कोरोनापछि भेडेटारमा चहलपहल बढ्यो

धरान । कोरोनाका कारण दुई बर्ष नया बर्षमा दुई बर्ष चहल पहल नभएको सागुरीगढी–६, भेडेटार ०७९ सालको नया बर्षमा भने चहल पहल बढेको छ ।
कोरोना संक्रमणका समयमा सरकारले लगाएको लकडाउन र सर्वसाधारणमा कोरोनाको सन्त्रास भएकै कारण विगतमा भेडेटार गत बर्ष नया बर्षमा सुनसान थियो तर यस बर्ष कोरोना सहज बन्दै गएपछि भेडेटारमा सर्वसाधारणको आवागमन बढेको होटल एसोसिएसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीले बताउनुभयो ।


उहाले भन्नुभयो ‘दुई बर्ष त भेडेटार सुनसान रहयो, नया बर्ष आएको जस्तो पनि लागेको थिएन, तर यस बर्ष भने केही चहलपहल भएको छ, भेडेटारका व्यवसायी ०७९ को नया बषमा आएका आन्तरिक तथा वाह्य पर्यटकका कारण उत्साहित भएका छन् ।’ उहाले दुई बर्षको अवधिमा भेडेटारका व्यवसायीले करोडौ रुपैया नोक्सान व्यहोर्नु परेको बताउदै केही व्यवसायी व्यवसायबाटै विस्थापित भएको बताए । उनले यो बर्षको चहलपहलले फेरि व्यवसायीमा आशा पलाएको बताए । ‘अब विगतको जस्तो कोरोना संक्रमणको सन्त्रास भएन भने व्यवसाय विस्तारै तंग्रिने अवस्था छ, फेरि त्यस्तै अवस्था आए धेरैले व्यवसायबाट हात धुुनुपर्ने अवस्था आउन सक्छ ।’ उहाले भन्नुभयो । नया बर्षकै अवसरमा भारतको जोगबनीबाट आएका जितेन्द साहले विगतमा कोरोनाकै कारण भेडेटार जान नसकेको बताउनुभयो । धरानबाट खरिद गरेर जोगबनीमा सब्जी व्यवसाय गर्दै आएका उनले तराईमा अत्याधिक गर्मी बढेकोले नया बर्ष पनि मनाउने र गर्मी पनि छल्ने हिसाबले भेडेटार आएको बताउनुभयो । दुई बर्षमा पहिलो पटक भेडेटार आएको र चिसो मौसमसंगै यहा घुम्न पाउदा अत्यन्तै आनन्द लागेको साह बताउनुहुन्छ । नया बर्षसंगै धेरै सर्वसाधारण तराईको गर्मीबाट एकछिन भएपनि मुक्त हुन भेडेटार पुगेको बताउने गरेका छन् । धरान १६ का सुरेन्द्र लिम्बुले धरानबाट हिड्दा धरानमा गर्मीले बाहिर निस्कनै नसक्ने अवस्था थियो, यहा आएपछि बादल लागेको अवस्था, अत्यन्तै चिसो महसुस भयो’ उहाले भेडेटार झरेपछि धरानतिर झर्न नै मन नलागेको बताउनुभयो । विहीबार भेडेटार पुगेकाहरुले भेडेटारका रहेका अत्यन्तै आकर्षक गन्तव्य स्थल शैलुङ डाडा, पाथीभरा देवी मन्दिरदेखि डाडा बजारको ध्वेजे डाडा, नमस्ते झरना अजंगको बरको रुख, थाउजेन विग बुद्ध लगायतका स्थानघुम्न गएका थिए ।
झापाबाट आएउन भएकी गीता ढुंगानाले लामो समयपछि नमस्ते झरनामा रमाइलो गर्न पाएको बताउनुभयो । उहाले भन्नुभयो ‘एक पटक नमस्ने झरना घुम्न आउदा यहा एउटा दुर्घटना भएको थियो, भित्र छिर्न नै पाइएन, त्यसपछि कोरोना संक्रमणले आउनै पाइएको थिएन, दमकमा गर्मीले मर्नु छ, नया बर्षमा बल्लतल्ल भेडेटार आउन जु¥यो, त्यही मौकामा नमस्ते झर्ना पनि पुगियो ।’
नया बर्षको पहिलो दिन भेडेटारमा विगतका बर्षहरुमा जस्तो चहलपहल नभए पनि सैयौको संख्यामा आन्तरिक तथा वाहय पर्यटक भेडेटार आएको होटल एसोसिएनले जनाएको छ । चहलपहल बढेसंगै व्यापार समेत बढेको एसोसिएसनका अध्यक्ष रुम्दालीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया