक पुष्पहरि निरौलाले रोजगारी, विकासका कुरा तथा समाज परिवर्तनका कुरामा खासै उल्लेख्य काम नगरेकै कारण दलहरुभन्दा बढी स्वतन्त्र उमेद्वारप्रति सर्वसाधारण आकर्षित भएको बताउनुहुन्छ ।
यता दलका नेताहरुले भने फरक प्रतिक्रिया दिएका छन् । नेपाली काँग्रेसका महासमिति सदस्य रहनु भएका पर्वत राईले व्यवस्था परिवर्तन भएप िअहिले पनि नेतत्वमा निरकुंश शैली यथावत रहदा यो अवस्था आएको बताउनुभयो । उहाले जनप्रतिनिधिले काम गर्न नसकको, नेतृत्वमा नातावाद कृपावाद मौलाएको, दीर्घकालीन विकासलाई ध्यान नदिएको, भ्रष्टाचार र विकृति बढेकै कारण सर्वसाधारणले विकल्पको रुपमा स्वतन्त्र उमेद्वारलाई राजेको बताउनुभयो ।
प्रारभिक मतगणनामा स्वतन्त्र उमेद्वारलाई रुचाइएको देखिएकोले धरानका २० वटै वडा मतगणना गरिसकेपछि साम्पाङ अगाडि आउने आंकलन सबेले गर्न थालेका छन् । दलहरुको विकल्प केही नभएपछि पछिल्लो समय स्वतन्त्र उमेद्वारलाई सर्वसाधारणले विकल्पका रुपमा ेहेरेको अनुमान धरानेहरुको छ । अझै दलहरुले यसलाई मनन गरेरनन् भने भोलिका दिनमा दलका नेताहरुको भविष्य कस्तो हुन्छ भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ । त्यसैल अबका नेतृत्वले जनताको भावनालाई बुझेर काम गर्न जरुरी छ ।
